नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिचार
  • गृहपृष्ठ
  • बिचार
  • कोभिड-१९ र अनलाइन शिक्षाको प्रभाबकारिता
कोभिड-१९ र अनलाइन शिक्षाको प्रभाबकारिता
नबिन थापा
शुक्रबार, जेठ ९, २०७७ नबिन थापा "नूतन"
कोभिड-१९ र अनलाइन शिक्षाको प्रभाबकारिता

कोभिड-१९ अर्थात् कोरोना भाइरसले शिक्षा प्रणालीलाई यसरी आक्रान्त पार्छ भनेर विश्व समुदायले न सोचेको थियो न त तयारी अवस्थामा थियो नै, अझ मुख्यरुपमा बिश्वका विद्यार्थी, शिक्षक र अभिभाबकहरु जसले प्रत्यक्षरुपमा यो सहनुपर्छ भनेर कल्पना समेत गरेका थिएनन् । कोभिड-१९ भाइरस भन्दा पहिले शिक्षा र सामाजिक अन्तर्क्रियाको अवसर धेरैको पहुँचमा थियो तर प्रकोपको संक्रमणसंगै धेरै देशहरुले अनलाइन कक्षा मार्फत् विद्यार्थीहरुलाई पढाइरहेका छन् । विकसित देशहरुको लागि यो अगाडिकै अभ्यास थियो जसका कारण अहिले सफल पनि भएका छन् तर हाम्रो जस्तो देशमा यसको प्रभाबकारितामा प्रश्न उठेको छ । अगाडिका महामारीले शैक्षिक प्रणालीलाई अहिले जस्तो चुनौती दिएका थिएनन्, त्यसैले पनि कोभिड-१९ महामारीले गर्दा शिक्षा क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गर्न विश्वलाई नै वाध्य बनाएको छ । साथै कसरी शिक्षामा सुधार गर्न सकिन्छ र कसरी विद्यार्थीहरूको लागि पुनः त्यही अवस्थामा ल्याउन सकिन्छ भनेर नयाँ विचारहरू समेत ल्याउनेछ । धेरै टेक्नोलोजी कम्पनीहरूले शैक्षिक फोरमहरूसँग साझेदारी गर्दै अनलाइन उपकरणहरू, भिडियोहरू र पाठहरूमा निःशुल्क पहुँच र सेवाहरू प्रदान गर्न लागिपरेका छन् ।

आजका दिनमा अनलाइन शिक्षा अहिले धेरै नै लोकप्रिय हुँदै गइरहेको छ । अनलाइन शिक्षामा अहिले धेरै देशहरुले आफ्नो प्रयास जारी राखेका छन् । संयुक्त राज्य अमेरिका, भारत, चीन, साउथ कोरिया र मलेसिया अनलाइन शिक्षा दिने देशमा क्रमशः मुख्य पाँचभित्र पर्दछन् । हाल अवस्थाको कारण संसारभरका विद्यालयहरु बन्द भएका छन् । युनेस्कोको अनुसार अहिले विश्वब्यपीरुपमा १.२ अर्ब भन्दा बढी विद्यार्थीहरु कक्षा कोठा भन्दा बहिर रहेका छन् । यसले ठूलो असर शिक्षा क्षेत्रमा पर्दै गएको छ । फलस्वरुप बिभिन्न राष्ट्र तथा शैक्षिक सरोकरवालाहरुलाई नराम्रोसँग झस्काएको छ ।

के हो त अनलाइन शिक्षा ?
समान्यरुपमा भन्नुपर्दा अनलाइन शिक्षा एक प्रकारको दुरशिक्षा हो जसमा मुख्यतया इन्टरनेटका माध्यमबाट अन्तर्क्रिया गरिन्छ जहाँ लचिलो तालिका र व्यक्तिगत अन्तरक्रिया कम हुन्छ । अनलाइन शिक्षा भर्चुअल लर्निंग, साइबर लर्निंग, ई-लर्निंगको साथ परिपूरक हुन्छ । भर्चुअल शिक्षा एसिन्क्रोनस वा सिंक्रोनस दुई तरिकाबाट गर्न सकिन्छ । सिंक्रोनस प्रणालीमा सहभागीहरू वास्तविक समयमा भए जसरी भेट्छन्, शिक्षकले भर्चुअल कक्षा कोठाहरूमा प्रत्यक्ष कक्षाहरू सञ्चालन गर्छन् । एसिन्क्रोनस स्रोतहरू सबै उस्तै हुन्छन् । सिन्क्रोनस जस्तै तर प्रत्येक विद्यार्थीहरु आफ्नो आफ्नो ठाउँबाटै सिक्छन् । भर्चुअल शिक्षाको अबधारणमा विद्यार्थी र शिक्षकलाई अनलाइन माध्यमबाट एक सिंक्रोनस वेब एप्लिकेसनद्वारा एकै ठाउँमा समेट्न सकिन्छ । शिक्षकले आफ्नो प्रस्तुति भिडियोहरू, पावरपोइन्ट वा च्याटिंग मार्फत् प्रस्तुत गर्छन् । यहाँ विद्यार्थीहरू अन्य विद्यार्थी तथा शिक्षकसँग कुरा गर्न सक्छन् । साथै एक अर्काको प्रश्नहरूको उत्तरका साथ सहकार्य गर्न सक्छन् । उनीहरु अनुप्रयोग मार्फत् उपलब्ध उपकरणहरू प्रयोग गर्न सक्दछन् । साथै सन्देश पठाउन वा शिक्षक वा विद्यार्थी प्रस्तुतकर्ताले दिएको स्क्रीनमा प्रश्नहरूको उत्तर दिन सक्नेछन् । त्यस्तै दुर, ब्लेन्डेड, इ-लर्निङ, एम-लर्निङ पनि अनलाइन शिक्षाका प्रकारहरुमा पर्दछन् ।

एम-लर्निंग एउटा नयाँ शैक्षिक उदाहरण हो जहाँ विद्यार्थीहरूले जुन कुनै पनि समय र ठाउँमा कोर्स सामग्री, निर्देशन र एप्प्लिकेसनमा पहुँच कायम गर्दछन् । शिक्षामा मोबाइल लर्निंग (एम-लर्निंग) प्रविधिहरूको प्रयोग दूरी शिक्षामा मुख्य लक्ष्यहरू प्रदान गर्न आवश्यक प्रविधिहरूको सबैभन्दा महत्त्वपूर्ण हो । डाटा ट्रान्सफर, डाटा सुरक्षा र अनलाइन संचार लगायत बिभिन्न प्रविधिहरू विकसित भइसकेका छन् । मोबाइल टेक्नोलोजीमा र मानिसहरुको उपयोगमा रुची बढाइयो भने मोबाइल प्रविधिको प्रगति हुन्छ र यसले व्यक्तिहरूको आवश्यकताहरू छिटो पूरा गर्न मद्दत गर्दछ । मोबाइल टेक्नोलोजीहरूको विकास र द्रुत्त गतिमा चलिरहेको फैलावटले मोबाइल शिक्षा (एम-लर्निंग) को रुची एकातिर जगाएको छ भने अर्कोतर्फ शिक्षाको हरेक क्षेत्रमा अहम् भूमिका खेल्नेछ ।

के अनलाइन शिक्षा हाम्रो देशमा प्रभावकारी छ ?
नेपालमा इन्टरनेट पहुँच दर ७२ % छ, जसमध्ये ५५ % को ताररहित सेवा र १७ % वायरलाइन इन्टरनेटमा पहुँच छ र ९६ % घरपरिवारले स्मार्टफोनमा पहुँच पुर्‍याउँछन् । प्रायः नेपालीहरु अहिले फेसबुक युटुब, टिकटकमै इन्टरनेट खर्च गरिरहेका हुन्छन् । कोभिड-१९ महामारीका कारण चैत्र ६ गतेदेखि नै देशभरिका सम्पूर्ण शैक्षिक संस्थाहरु ठप्प छन् । ७० लाख बालबालिकाहरु घरमै बसेका छन् । यो समय अनलाइन शिक्षा सुरु गर्ने उपयुक्त समय हो भन्नै धेरै ठाउँबाट आवाज उठिरहेको छ । बिकशित राष्ट्रहरुले अगाडिदेखि अभ्यास गरेकाले अहिले सजिलो भएको छ तर हाम्रो लागि यो नयाँ थालनी भएको छ । तर, के हाम्रो देशमा हालको अवस्थामा यो प्रभावकारी हुन्छ रु कुल विद्यार्थी मध्ये ८० प्रतिशत विद्यार्थीहरु सरकारी स्कुलमै पढ्छन् । निम्न आय भएका विद्यार्थीहरु सरकारीमा अध्ययन गर्छन् भने दूरदराजमा न त इन्टरनेट पुगेको छ न त विद्यार्थीसँग आधुनिक मोवाइल नै छ ।

यस्तो अवस्थामा अनलाइन शिक्षा प्रभावकारी हुन्छ त ?
शिक्षा तथा मानव विकास स्रोत केन्द्रको तथ्याङ्क अनुसार सामुदायिक विद्यालयमध्ये १३ प्रतिशत विद्यालयमा मात्रै अनलाइन सञ्चालन गर्न सक्ने पहुँच छ । अनलाइनबाट नतिजा प्रकाशित, कक्षा सञ्चालन तथा पूर्वाधार भएका विद्यालयलाई अनलाइन सञ्चालन गर्न सक्ने विद्यालयभित्र राखिएको छ । हाल २८ हजारको हाराहारीमा सामुदायिक विद्यालय छन् । यस हिसाबले हेर्दा तीन हजार छ सय जति सामुदायिक विद्यालयमा मात्र इन्टरनेट प्रयोग हुने गरेको देखिन्छ । अनलाइन शिक्षा सन्चालन मात्र देखाउनको लागि मात्र गर्नु एउटा कुरा हो तर विद्यार्थीको मूल्यांकन पनि त्यही अनुसार गर्न सकिएन । त्यही पूरानै ढर्‍राको परिक्षा प्रणाली भए त्यसको कुनै अर्थ हुनेछैन । अहिले कतिपय बिद्यालय कलेजहरुले अनलाइन कक्षा सन्चालन गरेता पनि प्रायः उनीहरु नै यो शिक्षको बारेमा अनविज्ञ छन । प्रबिधिक ज्ञान र सिप साधन बिनाको यो अनलाइन शिक्षाले खासै प्रभाब त पार्ने छैन तर पनि विद्यार्थी र शिक्षकलाई अनलाइन कक्षाका बारेमा केही आधारभूत ज्ञान अवश्य जानकारी दिएको छ ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एन-प्याब्सन) ले दाङ, बाँके, मोरङ, झापा र सुनसरीका २५ वटा विद्यालयका अभिभावकसित हालै मात्र गरेको एक मिनी सर्वेक्षणमा जम्मा ३० प्रतिशत अभिभावक मात्रै यसको पूर्ण पहुँचमा रहेको आफूहरूले पाएको जनाइएको छ । यसबाट के बुझिन्छ भने यी विद्यार्थीसँग मात्र अनलाइनका साथै कम्प्युटरको पहुँच छ । अनलाइन कक्षा सन्चालनका लागि कम्तिमा ३ जी ब्रोडब्याण्ड क्षमता (न्यूनतम २ एमबीपीएस गति प्रदान गर्न सक्दछ) को इन्टरनेट आबश्यकता पर्दछ । त्यो ग्रामीण इलाकामा सम्भब नै छैन अनि कसरी प्रभावकारी बन्ला त अनलाइन कक्षा रु कोभिड-१९ ले शिक्षालाई आक्रान्त बनाएको अवस्थालाई मध्यनजर गर्दै सरकारले पाठ सिकेर अनलाइन शिक्षालाई ब्यबस्थित गर्दै अनलाइन शिक्षामा लगानी गर्न आबश्यक तयारी थाल्नुपर्छ ।

शिक्षा मन्त्रालयले पटक पटक अनलाइन शिक्षाका लागि रकमान्तरण गरेता पनि गति दिनकै निम्ति उक्त बजेट पर्याप्त छैन किनकि नेपाल यस्तो देश हो जहाँ शहरी इलाका भन्दा ग्रामीण इलाकाहरु छन् जहाँ इन्टरनेटको त कुरै छोडौं कति ठाउँमा टेलिफोन सेवा समेत छैन । ग्रामीण इलाकाहरुमा इन्टरनेटको पहुँच बिस्तार गर्न राज्यले उच्च तहबाट एउटा बृहत् खाका तयार पारेर काम गर्न आबश्यक छ ।

अर्को कुरा नेपालका दुरसंचार प्रदायक संस्थाहरु नेपाल टेलिकम, एन्सेल, स्मार्ट लगायतले विद्यार्थीको लागि बिशेष भूमिका खेल्नुपर्छ । जस्तै ग्रामीण इलाकासम्म सेवा बिस्तार, विद्यार्थीको लागि बिशेष छुट इन्टरनेट प्याकेज । यी लगायत नेपालमा इन्टरनेट सेवा प्रदायक १६ वटा संस्थाहरु जस्तै वल्ड्लिंक, वेबसुर्फर, क्लासिटेक आदिले अहम् भूमिका खेल्न सक्नुपर्छ तर त्यसको लागि सरकारी उपल्लो स्तरबाट नै पहलको जरुरी पर्दछ ।

एकातिर कोरोना भाइरसको महामारी अर्कोतिर लकडाउन समय, विद्यार्थीलाई खाना खान समस्या भइरहेको बेलामा इन्टरनेट सुविधा सहित स्मार्टफोन र ल्यापटप सहित अनलाइन कक्षाका लागि तयार गराउँदा उनीहरु थप मानसिकरुपमा बिच्छिप्त हुने देखिन्छ बरु अहिलेको अवस्थाबाट पाठ सिकेर अनलाइन कक्षा र विधिका लागि पूर्वाधार, तालिम, सामग्रीहरू शैक्षिक संस्था र विद्यार्थीहरूको पहुँचमा आउने गरी कार्यक्रमहरू अबका दिनमा राज्यले नै अगाडि बढाउनुपर्ने देखिन्छ । नेपालमा अहिलेकै सन्दर्भमा राज्यका तीन ओटै तहले समन्वय गरेर मोबाइल शिक्षा (एम-लर्निंग), रेडियो, टेलिभिजन, टेलिफोन मार्फत् कक्षा लिँदा प्रभाबकारी हुने देखिन्छ ।

अनलाइन शिक्षालाई औपचारिक पाठ्यक्रम वा कोर्स अगाडि नबढाएर विद्यार्थीको ब्यक्तित्व बिकास र विद्यार्थीलाई पढ्ने बानीको बिकासका रुपमा अगाडि बढाउन पहल गर्नुपर्दछ । केही शैक्षिक सस्थाहरुले सिमित विद्यार्थीहरुलाई जबर्जस्तरुपमा नियमित पठनपाठनको माध्यमको रुपमा अनलाइन शिक्षालाई अगाडि बढाइरहेका छन् । समाजमा एकले पढ्ने र अर्कोले हेर्ने अवस्थाको सृजना भयो र राज्यको ध्यान समयमै पुगेन भने राज्यलाई नै टाउको दुखाईको अवस्था हुनेछ ।


प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १५:१५
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राता ढुङ्गा....
राता ढुङ्गा....
सामाजिक रूपान्तरणमा महिलाको भूमिका
सामाजिक रूपान्तरणमा महिलाको भूमिका
विश्व रेडियो दिवसको पूर्व सन्ध्यामा रेडियोका कुरा
विश्व रेडियो दिवसको पूर्व सन्ध्यामा रेडियोका कुरा
युवा दिवसः सान्दर्भिकता र महत्व
युवा दिवसः सान्दर्भिकता र महत्व
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP