नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख २८, २०८३ बागेश्वरी पोस्ट
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

नेपालगञ्ज । बाँकेमा आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेमा रहेको आप्रवासी स्रोत केन्द्रबाट चालू आर्थिक बर्षको हालसम्म ६ हजार २ सय ५६ जनालाई सेवा प्रदान गरिएको हो । ती मध्ये पुरुष ४ हजार ४ सय १८ जना र महिला १ हजार ८ सय ३८ छन् । 

सूचना तथा परामर्शकर्ता आस्था पोखरेलका अनुसार आप्रवासी स्रोत केन्द्रबाट सम्भावित कामदारलाई वैदेशिक रोजगारी सम्बन्धि सूचना, परामर्श र जानकारी प्रदान गरिन्छ । "वैदेशिक रोजगारीमा जाने सम्भावित कामदारलाई काउन्सिलिङ्ग गर्छौं," पोखरेलले भनिन् । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले यसमा सहजीकरण गरिरहेको छ । २०७५ सालदेखि यो सेवा उपलब्ध भइरहेको छ । 

सेवा लिन आप्रवासी स्रोत केन्द्र आएका कोहलपुरका आरती पौडेल र कृष्ण बहादुर खत्रीले आफूहरुले सहज तरिकाले आवश्यक सूचना र परामर्श पाएको बताए । जिल्ला प्रशासनमा सूचना तथा परामर्शकर्ता दुई जना छन् । पोखरेल र विनिता बस्नेत परामर्शकर्ताको रुपमा कार्यरत छन् । कोहलपुरमा पनि उपकेन्द्र छ । सामीका जिल्ला कार्यक्रम संयोजक कमल सिंह नेपालीका अनुसार आप्रवासी स्रोत केन्द्र सामीको 'मुटु' हो जहाँबाट वैदेशिक रोजगारका सम्भावित कामदारले आवश्यक सूचना र परामर्श पाइरहेका छन् । नेपालीका अनुसार ठगी, अंगभंगका ६५ केश दर्ता भएकोमा १४ वटा समाधान भएका छन् । सामीले ३३ लाख ६५ हजार ठगी रकम सहजीकरण गरेको छ । गत आर्थिक बर्षको बाँकी ११ लाख ५० रुपैयाँ पनि सहजीकरण गरिएको छ । 

पत्रकारहरुको उपस्थितिमा आज जिल्ला प्रशासन कार्यालयस्थित आप्रवासी स्रोत केन्द्रमा गरिएको अनुगमनका क्रममा नेपालीले बैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र ब्यवस्थित बनाउन सामीले पाँच वटा थिममा काम गरिरहेको बताए । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले बैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सूचनामा पहुँच, न्यायमा पहुँच (कानुनी सहजीकरण), सीप विकास तालिम, मनोसामाजिक परामर्श र वित्तीय साक्षरतामा काम गरिरहेको छ ।सामी कार्यक्रम नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । यो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्वीस सरकारको तर्फबाट प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराएको छ । 

 


प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३  १४:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ट्रकको ठक्करबाट बर्दियामा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु, जवान घाइते
ट्रकको ठक्करबाट बर्दियामा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु, जवान घाइते
विभेदकारी विज्ञापन नीति विरुद्ध बाँकेका पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई पठाइयो हस्ताक्षर
विभेदकारी विज्ञापन नीति विरुद्ध बाँकेका पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई पठाइयो हस्ताक्षर
बैजनाथमा सञ्चालित डिजिटल पत्रकारिता तालिम समापन
बैजनाथमा सञ्चालित डिजिटल पत्रकारिता तालिम समापन
स्थानीय तहको नीति-कार्यक्रम र बजेटमा सञ्चार क्षेत्र समेट्न पत्रकार महासंघ बाँकेको ध्यानाकर्षण
स्थानीय तहको नीति-कार्यक्रम र बजेटमा सञ्चार क्षेत्र समेट्न पत्रकार महासंघ बाँकेको ध्यानाकर्षण
rapti 11 nairainapur 11 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP