नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • आजदेखि सुरु हुँदै प्रथम अशोक स्मृति कप फुटबल
आजदेखि सुरु हुँदै प्रथम अशोक स्मृति कप फुटबल
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, वैशाख २७, २०८३ बागेश्वरी पोस्ट
आजदेखि सुरु हुँदै प्रथम अशोक स्मृति कप फुटबल

खजुरा । प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता आज आइतबारदेखि खजुरामा सुरु हुँदैछ । स्थानीय खेलाडीहरुलाई प्राथमिकता दिएर आयोजना गर्न लागिएको प्रतियोगिताको तयारी पूरा भएको आयोजक दि फेमस महिन्द्र दल गण भु.पु संघ बाँकेले जनाएको छ ।

सुन्दर विहानी युवा क्लब जानकी गाउँपालिका–४ बाँकेको सह-आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा न्यु डाँफे स्पोर्ट्स क्लब र कालिका युवा क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् । जेठ ३ गतेसम्म चल्ने प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ ।

बाँके खजुरा गाउँपालिका-४ डी गाउँस्थित मिनी रंगशालामा हुने प्रतियोगिताको विजेता टिमले ५१ हजार रुपैयाँ, उपविजेताले ३१ हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र पाउने आयोजक दि फेमस महिन्द्र दल गण भु.पु संघ बाँके अध्यक्ष कृष्णलाल गिरीले बताए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही २ हजार ५ सय रुपैयाँ, ट्रफी, प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगिताको प्रथम पुरस्कार रकम ५१ हजार रुपैयाँ खजुरा गाउँपालिका वडा नम्बर ४ निवासी हाल अमेरिकामा रहेका समाजसेवी तथा खेलप्रेमी लील बहादुर थापाले प्रायोजन गरेको प्रतियोगिता संयोजक एवम् खजुरा गाउँपालिका वडा नम्बर ४ का निवर्तमान वडा अध्यक्ष तिलकवीर सुनारले जानकारी दिए । यसैगरी प्रतियोगितालाई मुख्य प्रायोजन स्व.अशोक विकका भाई एलिसा ज्वैलर्सका प्रो. खजुरा गाउँपालिका वडा नम्बर ४ निवासी हरि प्रकाश विकले गरेको आयोजकले जनाएको छ ।

स्थानीय स्तरका खेलाडीलाई खेल्ने अवसर प्रदान गर्दै प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्यसहित आयोजना गर्न लागिएको प्रतियोगितामा १२ क्लबको सहभागिता रहेको छ । प्रतियोगितामा कालिका युवा क्लब, न्यु डाँफे स्पोर्ट्स क्लब, मोडेल एफसी, धम्बोझी एफसी, न्यु दर्पण स्पोर्ट्स क्लब, ब्रदर्श एफसी, सिमलघारी, चन्द्र ज्योति, खजुरा–११ (आयोजक), योगिनी युवा क्लब, बागमति युवा क्लब र महिन्द्र दल गण भुपुको सहभागिता रहेको छ । 


प्रकाशित मिति: आइतबार, वैशाख २७, २०८३  १०:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्वकप २०२६:  ब्राजिल समूह 'सी' को विजेता, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६: ब्राजिल समूह 'सी' को विजेता, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
बाँके जिल्ला स्तरीय मेयर कप फुटबलमा होलिल्याण्ड र एनएमए च्याम्पियन 
बाँके जिल्ला स्तरीय मेयर कप फुटबलमा होलिल्याण्ड र एनएमए च्याम्पियन 
विश्वकप: नर्वे, अर्जेन्टिना र फ्रान्स नकआउट चरणमा
विश्वकप: नर्वे, अर्जेन्टिना र फ्रान्स नकआउट चरणमा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP