Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ७, २०८० युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिचार
  • गृहपृष्ठ
  • बिचार
  • युवा नेतृत्व ‘अन्धभक्त’ भइरहने कि ‘शालीन विद्रोह गर्ने’ ?
युवा नेतृत्व ‘अन्धभक्त’ भइरहने कि ‘शालीन विद्रोह गर्ने’ ?
नवीन गिरी
शुक्रबार, असार २५, २०७८ नवीन गिरी
युवा नेतृत्व ‘अन्धभक्त’ भइरहने कि ‘शालीन विद्रोह गर्ने’ ?

२०४८ सालमै गृहमन्त्री भएका थिए, अहिलेका कांग्रेस पार्टी सभापति शेर बहादुर देउबा । ४५ बर्षकै उमेरमा गृहमन्त्री बनेका उनी ४९ बर्षमै प्रधानमन्त्री बनेर मुलुकको बागडोर सम्हाले । २०५७ मै ५४ बर्षको उमेरमा पार्टी सभापतिमा लडेका थिए देउबा । बरिष्ठ नेता रामचन्द्र पौडेल २०५१ सालमै ४९ बर्षको उमेरमा सभामुख बने । चिरञ्जीवि वाग्ले २०५३ सालमै नवौं महाधिवेशनमा ४०—४५ बर्षकै उमेरमा तत्कालीन पार्टी सभापति गिरिजा प्रसाद कोइरालासंग ‘सभापति’मै भिडेका थिए । नरहरि आचार्यले पनि ५० बर्षकै हाराहारीको उमेरमा चुनौति दिएका थिए । तर, अहिले कांग्रेसभित्र ५० बर्ष भन्दा कम उमेरमै मन्त्री, प्रधानमन्त्री, सभामुख, अन्य कुनै कार्यकारी पद वा पार्टी नेतृत्वमा पुग्न अथवा आफ्नो समूहबाट आन्तरिक प्रतिष्पर्धाका लागि ‘लाइन’ पाउन ‘पापड बेल्नुपर्ने’ अवस्था छ । २०७२ को १३औं महाधिवेशनमा आफ्नै ससुरा बुवा अर्जुन नरसिंह केसी र विपीपुत्र शशांक कोइरालासंग महामन्त्रीमा भिडेका युवा नेता गगन कुमार थापा अब फेरि अर्को दुष्साहस गर्दै सभापतिमा भिड्ने पक्षमा छैनन् । किनभने उनी यो पटक कम्तीमा जित्ने ‘सूत्र’ खोज्दैछन् । तर, १३औं महाधिवेशनमा केन्द्रिय सदस्य मात्रै जितेका कल्याण कुमार गुरुङ भने आफ्नो टिमभित्रै ‘शालीन विद्रोह’ गर्दै सभापतिमै भिड्ने दृढनिश्चयी देखिन्छन् । तर, समकालीन/सहकर्मीहरुको दरिलो साथ नपाउँदा एक्लो भएर उनले पनि आफ्नो ‘पद’ सुरक्षित गर्नलाई ‘त्वम् शरणम् गर्ने कि लोभ लालच नराखेर न्याय र परिवर्तनका लागि दृढसंकल्पित बन्ने...निर्णय उनकै हो ।

Prabhat+2

पहिलो र दोस्रो पुस्ताको ‘अन्धभक्त’ भएर न्याय र परिवर्तनका लागि युवा नेतृत्व जुर्मुराउन सक्दैन । हस्तक्षेपकारी भूमिका निभाउँदै सबै युवा नेता ‘गोलबन्द’ नभई पार्टीले ‘काँचुली फेर्न’ सक्दैन भन्ने यथार्थलाई हृदयंगम गर्न जरुरी छ । आशा गरिएका हरेक युवा नेताले पहिलो र दोस्रो पुस्ताका नेताको ‘आशिर्वाद’ कुरेर बस्ने हो भने परिवर्तन सम्भव होला ? व्यक्तिबादी भएर अमुक नेताको ‘देवत्वकरण’ वा फरक समूहमा रहेका कारण मात्रै उसको ‘कटु विरोध’ को शैलीले पार्टीमा कस्तो संस्कार झांगिदै जाला ? बेलैमा विवेचना हुन जरुरी छ । गुट वा समूहलाई मजबुत बनाउन स्वयम् तेस्रो पुस्ताका नेताहरुको ‘लोभलाग्दो’ अग्रसरताले पार्टीभित्रको परम्परागत प्रबृत्ति भत्काउन सक्ने अवस्था रहँदैन । बाहिर चर्का कुरा गर्ने तर निर्णय प्रक्रियामा हिस्सेदार हुँदा पनि आफ्ना एजेण्डालाई निष्कर्षमा पु¥याउन नसकेको अवस्था छ । बाहिर पहिलो पुस्ताका नेतालाई ‘धारे हात’ लगाउने तर उसकै टिममा पर्न ‘मरिहत्ते’ गर्ने अवस्थाले कसरी नयाँ पुस्तामा आशाको सञ्चार गर्न सक्ला ? १३औं महाधिवेशनले नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिमा युवा नेताहरुको राम्रै उपस्थितिलाई सुनिश्चित ग¥यो । तर, उनीहरुको भूमिका आशातीत भएन । नेताहरुले गरेको निर्णयलाई ‘निर्णयार्थ’ प्रस्तुत गर्दा थपडी बजाउने बाहेकको भूमिका देखिएन । तेस्रो पुस्ताका नेताहरु सबै एकै ठाउँमा रहेर अब आफ्नो पुस्तालाई नेतृत्वदायी भूमिकाका लागि ‘इन्डोर्स’ गर्न दृढ संकल्पित हुनुपर्दछ ।

समय अनुसार पार्टी जीवन सञ्चालनार्थ भिजन र मिसन भएन भने उचित गोरेटो तय गर्न सकिँदैन । आफ्नो मिसन र भिजनले समयको मागलाई सम्बोधन गर्न सकेन भने त्यसले गर्ने योगदान ‘नगण्य’ हुन्छ । समय र परिवेशले सफल सावित गर्न नसकेको नेतृत्वलाई ‘काँध’मै राखिरहन जरुरी छैन । इतिहासले त्यसलाई ‘ठूलो भूल’ भन्नेछ ।

‘नेता’हरुको आलोचना गरेजस्तो गरिरहने तर पार्टी जीवनमा देखिएका विकृति र विसंगति विरुद्ध ‘चुँ’ नगर्ने शैलीले पार्टी बन्दैन । कांग्रेसको ‘नर्सरी’ मानिने नेपाल विद्यार्थी संघको खराब हबिगत हुँदा पनि विद्यार्थी राजनीतिबाट उदाएका युवा पुस्ताका नेता किन बोल्दैनन् ? तदर्थबाद र टिके प्रथामा चलेको नेविसंघ ‘लुलो’ हुँदा पनि युवा नेताहरु चिन्तन मनन् गरिरहेका छैनन् । आफ्नो गुटका विद्यार्थीलाई टिके कमिटिमा ‘घुसाउने’ चिन्ता मात्रै गर्छन् । ५० नाघेका मान्छेलाई विद्यार्थी संगठनको ‘मूली’ बनाइन्छ । म्याद थप्दै थप्दै भागबण्डामा बल्लतल्ल कनीकुथी घिस्रिरहेको नेविसंघ युनिभर्सिटी पढिरहेका छोराहरुका ‘बुवा’ लाई थमाइन्छ । विद्यार्थी राजनीतिबाट रिटाएर भएका पात्रलाई व्यवस्थापनका नाममा तरुण दलको जिम्मा लगाइन्छ । ‘टिम स्पिरिट’ नहुँदा त्यसको ‘आउटपुट’ छैन । भागबण्डामा पदाधिकारी टुंग्याइए पनि कमिटिले पूर्णता नपाउँदा गतिविधि शून्य प्रायः छ । यसरी कसरी जागृत हुन्छ पार्टी ? यसमा युवा भनिएका ६० बर्ष कम उमेरका नेताहरुको हस्तक्षेपकारी भूमिका खै ? समयमै अधिवेशन नहुँदा नेतृत्व पंक्ति जाम भएर बस्ने परिपाटी विरुद्ध आवाज बुलन्द गर्दै निर्णायक पहलकदमी लिनु पर्दैन ? नेतृत्वले गरिरहेका ‘आत्मघाती’ निर्णयहरुलाई ‘चेक’ गर्न सक्ने ल्याकत नराखेर सधैं ‘अन्धभक्त’ भइरहने कि पार्टी बनाउने स्वार्थलाई केन्द्रमा राखेर अब ‘शालीन विद्रोह’ गर्ने ? आशा गरिएका युवा नेताहरुले यसलाई गम्भीरतपूर्वक चिन्तन गर्ने बेला भएन र ? यसको सुखद् शुरुवात गर्ने ‘मेलो’ अब १४औं महाधिवेशन हुन सक्छ भन्ने हेक्का राखौं ।

 

१४औं महाधिवेशनमा वडादेखि केन्द्रैसम्म युवा पंक्तिको सशक्त उपस्थिति हुने अवस्था देखिएकाले कांग्रेसको स्वर्णीम भविष्यका लागि आफू पनि बदलिने र अरुलाई पनि बदल्ने सोचका साथ युवा नेताहरुले फराकिलो दृष्टिकोण र खुला हृदयका साथ ‘पाको पुस्ता’लाई सम्मानपूर्वक विदाई गर्दै नेतृत्व लिने कुरामा आफूलाई अग्रसर गराउनुपर्दछ ।

समय अनुसार पार्टी जीवन सञ्चालनार्थ भिजन र मिसन भएन भने उचित गोरेटो तय गर्न सकिँदैन । आफ्नो मिसन र भिजनले समयको मागलाई सम्बोधन गर्न सकेन भने त्यसले गर्ने योगदान ‘नगण्य’ हुन्छ । समय र परिवेशले सफल सावित गर्न नसकेको नेतृत्वलाई ‘काँध’मै राखिरहन जरुरी छैन । इतिहासले त्यसलाई ‘ठूलो भूल’ भन्नेछ । समय सान्दर्भिक नठहरिएको नेतृत्वको ‘बुई चढेर’ बैतर्नी पार हुँदैन भन्ने हेक्का राख्नुपर्दछ । नेपाली कांग्रेसमा बाजे, बाउ, छोरा र नाति पुस्ताका बीचमा कार्यशैली र कार्यढाँचाका हिसाबले फरक छुट्याउन नसक्ने अवस्थाले गाँजेको छ । स्कुलिङ के थियो, के छ र के हुनेछ भन्ने कुराले त अर्थ राख्ला तर इच्छाशक्ति र अठोट के छ भन्ने प्रसंगले ठूलो अर्थ राख्ने कुरामा दुई मत छैन । शीर्ष नेतृत्वले जे भन्यो त्यसैमा ‘सहीछाप’ लगाउने प्रबृत्तिले पार्टीभित्र जोडतोडले मुखरित भइरहेको नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहसलाई ‘मजाक’ बनाइरहेको त छैन ? यसमा घोत्लिने कि ? अब सबै परिवेशहरुको निर्मम समीक्षा गर्न युवा पुस्ताका नेताहरुले ‘कुल माइन्ड’मा अग्रसरता देखाउने कि ?

उपसभापति, महामन्त्री, सहमहामन्त्री वा केन्द्रिय सदस्यमा आफूलाई सुनिश्चित गर्न कुनै अमुक नेतालाई बोकिरहने कि आम मानिसले अपेक्षा गरेको परिवर्तित ‘नवीन कांग्रेस’ बनाउन मोर्चाबन्दी कस्ने ? विभाजित मन र मानसिकताले सृदृढ कांग्रेसको ‘मुकाम’ चुम्न सकिँदैन । तसर्थ, सिरिफ कांग्रेस भएर सहीलाई सही र गलतलाई गलत भन्दै बाटो विराएको क्षणलाई पनि ‘ट्रयाक इन’ गर्ने गरी आलोचनात्मक चेतको विकास गर्न जरुरी छ । व्यक्तिगत स्वार्थका लागि ‘हँ मा हँ’ मिलाएर अन्धभक्त भइरहने कि पार्टी बनाउने अवसरलाई ‘क्यास’ गर्न युवा नेतृत्व पंक्ति मिलेर ‘सार्थक हस्तक्षेप’का लागि ‘ग्राउण्ड’ बनाउने ? अहिलेको ‘यक्ष प्रश्न’ यही हो । आफ्नो स्वार्थ पूरा नहुँदा ‘बुढा’ नेताहरुलाई सत्तोसराप गर्ने तर स्वार्थ मिल्यो भने ‘भक्तिगान’ गाउने प्रबृत्ति त्याग्न सक्नुपर्दछ । १४औं महाधिवेशनमा वडादेखि केन्द्रैसम्म युवा पंक्तिको सशक्त उपस्थिति हुने अवस्था देखिएकाले कांग्रेसको स्वर्णीम भविष्यका लागि आफू पनि बदलिने र अरुलाई पनि बदल्ने सोचका साथ युवा नेताहरुले फराकिलो दृष्टिकोण र खुला हृदयका साथ ‘पाको पुस्ता’लाई सम्मानपूर्वक विदाई गर्दै नेतृत्व लिने कुरामा आफूलाई अग्रसर गराउनुपर्दछ । ‘म’ नै हुनुपर्छ भन्दा पनि ‘मेरो पुस्ता’को सशक्त उपस्थिति आवश्यक छ भन्ने यथार्थलाई मनन गर्दै पार्टीलाई हित नहुने कुरामा ‘अन्धभक्त’ भएर होइन ‘शालीन विद्रोह’ गरेर आशाको नयाँ क्षितिज उघार्न दृढ संकल्पित हुनुपर्दछ ।


प्रकाशित मिति: शुक्रबार, असार २५, २०७८, १६:३९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
युवा निर्यात कहिले रोकिन्छ सरकार ?
युवा निर्यात कहिले रोकिन्छ सरकार ?
पेचिलो बन्दै गएको नागरिकताको सवाल
पेचिलो बन्दै गएको नागरिकताको सवाल
बाँकेका नवनिर्वाचित जनप्रतिनिधिलाई कांग्रेस बाँके सचिव सन्जुको बधाई
बाँकेका नवनिर्वाचित जनप्रतिनिधिलाई कांग्रेस बाँके सचिव सन्जुको बधाई
Kohalpur nagarpalika narainapur ashoj
rapti-2
निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP