prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिचार
  • गृहपृष्ठ
  • बिचार
  • युवा दिवसः सान्दर्भिकता र महत्व
युवा दिवसः सान्दर्भिकता र महत्व
banijya office
बागेश्वरी पोस्ट
सोमबार, साउन २८, २०८१ बागेश्वरी पोस्ट
युवा दिवसः सान्दर्भिकता र महत्व

चन्द्रलाल जैसी-

nepalgunj 081-082

अन्तर्राष्ट्रिय युवा दिवस हरेक वर्ष १२ अगस्टमा मनाइन्छ । यो दिवसलाई संयुक्त राष्ट्र संघले १९९९ मा स्थापनाको घोषणा गरेको थियो, र २००० देखि हरेक वर्ष विश्वभर मनाइन्छ । यो दिवसको उद्देश्य विश्वभरका युवाहरूको योगदान, उनीहरूको क्षमता र उनीहरूलाई सामना गर्ने चुनौतीहरूको बारेमा जनचेतना फैलाउनु हो । अन्तर्राष्ट्रिय युवा दिवसले युवाहरूको सशक्तिकरण, तिनीहरूको आवाजलाई मान्यता र तिनीहरूको सक्रिय सहभागितालाई प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।

देशको सिङ्गो राजनीतिक ब्यबस्था परिवर्तन, सामाजिक रुपान्तरणमा नेपाली युवाको गर्विलो योगदान छ । युवा शक्ति कुनै पनि देशको राजनीतिक आर्थिक र सामाजिक परिवर्तनको संबाहक हुन् । युवा जनशक्तिको संख्यात्मक तथा गुणात्मक विकासका माध्यमबाट अहिलेका विकसित तथा विकासशील राष्ट्रले विकास निर्माणमा प्रगति हासिल गरेका छन् । युवा भन्नाले उमेरको दृष्टिले किशोरावस्थादेखि ३५-४० वर्षको उमेर समूहसम्मका व्यक्तिहरूलाई बुझिन्छ । यी व्यक्तिहरूलाई युवा भनिन्छ किनकि उनीहरू शारीरिक, मानसिक र सामाजिक दृष्टिकोणले सक्रिय र उर्जावान हुन्छन् । 

कसैलाई युवा भनेर बुझ्दा उमेरको मात्र कुरा हुँदैन, तर उनीहरूको सोच, उर्जा र समाजमा गर्ने योगदानको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । युवा मानिसहरू अक्सर समाजमा परिवर्तन ल्याउने, नयाँ विचारहरू प्रस्तुत गर्ने र भविष्यको दिशा निर्धारण गर्ने क्षमता राख्छन् । सामान्यतया, युवा भन्नाले प्रायः १५-२४ वर्षको उमेर समूहलाई बुझाउने गरिन्छ, तर यो उमेर समूह फरक फरक सन्दर्भमा फरक हुन सक्छ ।

आज नेपाली युवाको दिन प्रतिदिनको उच्च बिदेश पलायन दरले युवा बर्गमा निराशा र आत्माबल कमजोर हुँदै गएको देख्दछु । हिजो देशको ब्यबस्था परिवर्तनका निम्ति लडेका परिवर्तनशील जागरुक युवा अनुहार आज निन्याउरो अनुहार र धमिलो भबिष्यलाई उज्ज्वल बनाउन खाडीमा होस् या विदेशी भुमिमा श्रम बेच्न बाध्य छन् । नेपाली युवालाइ साँच्चै राज्य संयन्त्र निकायबाट पछाडि पारिएको नै महसुस भएको छ । आज नेपाली युवा दिन प्रतिदिन बिदेशिनु, देशमा रहेका युवा पनि कुलत, दुब्र्यशन, गलत कार्यमा सामेल हुनुमा देशको खराव राजनीतिक नेतृत्व र अस्थिर राजनीति तथा प्रतिष्पर्धी युवालाई राजनीतिक दलको भर्ती केन्द्रमा भर्ती गरेर देशका जुनसुकै दलको दास बनाउनुले पनि नेपाली युवाको नेतृत्व स्तर खस्किँदो अवस्थामा रहेको छ ।  

अध्यागमन बिभागका अनुसार सन् २०२३ मा  ७० हजार ९ सय १५ जना युवाहरू विभिन्न देशका लागि बिदेशिएका छन् । दैनिक १५ देखि २५ सय युवा कुनै न कुनै रुपमा बाहिरिएका छन् । आइएलओका अनुसार बार्षिक ५ लाख भन्दा बढी युवा जिबिकोपार्जन र कामको खोजीमा बिदेशिएका छन् । वैदेशिक रोजगारमा १५ प्रतिशत दक्ष जनशक्ति र २५ प्रतिशत अर्धदक्ष जनशक्ति तथा ७४ प्रतिशत अदक्ष युवाहरू बिदेशिएका छन् । प्रायः युवाहरू बिदेशमा सीप र क्षमता भन्दा श्रम पसिना बगाउन विवश भएको तितो यथार्थ हाम्रा सामु छ । आज नेपाली युवाहरुको रोजाई र बाध्यता बिदेश बन्न थालेपछि रित्तिँदै छ्न् गाउँ बस्तीहरु र प्रदेशीको आगमनमा ती मलिन बृद्ध आमाबुवाको सासले आफ्नो जीवनको उत्तरार्धको साहरा खोज्दैछ्न् । कुनै पनि देशमा युवा बेरोजगारी गम्भीर समस्या हो तर हाम्रो देशमा युवा बेरोजगारीलाई आफ्नो राजनीतिक कार्यकर्ता भर्ती र चुनावी सहजताको रुपमा लिइनु दुःखद बिषय बनेको छ । गरिबी बेरोजगारीको कारण हो भने बेरोजगारी गरिबीको कारण हो । नेपाली युवा बेरोजगारीले आक्रान्त रहेको छ ।नेपाली युवाहरूको शिक्षा, सीप र रोजगारीको वर्तमान अवस्था सन्तोषजनक छैन । जसले देशको सामाजिक र आर्थिक विकासमा प्रत्यक्ष असर पारेको छ ।

आधारभूत शिक्षा (कक्षा १–८) मा भर्ना दर ९० प्रतिशत भन्दा माथि छ तर एसईई उत्तीर्ण दर अत्यन्त कमजोर छ । यसमाथि शिक्षा र सीपको तालमेल छैन । विश्व बजारमा टिक्न सक्ने र बिक्न सक्ने शिक्षाको अभावले हाम्रा कलेजहरू बिस्तारै विद्यार्थीविहीन बन्दै गइरहेका छन् । अर्थात् अध्ययनसँगै अवसरको खोजीमा युवाको ठूलो पंक्ति बिदेशिने क्रम चलिरहेकै छ । नेपाल विश्व युवा सुचाङ्कमा १४५औं स्थानमा रहेको छ । दक्षिण एसियाका मुलुकसँग तुलना गर्दा पनि नेपाल युवा विकास सुचाङकमा कमजोर देखिन्छ । अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार पूर्ण बेरोजगारी दर १९.२ प्रतिशत रहेको छ । अर्ध बेरोजगारीको दर २८.३ प्रतिशत छ । युवा श्रम शक्तिको झण्डै आधा भाग अझै गुजारामुखी र छाक टार्न बाध्य अवस्थामा छन् । वैदेशिक रोजगारीमा जाने बार्षिक ५ लाख ३८ हजार युवा मध्ये ७४ प्रतिशत युवा अदक्ष छन् । विप्रेषण ग्राहस्थ उत्पादनको २९ प्रतिशत पुगेको भए पनि यसको निकै सानो अंश मात्र उत्पादनको क्षेत्रमा प्रवाह भएको छ । 

नेपाली युवाको अवस्था मिश्रित छ, जसमा सकारात्मक र चुनौतीपूर्ण दुवै पक्ष छन् । यहाँ केही मुख्य बुँदाहरू छन् ।
सकारात्मक पक्षहरूः
शिक्षा र साक्षरताः  पछिल्ला दशकहरूमा नेपालमा शिक्षा पहुँचमा सुधार भएको छ । युवा वर्गको साक्षरता दर बढ्दै गएको छ, र धेरै युवाहरू उच्च शिक्षा प्राप्त गर्न उत्सुक छन् ।
प्रविधिको पहुँचः धेरै नेपाली युवाहरूले स्मार्टफोन, इन्टरनेट, र सामाजिक सञ्जालको प्रयोग गर्दैछन् । यसले उनीहरूलाई विश्वभरिका सूचना र अवसरहरूमा पहुँच पुर्‍याएको छ ।
उद्यमशीलताः युवाहरू उद्यमशीलताको क्षेत्रमा सक्रिय हुँदैछन् । विभिन्न स्टार्टअप्स र नयाँ व्यवसायहरूमा युवा वर्गको उत्साह देखिन्छ, जसले आर्थिक विकासमा योगदान पुर्‍याइरहेको छ ।
सामाजिक सचेतनाः  नेपाली युवा सामाजिक मुद्दाहरूमा सचेत छन् । लैङ्गिक समानता, वातावरण संरक्षण र मानव अधिकार जस्ता विषयमा उनीहरूले सक्रिय सहभागिता जनाइरहेका छन् ।
चुनौतीहरूः
रोजगारीको अभावः शिक्षित युवाहरूको ठूलो संख्या भए पनि रोजगारीको अवसर कम छ । बेरोजगारी दर उच्च छ, र धेरै युवाहरू विदेशमा रोजगारीको खोजीमा जान बाध्य छन् ।
माइग्रेशनः ठूलो संख्यामा नेपाली युवा वैदेशिक रोजगारका लागि विदेश जान्छन् । यसले समाजमा ब्रेनड्रेनको समस्या उत्पन्न गरिरहेको छ, जहाँ दक्ष र शिक्षित जनशक्ति विदेशमा जान्छन् र देशभित्रको विकासमा योगदान कम हुन्छ ।
शिक्षा र सीपको असम्बन्धताः शिक्षा प्रणालीले बजारमा चाहिने सीपहरू प्रदान गर्न नसकेको देखिन्छ । यसले गर्दा धेरै युवाहरूले उच्च शिक्षा प्राप्त गरे पनि रोजगारी पाउन कठिनाई महसुस गर्छन् ।
मानसिक स्वास्थ्यः बेरोजगारी, दबाब, र अन्य सामाजिक समस्याहरूले गर्दा युवाहरूमा मानसिक स्वास्थ्य समस्याहरू बढ्दै गएका छन् । धेरैजसो समय यो विषयमा पर्याप्त ध्यान दिइएको छैन ।

बर्तमान समयमा नेपाली युवाहरूको अवस्था जटिल र विविध छ । केही प्रमुख पक्षहरूमा युवाहरूको अवस्था यसप्रकार छः

-नेपालको अर्थतन्त्रले सीमित रोजगारी अवसरहरू सिर्जना गरेको छ, जसका कारण धेरै युवा बेरोजगार छन् । 
-विदेश पलायनः रोजगारीको खोजीमा धेरै नेपाली युवा विदेश जान बाध्य छन्, विशेष गरी खाडी मुलुकहरू र मलेसिया जस्ता ठाउँहरूमा । 
-उच्च शिक्षा हासिल गर्ने युवाहरूको संख्या बढेको छ, तर शिक्षाको गुणस्तर र रोजगारीसँगको सम्बन्ध अझै चुनौतीपूर्ण छ ।
-प्राविधिक शिक्षामा केही सुधार भए पनि धेरै युवाहरू रोजगारसँग प्रत्यक्ष सम्बन्धित सीप आर्जन कार्यमा पछाडि परेका छन् । 
-युवा पुस्ता राजनीतिमा रुची राख्छ, तर भ्रष्टाचार र राजनीतिक अस्थिरताले उनीहरूको विश्वासलाई कमजोर पारेको छ । वर्तमान युवा पुस्तामा अहिलेको बर्तमान राजनीतिले युवा पुस्तामा बितृष्णा पैदा भएको छ ।सामाजिक अभियन्ता र स्थानीय स्तरका परियोजनाहरूमा युवाहरूको संलग्नता बढ्दै गएको छ ।
-युवाहरूमा स्वास्थ्य समस्याहरू, विशेष गरी मानसिक स्वास्थ्य समस्या बढ्दै गएको छ, जसमा तनाव, डिप्रेशन र आत्महत्याका दरहरू उच्च छ । 
-इन्टरनेट र प्रविधिको पहुँचले नेपाली युवाहरूलाई विश्वसँग जोड्न मद्दत पुर्याएको छ ।
-स्टार्टअप र नवप्रवर्तनमा युवाहरूको रुची बढेको छ, तर आर्थिक सहयोगको अभाव छ ।

यसरी, नेपाली युवाहरूको अवस्था केही सम्भावनाहरू र धेरै चुनौतीहरू मिश्रित छ, जसले देशको भविष्यलाई निर्माण गर्ने क्षमता राख्दछ । नेपाली युवाहरूको भविष्य उज्यालो छ, तर तिनलाई सफल बनाउनका लागि सही नीतिहरू, रोजगारका अवसरहरू र युवा राजनीति नेतृत्व तहमा आशिन र शैक्षिक सुधारहरूको आवश्यकता छ । यदि यी चुनौतीहरूलाई सम्बोधन गर्न सकिन्छ भने नेपाली युवाहरूले देशको विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् ।

(जैसी महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा अध्ययनरत विद्यार्थी हुन्)


प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १६:१३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राता ढुङ्गा....
राता ढुङ्गा....
सामाजिक रूपान्तरणमा महिलाको भूमिका
सामाजिक रूपान्तरणमा महिलाको भूमिका
विश्व रेडियो दिवसको पूर्व सन्ध्यामा रेडियोका कुरा
विश्व रेडियो दिवसको पूर्व सन्ध्यामा रेडियोका कुरा
युवा दिवसः सान्दर्भिकता र महत्व
युवा दिवसः सान्दर्भिकता र महत्व
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP