नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • पीएनजीले यूएईलाई हरायो, नेपाललाई फाइदा
पीएनजीले यूएईलाई हरायो, नेपाललाई फाइदा
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन २६, २०७९ बागेश्वरी पोस्ट
पीएनजीले यूएईलाई हरायो, नेपाललाई फाइदा

नेपालगन्ज । आईसीसी  लिग २ को अन्तिम त्रिकोणात्मक क्रिकेट श्रृंखला अन्तर्गतको पहिलो खेलमा आज पपुवा न्यूगिनी (पीएनज) सँग युनाइटेड अरब इमिरेट्स( यूएई ) पराजित भएको छ । 

यो खेलमा  पीएनजीसँग पराजित भएसँगै यूएई  सिधै विश्वकप छनोट खेल्नबाट बन्चित बनेको छ । अब विश्वकप छनोटका लागि यूएईले प्लेअफ खेल्नु पर्नेछ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा पीएनजी ५६ रनले विजयी भयो ।  पीएनजीले दिएको २ सय ४७ रनको लक्ष्य पछ्याएको यूएईले ४२ ओभर २ बलमा मात्र १ सय ९० रनमा अलआउट भयो ।

त्यसअघि पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४६ रन बनाएको हो । 

नेपाललाई विश्वकप छनोट खेल्ने सबैभन्दा ठूलो अवसर छ । घरेलु मैदान र घरेलु दर्शकको साथले गर्दा बलियो देखिएको नेपालले सबै चार खेल जित्ने हो भने विश्वकप छनोट खेल्नेछ । १२ औं खेलाडीका रुपमा दर्शकलाई लिने गरिन्छ । र, एसोसिएट राष्ट्रमा सबैभन्दा बढी दर्शक भएको देश नेपाल नै हो । नेपाललाई यो भन्दा बढी अवसर कुनै पनि हुनै सक्दैन । 

यूएईलाई भने निकै नै कठिनाई भएको छ । यूएई पीएनजीसँग पराजित भएसँगै विश्वकप छनोट सिधै खेल्ने अवसर त गुमाएको छ नै अब कम्तीमा दुई खेल नजित्ने हो भने एक दिवसीय मान्यता पनि गुमाउने खतरा छ । त्यो पनि फराकिलो अन्तरले जित्नुपर्नेछ ।

यूएई पीएनजीसँग पराजित भएसँगै उसको मनोबल खस्किँदा त्यसको फाइदा नेपाललाई हुनेछ । नेपालले अब खेल्न बाँकी सबै खेल जित्ना साथ सिधै विश्वकप छनोट खेल्न पाउनेछ । 

सात राष्ट्रमध्ये पुछारका तीन टिम बाहेक सबैले आफ्नो सबै खेल खेलेका छन् । शीर्ष स्थानको स्कटल्याण्ड ३६ खेलबाट ५० अंकसहित च्याम्पियन बनिसकेको छ । ४४ अंकबाट दोस्रो स्थानको ओमान पनि विश्वकप छनोटमा सुरक्षित भैसकेको छ । 

तेस्रो स्थानको नामिबियाको ३९ अंक छ । चौथो स्थानको अमेरिकाको ३५ अंक छ । 

पाँचौं स्थानको नेपालको ३३ खेलबाट ३४ अंक छ । यूएईको ३३ खेलबाट ३१ अंक छ भने पीएनजीको ३४ खेलबाट ११ अंक छ । 

नेपालले अबका बाँकी तनि खेल जित्दा ४० अंक हुनेछ र तेस्रो स्थानमा रहेर जिम्बावेमा हुने छनोट खेल्नेछ । यदि मौसमका कारण कुनै एक खेलमा बराबरी गरी अंक बाँडेर बाँकी सबै खेल जित्यो भने रन रेटमा नामिबिया भन्दा माथि हुनुपर्नेछ । अन्यथा कुनै एक खेल हार्नासाथ विश्वकप छनोटमा सिधै खेल्ने अवसरबाट बाहिरिनेछ । 

त्यस्तै यूएईले पनि अबका बाँकी खेल जितेमात्रै एक दिवसीय मान्यता जोगाउने छ । यूएई सिधै विश्वकप छनोट खेल्न भने नपाउने भएको छ । 

शीर्ष पाँचमा रहने टिममात्र एक दिवसीयमा रहन पाउने भएकाले यूएई निकै दबाबमा छ । पुछारका दुई टिम बाहिरिने छन् । यसका लागि भने अब नेपालले एक खेल जितेमात्र पनि पुग्नेछ । नेपालले आइतबार यूएईसँग खेल्दैछ ।

 


प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १७:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फिफा विश्वकप २०२६: अन्तिम १६ को समीकरण पूरा
फिफा विश्वकप २०२६: अन्तिम १६ को समीकरण पूरा
नेपालगञ्जमा व्यवसायी–पत्रकारबीच भएको मैत्रीपूर्ण फुटसल बराबरी
नेपालगञ्जमा व्यवसायी–पत्रकारबीच भएको मैत्रीपूर्ण फुटसल बराबरी
विश्वकप २०२६:  ब्राजिल समूह 'सी' को विजेता, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६: ब्राजिल समूह 'सी' को विजेता, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP