Skip This
Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • देश
  • राजनीति
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सुरक्षा-अपराध
  • बिचार
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • कला
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
  • थप
    • विश्व
    • स्वास्थ्य
    • पत्रपत्रिकामा
    • रोजगारी सूचना
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • शिक्षा
    • राशिफल
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहिवार, फाल्गुन १३, २०७७ ०७:२९:२७ युनिकोड पुरानो वेबसाइट
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • देश
  • राजनीति
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सुरक्षा-अपराध
  • बिचार
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • कला
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
  • थप
    • विश्व
    • स्वास्थ्य
    • पत्रपत्रिकामा
    • रोजगारी सूचना
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • शिक्षा
    • राशिफल
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिचार
  • Home
  • बिचार
  • कहिल्यै भुल्न नसकिने मेरो आँगनको त्यो दिन
कहिल्यै भुल्न नसकिने मेरो आँगनको त्यो दिन
64x64
बिहिवार, फाल्गुन ६, २०७७ रवि किरण आचार्य

इतिहास विगतको साक्षी हो । दिनहरु आउँछन् जान्छन् यो प्रकृतिको सर्वमान्य नियम हो । तर, कुनै दिन त्यस्ता पनि आउँछन् जुन बिर्सनै सकिँदैन । बिसं २०४६ साल बैशाख २१ को त्यो कु्रर दिनको धब्बा मेरो मानसपटलमा उद्देलित भैरहन्छ । पूरै समाज र राष्ट्रको लागि केही गर्न चाहने होनहार योद्धाको सपनालाई कुठाराघात गर्ने त्यो दिन कुनै मानेमा क्षम्य हुन सक्तैन ।

त्यो बेला संस्कारी समाज थियो । वर्गीय नाता अत्यन्तै घनीभूत थियो । हाम्रो संस्कार अनि वर्ग निम्न मध्यम खालको थियो । समाजमा हाम्रो परिवार सबैका लागि उदाहरण र नमुना थियो र अद्यापि त्यो छाप सबैका लागि कायमै छ । मुठीभर मान्छेहरुले देशलाई चलाइरहेका थिए । मौलिक हक र स्वतन्त्रताहरु कुण्ठित थिए । वर्ग विभेदले उन्माद र उन्मक्त मतियारहरु सर्बसत्ताबादको भर्याङ्ग चढी निहत्था कर्मशील युवाहरुको आवाजलाई दबाउन सधैंजसो राज्यको बल प्रयोग गरिरहन्थे । मूलभुतरुपमा शासन ब्यबस्थाको सवालमा संसारको कुनै पनि देश लामो समयसम्म टिकेको छैन । त्यतिबेला पञ्चायती सर्बसत्ताबाद हावी थियो । प्रगतिशील र परिवर्तन चाहने युवा पंक्तिहरु राज्यसत्ताको बिरोधमा दिनरात नभनी खटिरहेका थिए । भूमिगतरुपमा संगठनका क्रियाकलापहरु भइरहन्थे ।

कुनै संकेत पाइएको थिएन त्यतिन्जेलसम्म त्यो दिनको । त्यस्तै कक्षा आठ हुनुपर्छ मैले स्थानीय अमर मावि उरहरीमा अध्ययन गर्दथे । त्यो दिन आँगनमा गहुँबाली स्याहारसुसारको काम भैरहेको थियो । एक्कासी डिएसपीको नेतृत्वमा दुई हुल पुलिसका गाडि खुल्ला आँगनमै छिरे । त्यतिबेला कच्ची घर भएपनि आकारमा ठूलै थियो । पर्याप्त झ्यालहरु थिए । झ्यालबाट भाग्न सक्ने आँकलन गरेर होला साइँल दाई (बलदेब आचार्य ) लाई पकड्न भनेर आएका पुलिसका हुलका हुल जत्थाले बाक्लो गरी घर घेरे । बलदेव जी कता हुनुहन्छ ? डिएसपीले सोध्दै थिए । हामीले प्रति उत्तर दिन पाउँदा नपाउँदै दाई कतै बाहिरबाट घरमा आइपुग्नुभयो ।

उ बेला अहिले जस्तो मोबाइल फोनकोे सुविधा थिएन, दाईलाई भगाउन सक्ने कुनै उपाय रच्ने बुद्धि त्यो बेला मनमा आउनै सकेन । उतैबाट पुलिसले भम्के घर भएका संगठनका नेता सेवकराम भण्डारीलाई पकडेर हाम्रो घर सिकाउन ल्याएको झल्झली याद आउँदछ । आमालाई तपाईंको छोरालाई लिन आएको आमा सोधपुछ गर्नुछ भनेर पुलिसले भनेको सम्झन्छु अहिले पनि म । त्यति भनेपछि आमा रुन थाल्नुभयो । शासन ब्यबस्थाको सैद्धान्तिक पाटो नबुझे पनि ब्यवहारिक रिहर्सल राम्रैसँग ख्याल राख्नुहुन्थ्यो आमा उतिबेला । हामी सानै थियौं, ब्यबहारमा अनि उमेरमा पनि ।

गाउँभरीका मानिसहरु जमघट भएका थिए । तर, परिस्थितिको ठोस बिश्लेषण गरी शासन ब्यबस्थाको बिरुद्धमा आवाज बुलन्द गर्न सक्ने हिम्मत कसैमा थिएन । पुलिसले मुचुल्का उठायो । सायद मुठिभरका प्रतिगामीहरु हाँस्दै गरेको त्यो परिदृश्य मेरो मानसपटलमा ताजै छ । एक छिनपछि पुलिसले दाईलाई आफ्नो गाडीमा हालेर लग्यो । अब हाम्रो घरमा सन्नाटा छायो । आमा रातभरी सुत्न सक्नु भएन उसैमाथि हामी पनि बेचैन थियौं । अरु दाईहरु कता कता हुनुहुन्थ्यो कुन्नि ? सायद ठुल्दाई (ओम प्रकाश आचार्य) ले राप्ती विद्या मन्दिर तुल्सीपुरमा शिक्षण कार्य गर्नुहुन्थ्यो । माइल दाई (लक्ष्मण आचार्य) महेन्द्र बहुमुखी क्याम्पस घोराहीतिर अध्ययनमा हुनुहुन्थ्यो होला । अरु दाजुभाई सानै जस्तो लाग्दथ्यो । आमाको मन न हो, सायद आमाले विभिन्न थरी मान्छेलाई दाईलाई छुटाउन गुहार गर्नुभयो होला तर दाईले तत्कालीन मुख्य प्रशासक मण्डले प्रबृतिका अञ्चलाधीश जगदिश खड्का समक्ष आत्मसर्मपण गर्नुभएन बरु जेल सजाय भोग्न तयार हुनुभयो ।

दिनहरु बित्दै गए । ब्यबस्था इतरका मान्छे भएकाले पहुँचका कुरा टाढै थिए । दाईलाई संघसंस्था सम्बन्धि उद्योग गर्ने र राजकाज गरी दुई किसिमका मुद्दा चलाइयो । स्मरण रहोस्, त्यतिबेला नेपालमा तीब्रतर रुपमा बहुदलीय ब्यबस्था प्राप्तिका लागि काँग्रेस तथा बाम घटकहरुको संयुक्त आन्दोलन भैरहेको थियो । नेपाली काँग्रेसका नेता गणेशमान सिँह र बाममोर्चाको तर्फबाट सहाना प्रधानले संयुक्त जनआन्दोलनको कमाण्ड गरिरहेका थिए । दाङ्गका जेलहरुमा बलदेब आचार्य, अशोक चौधरी, शिवराज गौतम, शालिकराम रजौरे, खुम बहादुर खड्का लगायतका बहुदल पक्षीय नेताहरु कोचिएर राखेका थिए ।

२०४५/०४६ ताका बल्देब दाई नेपाल कम्युनिष्ट पार्टी मालेको भगिनी संगठन अनेरास्वबियु पाँचौको दाङ्ग जिल्ला उपाध्यक्ष भएर जिम्मेवारी साथ काम गर्दै हुनुहुन्थ्यो । तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको पालामा भारतले नेपालमा आर्थिक नाकाबन्दी लगाएको थियो । उक्त समयमा भारतको मेघालय राज्यबाट नेपालीहरुलाई लखेट्ने कार्यका बिरुद्ध नेपालमा आन्दोलनको जेहाद छेडिएको थियो । उक्त आन्दोलनमा दाईले दाङ्ग जिल्लाको संयोजकको हैसियतमा कमाण्ड सम्हाल्नुभएको थियो । तत्कालीन समयमा अनेरास्ववियु पाँचौको राष्ट्रिय परिषद् सदस्यसम्मको जिम्मेवारी बहन गर्नुभएको थियो । त्यसपछि उहाँले पार्टीको जिल्ला कमिटि लगायत विभिन्न राजनैतिक, आर्थिक, सामाजिक एवम् शैक्षिक संघसंगठनमा रही काम गर्दै आउनुभएको छ । बल्देब दाई राजनीतिशास्त्र बिषयमा स्नातकोत्तर हुनुहुन्छ ।

ठुल्दाई (ओम प्रकाश आचार्य ) ले माध्यामिक स्तरको शिक्षा माबि भोजपर दाङ्गबाट लिनुभएको थियो । २०३५/०३६ सालको जनमत संग्रह ताका नै बिद्यार्थी आन्दोलनमा सक्रिय भएर लाग्नुभएको थियो । बिसं २०४१ सालतिर नेपालगन्ज बहुमुखी क्याम्पसमा आइएस्सी पढ्दाको समयमा उतिबेला पार्टीहरु भुमिगत नै थिए । त्यस समयमा तत्कालीन नेकपा मालको संयोजक झलनाथ खनाल भए जस्तो लाग्छ । पञ्चायतको बिरुद्धमा आवाज बुलन्द गरकै कारण ओम प्रकाश आचार्य, प्रकाश ज्वाला, उर्बादत्त पन्त लगायतका बिद्यार्थी नेताहरुलाई हिरासतमा लिएको थियो ।

अध्ययनको शिलशिलामा अमृत साइन्स कलेज (अस्कल ) मा विएस्सी पढ्दा अनेरास्वबियुको प्रारम्भिक कमिटिमा बसेर काम गर्नुभएको थियो । नेता गोकर्ण बिष्टको संयोजकत्वमा संचालित उपत्यका चुनाव परिचालन कमिटिमा बसेर पनि जिम्मेवारी बहन गर्नुभएको थियो । स्मरण रहोस् त्यसताका अनेरास्वबियुको अध्यक्ष तुल बहादर गुरुङ्ग थिए । भौतिक रशायन शास्त्र बिषयमा स्नातकोत्तर कोर्स पूूरा गरी थाइल्याण्डबाट वातावरणीय बिष बिज्ञानमा मास्टर्स गर्नुभएका ओमप्रकाश दाईले हाल बिधि बिज्ञान प्रयोगशालामा प्रमुख बैज्ञानिकको रुपमा काम गर्दै आउनुभएको छ ।

पार्टी र पार्टी संगठन भन्दा बाहिरको बिषयबस्तुमा खासै ध्यान नराख्ने माइल दाई (लक्ष्मण आचार्य ) ले शिक्षण कार्यलाई थाँती राखेर शासन ब्यबस्थामा अब्बल परिबर्तनका माध्यमबाट सुधार गर्नुपर्छ भन्ने मान्यताका साथ राजनैतिकरुपमा अग्रपंक्तिमा रहिरहनु भयो । सत्ताको स्वाद भन्दा संगठन निर्माणको काममा विश्वास गर्ने नेताको रुपमां हामीले बुझेका छौं । बिसं. २०४७ सालमा पार्टीको संगठित सदस्यता लिएर निरन्तर काम गर्दै आउनुभएको छ । बिसं. २०५३/०५४ सालतिर अनेरास्वबियुको राप्ती अञ्चल संयोजकको हैसियतमा जिम्मेवारी लिनुभएको थियो । त्यसपछि पनि संगठनका विभिन्न तह र तप्कामा रहेर काम गर्दै आउनुभयो ।

बिसं. २०५५ सालतिर अनेरास्वबियुको केन्द्रिय कोषाध्यक्षको रुपमा अनुशासित जिम्मेवारी बहन गनुभयो । त्यसपछि पार्टीको निर्देशन र सल्लाहलाई अनुशासनको रुपमा लिई बिद्यार्थी संगठनबाट पार्टीको कामकाज गर्ने गरी बिसं. २०५९ सालबाट दाङ्ग जिल्लाको उपसचिबको रुपमा दुई कार्यकाल जिम्मेवारी सम्हाल्नुभयो । बिसं. २०६६ सालमा नेपाल कम्युनिष्ट पार्टी एमालेको दाङ्ग जिल्लाको अध्यक्ष भएर सारभूूतरुपमा आफ्नो कौशल देखाउनुभएको थियो । बिषम् परिस्थितिमा लक्ष्मण आचार्यको खोजी तत्कालीन समयमा मात्र नभई अहिले पनि उत्तिकै सान्दर्भिकता भएको महसुस सर्बत्र गरिएको सुनिन्छ । पार्टीको काम र जिम्मेवारीलाई निरन्तरता दिने शिलशिलामा बिसं. २०६९ मा नेपाल कम्युनिष्ट पार्टी एमालेको राप्ती अंचल कार्यालय सचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो । बिसं. २०७५ सालपछि नेपाल कम्युनिष्ट पार्टीको प्रदेश कमिटिको सदस्य भएर काम गर्दै आउनुभएकोछ । गणित र अंग्रेजी बिषमा अब्बल मानिने लक्ष्मण दाईले राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।

संस्कारले सिकाएको पाठ बंशानुगत जस्तै थियो । बुवा आमाको खासै आम्दानीको श्रोत नभएपनि कृषिको माध्यमबाट आफ्ना सन्ततिहरुको पालनपोषणका अतिरिक्त शिक्षादिक्षामा हरदम चासो राखिरहनुहुन्थ्यो । आज बुवा आमा हामी माझ हुनुहन्न तर सलाम छ उहाँको त्यो संघर्षमय जीवनको, सधैं पथप्रर्दशकको रुपमा रहिरहनुहुने उहाँहरुको योगदान चिरपर्यन्त रहिरहने छ । उहाँहरुको स्मरणका खातिर आज यी हरफहरु कोर्न बाध्य छु म । समाज र सिंगो राष्ट्रका खातिर प्रत्यक्ष परोक्षरुपमा योगदान दिएर जानुभएको छ ।

काइँल दाई (निमकान्त आचार्य )ले महेन्द्र बहुमुखी क्याम्पस दाङ्गमा अध्ययन गर्ने क्रममा अनेरास्वबियुमा संलग्न रही क्रियाकलाप गर्नुभएको थियो । दिनरात नभनी संगठन र पार्टीलाई मजबुत बनाइराख्नुपर्छ भन्ने ध्येयका साथ कर्ममा बिश्वास राख्ने उहाँको बानी रहेको छ । हाल उहाँ सामाजिक विकास मन्त्रालय अन्तर्गत् सामाजिक विकास डिभिजन कार्यालय दाङ्गमा अधिकृतको रुपमा काम गर्दै आउनुभएको छ ।

सबैको कान्छो भाई (राजु आचार्य ) ले अमृत साइन्स कलेजमा आइएस्सी पढ्दादेखि नै अनेरास्वबियुको संगठनमा रही काम गरेको इतिहास छ । पुल्चोक इन्जिनियरिङ्ग कलेजबाट विई गरेका उनले कन्स्ट्रक्सन म्यानेजमेन्ट बिषयमा स्नातकोत्तर पूूरा गरेका छन् । २०६८ सालमा नेपाल सरकारको उपसचिवमा नाम निकाल्न सफल भएका उनी हाल बृहद् दाङ्ग उपत्यका सिचाई आयोजना को आयोजना प्रमुखको रुपमा रही आएका छन् । मेरो बारेमा म आफैंलाई केही भन्नु छैन ।

(नोट-यो लेख राजनैतिक नभई नितान्त घरायसी संस्मरणका लागि मात्र लेखिएको हो )

आचार्य उरहरी दाङ्गका स्थायी बासिन्दा हुन् ।


९८४७८२४९१७

[email protected]


प्रकाशित मिति: बिहिवार, फाल्गुन ६, २०७७, ०६:३८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोष जुटाउने–चिया उत्सव
राजनीतिक विकृतिको जिम्मेवार सरकार
निजामती प्रशासन र यसका वर्तमान चुनौतिहरु
जडिबुटी व्यवस्थापन र यसका विविध सवालहरु
सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119, 9862791607
ईमेल : [email protected]
पान नम्बर : 606861069 (मू.अ.कर)
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी 9851148119
प्रधान सम्पादक : नवीन गिरी 9858082228

हाम्रो टिम

मेनु
  • मुख्य समाचार
  • देश
  • राजनीति
  • सुरक्षा-अपराध
  • बिचार
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • फोटो विशेष
  • भिडियो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©Bagheswori Post-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago