नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालगन्जमा क्रिकेट मैदानको अभावले खेलाडीहरुको हरिबिजोग
नेपालगन्जमा क्रिकेट मैदानको अभावले खेलाडीहरुको हरिबिजोग
बागेश्वरी पोस्ट
सोमबार, फागुन ८, २०७९ बागेश्वरी पोस्ट
नेपालगन्जमा क्रिकेट मैदानको अभावले खेलाडीहरुको हरिबिजोग

नेपालगन्ज । कुनै एक जमाना नेपाली राष्ट्रिय  क्रिकेट टोलीमा खचाखच भरिएका खेलाडीहरुले चिनाउने शहर नेपालगन्जमा अहिले क्रिकेट मैदानको अभावले खेल सञ्चालन प्रभावित हुँदै आएको छ । भनौं अहिले मैदान अभावले खेलाडीहरुको हरिबिजोग नै भएको छ ।

नेपालगन्जका खेलाडीहरुले समय समयमा उत्कृष्ट प्रदर्शन गरेर आफ्नो प्रतिभा देखाए पनि क्रिकेट मैदानको अभावले खेलाडीहरुको मनोबलनै कमजोर बन्दै गएको देखिन्छ ।

पश्चिम नेपालकै केन्द्रबिन्दु नेपालगन्जमै एउटा छुट्टै क्रिकेट मैदानसम्म नहुँदा लामो समयदेखि यहाँ विभिन्न प्रतियोगिता गर्न तथा खेल अभ्यास गर्न खेलाडीहरूलाई समस्या हुँदै आएको हो । उपमहानगरभित्र क्रिकेट मैदान नहुँदा यहाँका खेलाडीले वर्षौँदेखि मंगलप्रसाद माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता र अभ्यास गर्दै आएका छन् ।

तर, सो विद्यालयले पनि बेला बेलामा मैदान प्रयोग गर्न नदिँदा प्रतियोगिता नै रद्द गर्नु परेको बाँके जिल्ला क्रिकेट सङ्घका पूर्व अध्यक्ष राम टण्डन गुनासो गर्छन् । उनले यति ठुलो शहरमा एउटा क्रिकेट मैदान नहुनु खेलाडी, खेलप्रेमी र सबै नगरवासीका लागि दुःखद भएको बताए ।

धेरै वर्ष अगाडि रङ्गशालामा क्रिकेट खेल हुने गरेको स्मरण गर्दै क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी जावेद सिद्धिकीले पछि रङ्गशालालाई फुटबल र अन्य खेलका लागि प्रयोग गर्न थालिएपछि क्रिकेट खेलाडीको बिचल्ली भएको बताए । उनले मंगलप्रसाद माविका शिक्षकहरूलाई आग्रह गरेर सो विद्यालयको खेल मैदान प्रयोग गर्दै आएपनि बिचबिचमा अवरोध आउँदा खेल सञ्चालनमा समस्या भइरहेको बताए ।

शहरमा क्रिकेट मैदानका लागि धेरै पटक प्रयास र माग गरिए पनि कतैबाट सुनुवाई नभएको क्रिकेटका प्रशिक्षक दीपेन्द्र प्रताप सिंहको भनाई छ । उनले मैदान नहुँदा जेनतेन विद्यालयको खेल मैदानलाई उपयोग गर्नु परेको बताए ।

खेल मैदानकै अभावका कारण अहिले यहाँ सञ्चालन भइरहेको नेपालगञ्ज मेयर तथा उप–मेयर कप क्रिकेट प्रतियोगिताका पाँच खेलहरू कोहलपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भएका छन् ।

जारी प्रतियोगिताका खेलहरू नेपालगञ्जस्थित मंगलप्रसाद उच्च माविको खेल मैदानमा भइरहेको थियो । तर, विद्यालय स्तरको रनिङ शिल्ड प्रतियोगिता तयारीको लागि मंगलप्रसाद उच्च माविले मैदान आवश्यक परेको भन्दै केही दिन प्रतियोगिता अन्यत्र गर्न अनुरोध गरेपछि सार्नु परेको बाँके जिल्ला क्रिकेट सङ्घका उपाध्यक्ष सुफियान खानले बताए । उनले मैदान खालि नहुँदासम्म खेल सञ्चालनमा समस्या हुने पनि बताए ।

ठूला प्रतियोगिता गर्नका लागि कोहलपुरको क्रिकेट मैदानलाई उपयोग गरिएपनि नगरस्तरीय प्रतियोगिता र खेल अभ्यासका लागि तत्काल नेपालगन्जमा एक क्रिकेट मैदानको आवश्यकता रहेको खेलाडीहरूको भनाई छ । अभ्यास गर्ने क्रिकेट मैदानकै अभाव भएकै कारण बर्तमान समयमा नेपालगन्जबाट खेलाडीहरु नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पर्न नसक्नुको मुख्य कारण समेत रहेको पाइएको छ । 


प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १२:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप
खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप
नेपालगञ्जमा प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता हुँदै
नेपालगञ्जमा प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता हुँदै
नेपालगञ्जमा भेट्रान फुटसल प्रतियोगिता हुँदै
नेपालगञ्जमा भेट्रान फुटसल प्रतियोगिता हुँदै
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP