Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • मेयर तथा उपमेयर कप क्रिकेटमा ज्योती स्पोर्ट्स र नेपालगञ्ज मोडेल विजेता
मेयर तथा उपमेयर कप क्रिकेटमा ज्योती स्पोर्ट्स र नेपालगञ्ज मोडेल विजेता
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन १३, २०७९ बागेश्वरी पोस्ट
मेयर तथा उपमेयर कप क्रिकेटमा ज्योती स्पोर्ट्स र नेपालगञ्ज मोडेल विजेता

नेपालगञ्ज । ज्योती स्पोर्ट्स एकेडेमी (ए) र नेपालगञ्ज मोडेल एकेडेमी नेपालगञ्ज मेयर कप पुरुष तथा उप–मेयर कप महिला क्रिकेट प्रतियोगिताको विजेता बनेका छन् । 

नेपालगञ्जमा आज भएको पुरुषतर्फको खेलमा ज्योती स्पोर्ट्स एकेडेमी (ए) ले भेरी रकर्सलाई ७७ रनले पराजित गरेको छ । महिलातर्फको फाइनलमा नेपालगञ्ज मोडेल एकेडेमीले होलिल्याण्ड स्कुललाई ७ विकेटले हरायो ।

मंगलप्रसाद उच्च माविको खेल मैदानमा टस हारेर ब्याटिङ गरेको ज्योती स्पोर्ट्स एकेडेमीले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ७९ रन बनाएको थियो । टोलीका लागि ओपनर प्रनित थापा मगरले सर्वाधिक ५६ रन, रोहन केसीले २७ रन, अमरसिंह राउटेलाले १८ रन बनाए ।  भेरी रकर्सका रोशनकुमार साहुले ३ विकेट, सुरज दास र सोम शर्माले २–२ विकेट लिए । 
जवाफमा भेरी रकर्सले १६ ओभरमा ९ विकेटको नोक्सानीमा १ सय २ रन प्राप्त गरेको छ । टोलीका लागि सद्धाव अन्सारीले ३६ रन र हसिब अन्सारीले १५ रन बनाए । ज्योतीका अमर सिंहले ३ विकेट, सुनिल सुनार, सिद्धान्तराज शाही र गौतम कनोजियाले २–२ विकेट लिए । फाइनलमा ज्योतीका प्रनित थापा मगर प्लेयर अफ द फाइनलबाट पुरस्कृत भए । 

यसैगरी महिलातर्फको खेलमा सुरुवातमा ब्याटिङ गरेको होलिल्याण्डले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ४२ रन बनाएको थियो । टोलीका लागि एलिना बर्माले ५० रन र गायत्री कश्यपले २४ रन बनाइन् । नेपालगञ्ज मोडेलकी चमेली चौधरीले सर्वाधिक ४ विकेट र नेरी थापाले २ विकेट लिइन् । 

जवाफमा नेपालगञ्ज मोडेलले १३.४ ओभरमा ३ विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । होलिल्याण्डकी यमुना थारुले २ विकेट लिइन् ।  नेरी थापा प्लेयर अफ द म्याचबाट पुरस्कृत भइन् । 

प्रतियोगितामा पुरुषतर्फ भेरी रकर्सका साहिद अन्सारी प्लेयर अफ द टुर्नामेन्ट, भेरीकै सुरज दास उत्कृष्ट बलर, भेरीकै सद्धाव अन्सारी उत्कृष्ट ब्याट्सम्यान, ज्योती स्पोर्ट्स एकेडेमी (बी) का ज्ञानेन्द्र रोकाय उत्कृष्ट फिल्डर, मंगल प्रसाद उच्च माविका करण बानिया उदियमान खेलाडीको रुपमा पुरस्कृत भए । 

यसैगरी महिलातर्फ नेपालगञ्ज मोडेलकी चमेली चौधरी प्लेयर अफ द टुर्नामेन्ट, उत्कृष्ट बलर पनि चमेली, होलिल्याण्डकी जिज्ञासा थापा उत्कृष्ट ब्याट्स वुमन, वेस्ट फिल्डर पनि जिज्ञासा, मंगलकी निरुता सत्यालले राइजिङ प्लेयरको पुरस्कार प्राप्त गरिन् । 

विजयी खेलाडीलाई नेपालगञ्ज उप–महानगरपालिका नगर प्रमुख प्रशान्त विष्ट, बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष सरोवर प्रसाई, प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला क्रिकेट संघका उपाध्यक्ष सुफियान पठान खान, बाँके जिल्ला ट्राफिक कार्यालय प्रमुख हिमालय शाह लगायतले पुरस्कृत गरे ।

बाँके जिल्ला क्रिकेट संघको आयोजना र नेपालगञ्ज उप–महानगरपालिको आर्थिक सहयाग गरेको प्रतियोगितामा मेयर (पुरुष) तर्फ २२ र उपमेयर (महिला) तर्फ ६ टिमको सहभागिता रहेको थियो । 

प्रतियोगिताको पुरुषतर्फको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गरे । त्यसैगरी महिलातर्फको विजेता टिमले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाए । प्रतियोगितामा पुरुष र महिलातर्फको प्लेयर अफ सिरिजले ११ हजार रुपैयाँ र प्रत्येक खेलको प्लेयर अफ म्याच बन्ने खेलाडीले नगद १ हजार पाएका छन् । 


 


प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  २१:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP