prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • लक्ष्मी माविको ६३औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न
लक्ष्मी माविको ६३औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न
banijya office
बागेश्वरी पोस्ट
सोमबार, पुस १८, २०७९ बागेश्वरी पोस्ट
लक्ष्मी माविको ६३औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मदुईस्थित लक्ष्मी माध्यमिक विद्यालयको ६३औं वार्षिक उत्सव तथा अभिभावक भेला आइतबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अथिति तथा राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । अध्यक्ष पौडेलले लक्ष्मी मावि नमुना विद्यालयको रूपमा रहेको र विद्यालयबाट थुप्रै जनशक्ति उत्पादन भएको बताए ।

nepalgunj 081-082

पुरानो इतिहास बोकेको विद्यालय भएकोले विद्यालयको विकासका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा विद्यालयका सल्लाहकार प्रेमबहादुर भण्डारीले विविध आरोह अवरोह पार गर्दै विद्यालयले ६३औं वार्षिक उत्सव मनाउनु सफलता भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरूमा विद्यालयको विकासमा आफ्नो सदैव साथ र सहयोग रहने बताए । कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारूले लक्ष्मी माविले प्राविधिक धार तर्फको पढाई समेत सुरु गरेका कारण प्राविधिक शिक्षा अध्ययन गर्न टाढा जानुपर्ने समस्या टरेको बताइन् ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मण प्रसाद आचार्यले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७८०७९ को ३ करोड ५२ लाख ८७ हजार ५ सय ८९ रुपैयाँ बराबरको आय व्यय प्रस्तुत गरेका थिए । कार्यक्रममा अनुशासनतर्फ कक्षा ६ की छात्रा स्वेता केसी उत्कृष्ट, अभिभावक धन बहादुर खत्री र उत्कृष्ट शिक्षक यमबहादुर वलीलाई सम्मानसहित पुरस्कृत गरिएको थियो । 

त्यस्तै विद्यालयको विकासमा योगदान पुर्‍याउने अशोक सामुदायिक वन उपभोक्ता समूह, जय दुर्गा भवानी सामुदायिक वन उपभोक्ता समुहलाई सम्मान गरिएको छ । त्यस्तै पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष भिम बहादुर राना, रामदास थारु, पूर्व विद्यालय व्यवस्थापन समिति सदस्य भुपेन्द्र बहादुर वली, संस्थापक सदस्य केशवराज पौडेल, संस्थापक प्रेम बहादुर भन्डारी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेललाई सम्मान गरिएको छ । त्यस्तै एसइई २०७८ मा उत्कृष्ट हुने प्राविधिकतर्फ दुर्गा देवकोटा र साधारणतर्फ विनोद थारु र कक्षा १२ मा उत्कृष्ट हुने शर्मिला वलीलाई सम्मान गरिएको थियो ।

त्यस्तै राष्ट्रिय खेलकुद प्रतियोगितामा ज्याब्लिन थ्रोमा तेस्रो स्थान प्राप्त गर्ने सुमिना योगी, प्रदेश खेलकुद प्रतियोगितामा सहभागी त्रिपल जम्पतर्फ दोस्रो स्थान प्राप्त गरेकी सुरक्षा थारु, भलिबलमा सहभागी दिपा थारु, गंगा पुन मगर, सिर्जना सुनार, सुमिना योगी र रविन्द्र चौधरीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले पिटी नृत्य तथा विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समिति कार्यवाहक अध्यक्ष भुपेन्द्र बहादुर वलीको सभापतित्वमा भएको कार्यक्रममा राप्तीसोनारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर खत्री, विद्यालयका पूर्व अध्यक्ष केशवराज पौडेल, राप्तीसोनारी गाउँपालिका कार्यपालिका सदस्य केशव परियार, लक्ष्मी बहुमुखी क्याम्पस मदुईकी क्याम्पस प्रमुख विमला आचार्य, राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ का निवर्तमान वडाध्यक्ष मदन वली, नेपाली काँग्रेस राप्तीसोनारीका सभापति भिम राना, पूर्व अध्यक्ष तथा सल्लाहकार रामदास थारु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, सामुदायिक वनका प्रतिनिधिहरु, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  १४:२३
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालिका शैक्षिक सहयोग कार्यक्रमको समिक्षा
बालिका शैक्षिक सहयोग कार्यक्रमको समिक्षा
चर्चामा चार जिपिए ल्याएकी सृजना र बिभिएम स्कुल !
चर्चामा चार जिपिए ल्याएकी सृजना र बिभिएम स्कुल !
एसईईको नतिजा सार्वजनिक
एसईईको नतिजा सार्वजनिक
उच्च शिक्षामा प्रोत्साहन गर्न डुडुवामा एसईई उत्तीर्ण छात्रालाई साइकल वितरण
उच्च शिक्षामा प्रोत्साहन गर्न डुडुवामा एसईई उत्तीर्ण छात्रालाई साइकल वितरण
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP