नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिचार
  • गृहपृष्ठ
  • बिचार
  • समृद्धिको सपनामा छिमेकी सहयोग
समृद्धिको सपनामा छिमेकी सहयोग
राजेन्द्र किराती
बिहीबार, असोज ३०, २०७६ राजेन्द्र किराती
समृद्धिको सपनामा छिमेकी सहयोग

वस्तुतः नेपालको राष्ट्रिय विकास र समृद्धि वा आर्थिक क्रान्तिको नयाँ राजनीतिक ‘कोर्स’ प्रारम्भ भइसकेको छ । यस्तो वस्तुगत अर्थ–राजनीतिक धरातलमा विश्वको उदाउँदो महाशक्ति छिमेकी राष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले निश्चय नै ठूलो महŒव राख्छ । त्यतिमात्र होइन, विगतमा युरोप र अमेरिकाकेन्द्रित विश्व आज एसियाकेन्द्रित बन्दै गइरहेको छ । तब विश्व अर्थ–राजनीतिले आफ्नो प्रभाव विस्तारको नयाँ–नयाँ रणनीतिहरू विन्यास गरिरहेको छ । यस्तोबेला शक्ति सन्तुलनको रणनीति पनि विश्व अर्थ–राजनीतिको मूलभूत भाष्य बन्छ । यसकारण छिमेकी मित्रराष्ट्र चीनका राष्ट्रप्रमुखको नेपाल भ्रमणलाई औसत होइन, दूरगामी महŒवको भ्रमण मान्न सकिन्छ ।
सम्झौता :
दक्षिण र पश्चिमको हस्तक्षेपबाट आक्रान्त नेपालले आफ्नो स्वाभिमानसहितको विकास र समृिद्धको महाअभियानमा जनवादी गणतन्त्र चीन सरकारलाई सकारात्मक विकल्पका रूपमा ग्रहण गर्नु अनौठो होइन । अर्थात् नेपाली अर्थ–राजनीतिमा दक्षिणको विद्यमान एकाधिकारमा सन्तुलनको खाँचो अवश्य नै थियो । परिणामस्वरूप चौतर्फी विकल्पहरू खड्किरहेको आमनेपाली जनताले महसुस गरेकै विषय हो । यस्तो अवस्थामा भएको उच्चस्तरीय भ्रमणमार्फत निर्णायक सहयोगको आशा अपेक्षा राख्नु स्वाभाविक थियो । राष्ट्रपति सी भ्रमणको क्रममा द्विपक्षीय हित र स्वार्थलाई केन्द्रमा राख्दै २० बँुदे ऐतिहासिक सम्झौता÷सहमति भएको छ । यो ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने राष्ट्रिय साझा नारा कार्यान्वयनमा सहयोगी हुने देखिन्छ ।
राष्ट्रपति सी भ्रमणको सिलसिलामा नेपाल र चीन सरकारबीच दुवै मुलुकबीचको सीमा व्यवस्थापन प्रणालीलाई चुस्तदुरुस्त राख्ने सहमति भएको छ । यसैगरी, शासन क्षमता विकास गर्न सहकार्य र अनुभव आदान–प्रदान गर्ने पनि हस्ताक्षर गरिएको छ । आपराधिक विषयमा आपसी कानुनी सहायता र सगरमाथा संरक्षण गर्ने सहमति भएको छ । दुवै मुलुकको योजना आयोगहरूबीच उत्पादनशील क्षमता अभिवृद्धि गर्न मुख्य योजनाहरूमा लगानी बढाउने साथै चेङ्दुमा महावाणिज्यदूतावास खोल्ने विषयमा पनि हस्ताक्षर गरिएको छ । यसैगरी, चीन–नेपाल सीमापार रेल परियोजना सन्दर्भमा सम्भाव्यता अध्ययन गर्ने सहमति भएको छ । केरुङ–काठमाडौँ सडकअन्तर्गत दुई ठाउँमा सुरुङमार्ग निर्माण गर्ने अनि सीमा सुरक्षा र कार्यालय उपकरणसम्बन्धमा पनि सहमति गरिएको छ । चीन र नेपालबीच परम्परागत औषधोपचार पद्धति विकास गर्नुको साथै विपत् जोखिम न्यूनीकरण र आपतकालीन उद्धारसम्बन्धी सम्झौता भएको छ ।
त्यस्तै, त्रिभुवन विश्वविद्यालयमा कन्फुसियस विश्वविद्यालय स्थापना गर्ने अनि लगानी सहकार्य कार्यगत समूह बनाउने निर्णय गरिएको छ । व्यापार विस्तारसम्बन्धमा संयुक्त कार्यगत समूह बनाउने अनि कागती र निम्बुलगायतका अमिलोजन्य फलफूल निर्यातलाई खुला गरिएको छ । भूकम्प निगरानी सञ्जाल परियोजना साथै काठमाडौँ उपत्यकाअन्तर्गतका नगरपालिकाहरूमा खानेपानी आपूर्तिसम्बन्धमा अध्ययन गर्ने सहमति भएको छ । अर्थात् समग्रमा यो भ्रमणक्रममा दुवै मुलुकबीच द्विपक्षीय हितमा धेरै महŒवपूर्ण सम्झौता भएको देखिन्छ । यद्यपि, कार्यान्वयनको सन्दर्भमा अन्तरनिहित भौगोलिकलगायतका जटिलता र प्रतिकूलता विद्यमान छ । त्यसकारण भावनात्मक तरङ्गमा धेरै बहकिनु सही मूल्याङ्कन हुँदैन ।
समृद्धि :
पछिल्लो समय नेपाली राष्ट्रिय राजनीतिमा विकास र समृद्धि साझा, सजिलो र लोकप्रिय नारा भएको छ । यो सुखद, सकारात्मक र भावनात्मक नारा हो । नारा असाध्यै राम्रो र मन छुनेखालको छ । सी भ्रमणको क्रममा भएको ऐतिहासिक सम्झौतालाई नियाल्दा विकास र समृद्धिको अभियानमा भ्रमण पक्कै पनि कोशेढुङ्गा साबित हुनेछ । यसमा कसैले आग्रह पूर्वाग्रह राख्नुको तुक देखिन्न । तर, कसैको अनुदान र लगानीबाट मात्र दीर्घकालिक समृद्धि सम्भव हुँदैन ।
समृद्धि भनेको कुनै पनि खास समाजअन्तर्गत सचेत, सङ्गठित, योजनागत, उद्देश्यगत र गन्तव्यगत आमपहल र प्रयत्नहरूको लामो पद्धतिबाट मात्र सम्भव हुन्छ । आमनागरिकहरूको साझा लक्ष्य, भूमिका, जिम्मेवारीमार्फतमात्र वास्तविक समृद्धि सम्भव हुन्छ । स्वतःस्फूर्त रूपमै नागरिक राजकीय दायित्व र जिम्मेवारी निर्वाह गर्न लालायित हुने गर्छन् । अधिकारसँगै समानान्तर रूपमा कर्तव्य पनि उभिएको हुन्छ भन्ने उन्नत चिन्तन, सोच र मनोविज्ञान विकास भइसकेको हुन्छ । सबै वर्ग, जाति, क्षेत्र र लिङ्गले न्याय, समानता र स्वाभिमानसहितको पहुँच सुनिश्चित गर्ने वातावरणको सपाट अभिव्यक्ति नै समृद्धि हो ।
नेपालमा काम गर्ने सँस्कृति र श्रमलाई सम्मान गर्ने राजकीय नीति छैन । मूलभूत रूपमा आर्थिक समृद्धिका लागि ‘जुन देशको जन त्यही देशको धन’ को नीति लागू गर्नुपर्छ । हरेक व्यक्ति श्रममा जोडिएकै हुनुपर्छ । आमरूपमा काम गर्ने सँस्कृतिलाई संस्थागत गर्नुपर्छ । समृद्धिको राष्ट्रिय लक्ष्य प्राप्तिका लागि सबै नागरिकलाई गोलबन्द गर्दै श्रममा प्रेरित र सङ्गठित गर्नुपर्छ । परिश्रम, पसिना, सिर्जना, खोज र अनुसन्धानलाई औसत जीवनपद्धति बनाउनुपर्छ । हाल हाम्रो समाजमा श्रमप्रति अभिव्यक्त नकारात्मक र हीन धारणालाई निस्तेज गर्नुपर्छ । श्रमलाई जीवन्त आर्थिक पद्धति, इज्जत र प्रतिष्ठासँग एकाकार गर्नुपर्दछ । तबमात्र असली समृद्धि सम्भव हुन्छ ।
दिगो आर्थिक विकास समृद्धिको आधारभूत सर्त हो । अर्थतन्त्रको स्थायी जीवनरेखा तय गर्नुपर्छ । यसका लागि उत्पादनमुखी अर्थतन्त्र विकासमा जोड गर्नुपर्छ । नेपालको सन्दर्भमा उत्पादनमुखी अर्थतन्त्र भन्नाले कृषिको आधुनिकीकरण र साना तथा मझौला उद्योग कलकारखानाको स्थापना, विकास–विस्तार र गुणस्तरयुक्त बनाउने भन्ने हो । उत्पादनमूलक आर्थिक उत्पादन सम्बन्ध प्रत्येक नागरिकसँग प्रत्यक्ष वा परोक्ष रूपमा जोडिएको हुन्छ । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने अर्थतन्त्र निर्माणमा जोड दिनुपर्छ । आफ्नै योजनाअन्तर्गतको स्रोत, साधन, श्रम, सीप र जाँगरको आमपरिचालन विधिबाट प्राप्त उन्नत भौतिक परिवेश नै समृद्धि हो ।
सिद्धान्ततः समृद्धि कसैको दयामाया गरेर बकस प्राप्त दुई÷चारवटा मेघा–परियोजनाबाटै समाधन भइहाल्ने सवाल होइन । यसका लागि आफैँले नीति, योजना, उद्देश्य र गन्तव्य किटान गर्नैपर्छ । वैदेशिक अनुदानकै भरमा विश्वमा कहीँ पनि पूर्ण आकारको विकास भएको छैन ।
वस्तुतः सी चिनपिङको बहुप्रतीक्षित दुईदिने नेपाल भ्रमण ऐतिहासिक रह्यो । यो नेपाली राष्ट्रिय राजनीति, क्षेत्रीय अर्थ–राजनीति र विश्वरणनीतिक स्वार्थ सन्तुलनमा कोशेढुङ्गा हुने निश्चित देखिन्छ । यसले हस्तक्षेप र एकाधिकारलाई रक्षात्मक बनाउने सम्भावना देखिन्छ । पहिलो, यो लामो अन्तरालपछिको भ्रमण हो । दोस्रो, यो आर्थिक विकास र समृद्धिको गुरुत्वकेन्द्र वरिपरिबाटै निर्धारित भएको छ । तेस्रो, यसले विश्व रणनीतिक स्वार्थलाई सन्तुलन गर्ने पुलको काम गर्नेछ । विशेषतः भ्रमण सार्थक र फलदायी बनाउन सम्झौताहरूको कार्यान्वयन गर्नुपर्छ ।
विकास र समृद्धिका लागि हाम्रो प्राकृतिक स्रोत–साधन, जनशक्ति, श्रम, पसिना, सिर्जना, प्रविधि औजार र उपकरणहरूको उपयोग प्राथमिक सर्त हुन्छ । त्यसैले द्विपक्षीय भेटवार्तामा भएको सम्झौताद्वारा मात्र समृद्धिको सपना देख्नु बनिबनाउ चाहना र मगन्ते मानसिकतामात्र हुन्छ । समृद्ध नेपाल बनाउने नै हो भने कमिसन कुरेर, गफ चुटेर, आहार–विहारमा रमेर अनि खेलेर बस्ने अल्छे–तिघ्रे, स्वादे–जिब्रे र मोटे–भुँडे जनशक्तिलाई अभियानका रूपमा निश्चित श्रममा परिचालन गर्नैपर्छ । कामको सँस्कृति बसाल्नैपर्छ । तबमात्र अरूको भरमा समृद्धिको आत्मरति लिने गलत परम्पराको अन्त्य हुनेछ । नेपाल साँच्चै समृद्ध बन्नेछ ।

(लेखक राजनीतिकर्मी हुनुहुन्छ ।) 


प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  १२:१५
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राता ढुङ्गा....
राता ढुङ्गा....
सामाजिक रूपान्तरणमा महिलाको भूमिका
सामाजिक रूपान्तरणमा महिलाको भूमिका
विश्व रेडियो दिवसको पूर्व सन्ध्यामा रेडियोका कुरा
विश्व रेडियो दिवसको पूर्व सन्ध्यामा रेडियोका कुरा
युवा दिवसः सान्दर्भिकता र महत्व
युवा दिवसः सान्दर्भिकता र महत्व
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP