नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिचार
  • गृहपृष्ठ
  • बिचार
  • अल्मलिएको पात्र र बिकृत प्रबृत्तिको हौवा 
अल्मलिएको पात्र र बिकृत प्रबृत्तिको हौवा 
रवि किरण आचार्य
बिहीबार, वैशाख २२, २०७९ रवि किरण आचार्य
अल्मलिएको पात्र र बिकृत प्रबृत्तिको हौवा 

त्यति सजिलो कहाँ हुन्छ र ? मैले सवाल बुझेको छैन तर प्रतिप्रश्न आइहाल्छ । सजिलो केलाई भन्ने म धेरैबेर घोत्लिएँ । तर सकिन अर्थ बुझ्न । त्यक्तिकैमा मनमा थुप्रै कुराहरु खेल्न थाले, मानौं म भित्रै ठूलो खेल मैदान छ । तर, मैले सवाल बुझ्न सकेको छैन, कोशिस नगरेको त पक्कै होइन तथापि सफलता हात लाग्न सकेको छैन । म निरन्तर अभियानमा छु, मेरो आफ्नै तरिका छ, यसमा कसैलाई सवालजवाफ गर्नुपर्ने बाध्यकारी नियम नबनोस् भन्न चाहन्छु । उ बेला हाम्रो संस्कारले हुर्काएको त्यो परिदृश्य अचेल पूर्णताजगी कसो हुँदैन होला र ? बाटोमा रुखबिरुवाबाट झरेका पहेंला पातहरु बजाउँदै अनि कल्कलाउँदो खोलाको सुमधर स्वरले गमबुटको आवाजलाई प्रतिध्वनीको संज्ञात्मक भाव दिन्थ्यो । चुलबुले स्वभाबका हामी घरी के घरी के एक पछि अर्को मानौं कुनै मेलामा दौडिरहेका हुन्थ्यौं । समयक्रमले मानिसलाई बिभिन्न अबस्थाहरुबाट गुजारिरहेको तथ्यलाई नकारात्मक भासबाट सच्याउन जरुरी छ वा छैन, छलफलको बिषय हुनसक्छ ।

इतिहास बिगतको साक्षी हो । तर, अचेल इतिहास बन्ने कुराको सवालजवाफमा कुनै रौनक छैन । छ त केवल बर्तमानको सौदाबाजी मात्र । लाग्छ यो एउटा उदीयमान चरित्र हो, समकालीन समाजको चित्रण गर्ने प्रतिज्ञा पत्र जस्तो । समाज ब्यबस्था अनि त्यस्तै त्यस्तै के के हो के के हामी फलाक्छौं तर सत्य भिन्न हुन्छ । आदर्श मरेको त हुँदैन तर त्यसमा के तुक हुन्थ्यो र ? खाली देखावटी ढाकछोपले लाज पचाउन सिक्ने प्रबृत्तिको रंगमंचमा नाच्न नजान्ने आँगन टेढोको के अर्थ होला र कुन्नि ? थुपै सवालहरुका बाबजुद पनि म जवाफ खोज्ने क्रमबाट बिचलित भएको छैन । जिन्दगीको लामो यात्राको पहिचान बनाएका र बनाउन चाहनेहरु बीचको  तुलनात्मक प्रबृत्तिको अध्ययन किन गर्नुपर्यो भन्दा नि मनले पटक्कै नमान्दा म यो भासमा पनि चित्र कोर्ने जमर्कोबाट कसरी पछि हटुँ र ? एउटा प्रबृत्तिले पाखा लगाएपछि ती कर्मठ हातहरु फैलिने ठाउँको कुनै निसपत्तो छैन । जीवन भर एउटा बिशुद्ध उद्देश्य बोकी हिँड्नेहरु अचेल गुमनाम बसिरहेका छन् । ती योद्धा थिए कि युद्धका सारथी त्यो इतिहासले मूल्यांकन गर्ला । तर, के के मिलेको छैन जस्तो मानौं दालमा चामल मिसाएर बनाएको परिकार खिचडी जस्तो । हामी त्यसको महिमा माघ महिनामा बिशेष मान्दछौं । तर, यहाँ सधैं खिचडी पाकिरहन्छ, रंगी बिरंगी बिभिन्न स्वादमा । यताबाट उता र उताबाट यताको मन्त्रमा जपिन ठिक्क छ अहिले समाज भित्रको एउटा पर्याय अनि ती बिभूषित हुँदै मानौं उच्च ओहदामा आली समान भएका छन् भन्दा कसो अत्युक्ति नहोला र ?

जसले जे गरे नि हुने अतिरन्जित ब्यबस्थाको पयार्यवाची संस्कारले सिकाएको एउटा चरित्र हाबी हुँदा इमान्दारहरुको यहाँ कुनै गुञ्जायस छैन । जसोतसो मामुली ब्यबहार चलाइरहेकाहरुको गुन्जायसमा आँच आउने गरी क्षणिक हौवा फैलाएर जबर्जस्त दिग्भ्रमित पारी भद्धा मजाक गर्नेहरु अचेल छरपष्ट देखिन्छन् । किन किन कच्चा आदर्शको खोल ओढी सच्चरित्रबादी बन्ने प्रबृत्ति हावी भएको देख्दा लाग्छ यी निकम्मा त हुन् तर निकम्मित हुन चाहँदैनन् बरु सौदाबाजीमै रहर मिसाउँछन् । बडो बिचित्र लाग्छ, हिजो सर्बत्र नाङ्गिएका हरु अचेल छमछमी नाच्छन् अनि लयमा गाउँछन् । साधन र साध्य फरक कुरा हुन् वा के हुन् मैले छुट्याउन नसक्ने भएँ । एनकेन प्रकारेन सैद्धान्तिक सहमति वा बिचलन वा अन्य म रोज्न सक्ने अबस्थामा छैन ।

अधिकार र कर्तब्य एक अर्कामा सहसम्बन्ध राख्दछन् तथापि अधिकारको एकतर्फी रटानले कर्तब्यनिष्ठहरु बिचलित हुँदै जाने बाध्यकारी प्रबृत्ति अचेल मौलाउँदो छ । हामी के गर्छौं वा गर्नुपर्छ भन्ने बिषय कसरी मुखरित हुँदैछ बिश्लेषणत्मक बहसको बिषय बन्नुपर्दछ । अधिकार खोज्दा कर्तब्य पथबाट दिग्भ्रमित हुनेमा प्रशस्त आधारहरु देखिन्छन् । तथापि गलपासो नमान्नेहरु नाटक मन्चन गरी लिस्नो चढ्न छाड्नेवाला छैनन् । प्रायश्चित हुन सिक बरु सिकाउ अरुलाई पनि तर जबर्जस्तीको अहमताबाद स्विकार्य हुनेवाला छैन । बिकृत नजिर बनाउन खोज्नु प्रणाली भित्रको गलत ब्याख्या हो र यसबाट अन्ततगत्वा समग्र परिबेशको चित्रण सहीरुपमा हुन सक्दैन । सामाजिक, सांस्कृतिक, दार्शनिक वा अन्य कुनै पनि मान्यताभित्र यस प्रकारका तिकडम वाज अट्नुहुँदैन भन्ने ध्येयले स्थान लिएको हुनुपर्दछ । यसैका आधारमा समाजको बर्गीकृत स्वरुपलाई सरल र ब्यबहारिक समाज बिकासमा रुपान्तरण गर्न जरुरी छ ।

सूचना र संचारको सही सदुपयोग भन्दा अफवाह फैलाउनेहरु समाजमा सही वा गलत के हुन् बहसको बिषय बन्न नसक्ला तर अपब्याख्याको पनि ब्याख्यात्मक टिप्पणी कसो जरुरी नपर्ला र ? समाजलाई दलदल भासबाट उकास्ने र सचेत बनाउने गतिलो साधनमा अगतिलो खेल खेल्दा भलै खेलाडीहरु त अब्बल वा परिस्कृत त होलान् तर हाम्रो आस्थाको धरोहर नैतिकताको कुनै मूल्यमान्यता रहने छैन । जागृतिको एउटा पाटोले समाजलाई सकारात्मक दिशामा डोर्याउँछ, यसमा कुनै शन्देह छैन तर आर्थिक लाभहानीको चलखेल वा बिशेष बिशेषणयुक्त रजगजको गुपचुप राख्ने प्रबृत्तिको पटाक्षेप नगरी समाज र यसका पात्रहरु सही दिशामा अगाडि बढ्न सक्ने कुरामा शंका उत्पन्न हुनसक्छ । तथापि बिकृत पात्र मौलाउने ठाउँ राख्नुहुँदैन भन्ने कुरामा समाज एक ढिक्का नभई धरै छैन । पात्र र प्रबृत्ति फरक कुरा हुन् । समाजमा पात्रले प्रबृत्तिलाई र प्रबृत्तिले पात्रलाई इंगित गरिरहेको हुन्छ । असल पात्रको सही प्रबृत्ति र खराब पात्रको निच प्रबृत्ति बीचमा द्वन्द भई समाज अग्रसरित भएको देखिन्छ । खराब पात्रलाई काखी च्याप्नेहरु बहादुरीको तक्मा पाई भ्याउँछन् भने खराब चरित्र आफैंमा मौलाउँदै जान्छ । यिनीहरु फगत बहस, पैरबीमा समाजलाई धुमिल्याइरहेका हुन्छन् । उन्मुक्तिको टिकट टाँसेर शुद्ध हुन खोज्ने प्रबृत्ति कहिलेसम्म होला कुन्नि ? मैले यी सबै सवालहरुको जवाफ खोज्ने जमर्को गरिरहेको छु र यसैमा अल्मलिरहेको पनि तर बिकृत प्रबृत्तिको हौवा पिट्नेहरु पिटिरहेका छन् र हुनेछन् ।

मोबाइल नम्बरः९८४७८२४९१७

[email protected]


प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  ०९:२२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राता ढुङ्गा....
राता ढुङ्गा....
सामाजिक रूपान्तरणमा महिलाको भूमिका
सामाजिक रूपान्तरणमा महिलाको भूमिका
विश्व रेडियो दिवसको पूर्व सन्ध्यामा रेडियोका कुरा
विश्व रेडियो दिवसको पूर्व सन्ध्यामा रेडियोका कुरा
युवा दिवसः सान्दर्भिकता र महत्व
युवा दिवसः सान्दर्भिकता र महत्व
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP