Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • स्मार्ट लाइसेन्स छाप्नका लागि आह्वान गरेको बोलपत्र प्रकृयामा चलखेल
स्मार्ट लाइसेन्स छाप्नका लागि आह्वान गरेको बोलपत्र प्रकृयामा चलखेल
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, कात्तिक २३, २०७७ बागेश्वरी पोस्ट
स्मार्ट लाइसेन्स छाप्नका लागि आह्वान गरेको बोलपत्र प्रकृयामा चलखेल

नेपालगन्ज । यातायात व्यवस्था विभागले विद्युतीय सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छाप्नका लागि आह्वान गरेको बोलपत्र प्रकृयामा चलखेल गरेको छ । स्मार्ट लाइसेन्स छपाइका लागि बोलपत्र मूल्यांकन गरी कम्पनी छनौटको काम २ महिना सम्म पनि नटुंग्याएर विभागले चलखेल गरेको हो । 

१४ लाख थान स्मार्ट लाइसेन्सको छपाईका लागि असार २९ गते  आह्वान गरेको ग्लोबल टेन्डरमा बोलपत्र पेश गर्ने अन्तिम मिति भदौ ३० गते सकिएको थियो । 

जसमा मद्रास सेक्युरिटी प्रिन्टर्स, सेल्प एसएसए र आइरेस गरी ३ वटा कम्पनीले बोलपत्र पेश गरेका छन् । टेन्डरको छनौट गर्न गठित समितिले तीनवटै कम्पनीले उपलब्ध गराउने लाइसेन्सको नमुना छपाइ परीक्षण समेत गरिसकेको छ । तर, टेन्डरको अन्तिम म्याद सकिएको २ महिना बितिसक्दा पनि कुनै पनि कम्पनीलाई एलओआई (लेटर अफ इन्डेन्ड) दिएको छैन ।

बोलपत्र पेश गरेकामध्ये मद्रास सेक्युरिटी प्रिन्टर्स भारतीय कम्पनी हो । यो कम्पनीले अघिल्लो ३ पटकसम्मको स्मार्ट लाइसेन्स छपाइको जिम्मेवारी पाएको थियो । सेल्प फ्रान्सेली कम्पनी हो भने आइरेस मलेसियन कम्पनी हो । सो प्रक्रियामा मद्रास सेक्युरिटी प्रिन्टर्सले १.०१ डलर प्रतिकार्डको दरमा छपाई गर्ने जनाएको छ । त्यस्तै, सेल्पले एउटा कार्डको ०.८० डलर तथा आइरेसले ०.५९ डलरमा छपाई गर्नेगरी बोलपत्र पेश गरेका छन् । 

यसअघि ३ पटकसम्म खरिद गरिसकेको अनुभव भएको कारणले यो बोलपत्रकर्ता र बोलपत्रदाताको लागि समेत यस्तो टेन्डर प्रक्रिया अभ्यस्त भइसकेको छ । तर, कागजात अध्ययनको नाममा २ महिनासम्म पनि प्रक्रिया नटुंयाउनु भनेको चलखेलका लागि भएको विभागकै कर्मचारीको भनाई छ । 

‘सामान्यतया पूर्वयोग्यता पुगेका र प्राविधिक रुपमा सक्षम देखिएको अवस्थामा सबैभन्दा कम आवेदन गर्ने पहिलो कम्पनी ९एल–१० लाई अवार्ड गर्नुपर्ने प्रावधान छ’,  उनी भन्छन्, ‘तर, मूल्यांकन प्रक्रिया अनावश्यक रुपमा लम्ब्याइनु भनेको चलखेलकै लागि हो ।’ 

यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमाल बोलपत्रदाता कम्पनीहरुले पेश गरेको कागजातहरु अध्ययन गर्न समय लागेकोले प्रक्रिया लम्बिएको बताउँछन् । ‘टेन्डर प्रक्रिया मूल्यांकनको चरणमा छ, त्यसैले के हुँदैछ भन्ने त मलाई पनि थाहा हुँदैन । ३ वटा कम्पनीको आवेदन परेको छ । धेरै डकुमेन्ट अध्ययन गर्नुपर्ने भएकोले समय लागेको हो’ हमालले भने ।

तर हमालले जे सुकै बाहना बनाएपनि उनले भनेजस्तो धेरै डकुमेन्ट अध्ययन गर्नुपर्ने भएकोले समय लागेको होइन । किनकी एक त विभागले नै तीन तीन पटकसम्म यस्तो टेण्डर प्रकृया टुंग्याएर काम गरिसकेको छ । अर्कोतर्फ  विद्युतीय पासपोर्टजस्तो जटिल टेन्डरको प्रक्रिया पनि बोलपत्र आह्यान गरेको एक सातामै टुंगो लगाइएको थियो । असोज २९ गते बोलपत्र पेश गर्ने अन्तिम मिति रहेकोका कात्तिक ५ गते फ्रान्सको आइडेमिया कम्पनीलाई एलओआई दिइएको थियो । 

तर यो विद्युतीय लाइसेन्सको टेन्डर प्रक्रिया अरु अन्तर्राष्ट्रिय बोलपत्रजस्तो जटिल प्रक्रिया पनि नभएको जानकारहरुको भनाइ छ । 


प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०७७  १८:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
एथर नेपालको १५औँ 'एक्सपेरियन्स सेन्टर' नेपालगन्जमा
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
नेपालगञ्जमा 'अन्तरपुस्ता वित्तीय सुधारसम्बन्धी परामर्श कार्यशाला’ सम्पन्न
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
HONOR X7e को नेपाली बजारमा इन्ट्री, ५० मेगापिक्सेल क्यामेरा र ७,५०० एमएएच ब्याट्री
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
नेपालगञ्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यद्वारा सपथ र पदभार ग्रहण
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP