नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, मंसिर २७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • मलेसियाले नेपाललाई दियो २३६ रनको लक्ष
मलेसियाले नेपाललाई दियो २३६ रनको लक्ष
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख ५, २०८० बागेश्वरी पोस्ट
मलेसियाले नेपाललाई दियो २३६ रनको लक्ष

नेपालगन्ज । काठमाडौंमा शुरु भएको एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको पहिलो खेल विजयका लागि नेपालले २३६ रनको चुनौती पछ्याउँदैछ ।

त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा भइरहेको खेलमा मलेसियाले दिएको चुनौती नेपालले पछ्याउँदै गरेको हो । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनायो । 

मलेसियाले शुरुआतमा उत्कृष्ट ब्याटिङ गरेसँगै नेपाली बलरले सफलता हासिल गर्न सकेका थिएनन् । तर पछिल्लो क्रममा भने ब्याट्सम्यानहरु टिक्न नसकेपछि मलेसिया २३५ रनमै समेटियो । 

मलेसियाका लागि कप्तान अहमद फैजले ७६ रन जोडे । विरनदीप सिंहले ४६ रन जोडे । दुवैबीच दोस्रो विकेटका लागि ११६ रनको साझेदारी भएको थियो । 

त्यस्तै खिजर हायातले २२ तथा सयाजरुल इद्रुसले १३ बलमा २१ रन बनाए । नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ३–३ विकेट लिए । 

त्यस्तै ललित राजवंशीले २ तथा गुल्सन झाले १ विकेट लिए ।  नेपाली टिममा अनुभवी खेलाडीहरु ज्ञानेन्द्र मल्ल र करण केसी बेन्चमा रहेका छन् । 

सो खेलको समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन् । समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् । 

समूह बी को खेलमा अहिले हङकङ र सिंगापुर खेलिरहेका छन् । यो खेल मूलपानीको मैदानमा भइरहेको छ । विजयका लागि हङकङले १७५ रनको चुनौती पछ्याउँदै छ । खेलमा टस हारेर सिंगापुरले पहिले ब्याटिङ गर्दै ४२।१ ओभरमा सबै विकेट गुमाएर १७४ रनमात्र बनायो ।  

नेपालले दोस्रो खेल भने ओमानसँग बैशाख ८ मा खेल्नेछ । मूलपानी मैदानमा साउदी अरेबियासँग तेस्रो खेल बैशाख ११ गते खेल्ने नेपालले अन्तिम खेल बैशाख १४ गते कतारसँग खेल्नेछ । 

पहिलो पटक मूलपानी क्रिकेट मैदानले यो स्तरको अन्तर्राष्ट्रिय खेल खेलाउने अवसर पाएको छ । 

सो खेलको सेमिफाइनल बैशाख १६ गते र फाइनल बैशाख १८ गते हुनेछ । प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ।


प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १३:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा नमुनाको रुपमा साइकल लेन निर्माण गर्दैछौं: नगर प्रमुख विष्ट
नेपालगन्जमा नमुनाको रुपमा साइकल लेन निर्माण गर्दैछौं: नगर प्रमुख विष्ट
खजुरामा आठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु 
खजुरामा आठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु 
लुम्बिनी लायन्स एनपीएलको फाइनलमा
लुम्बिनी लायन्स एनपीएलको फाइनलमा
मंगल प्रसाद माविमा खेलकुद सप्ताह सुरु
मंगल प्रसाद माविमा खेलकुद सप्ताह सुरु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP