prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • एसिसी प्रिमियर कप: नेपालले पहिलो खेलमै मलेसियालाई ६ विकेटले हरायो
एसिसी प्रिमियर कप: नेपालले पहिलो खेलमै मलेसियालाई ६ विकेटले हरायो
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख ५, २०८० बागेश्वरी पोस्ट
एसिसी प्रिमियर कप: नेपालले पहिलो खेलमै मलेसियालाई ६ विकेटले हरायो

नेपालगन्ज । काठमाडौंमा आजदेखि सुरु भएको एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमै विजयी बनेको छ । नेपालले आज भएको पहिलो खेलमा मलेसियामाथि उत्कृष्ट प्रदर्शन गरेको हो। नेपाल ६ विकेटले विजयी भयो । 

त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा भएको खेलमा मलेसियाले दिएको २३६ रनको चुनौती नेपालले ३६.२ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्यो । 

नेपालका लागि भीम सार्कीले संयमित तथा कुशल मल्लले आक्रामक खेल खेले । भीमले ९८ बलमा ७१ रन जोडे । सो क्रममा उनले ५ चौका प्रहार गरे । कुशलले भने ४० बलमा अविजित रहँदै ५ छक्का र ५ चौकाको मद्धतले ७० रन जोडे । 

दिपेन्द्र सिंह ऐरीले ३ बलमा ५ रन बनाएर अविजित रहे । नेपालले १० रन अतिरिक्तका रुपमा पाएको थियो । 

यसअघि कप्तान रोहित पौडेलले ४३ बलमा ४२ तथा कुशल भुर्तेलले ३१ बलमा ३८ रन बनाए । आसिफ शेख भने १ रनमा आउट भए । 

मलेसियाको इनिङ्स

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनायो । 

मलेसियाले शुरुआतमा उत्कृष्ट ब्याटिङ गरेसँगै नेपाली बलरले सफलता हासिल गर्न सकेका थिएनन् । तर, पछिल्लो क्रममा भने ब्याट्सम्यानहरु टिक्न नसकेपछि मलेसिया २३५ रनमै समेटियो । 

मलेसियाका लागि कप्तान अहमद फैजले ७६ रन जोडे । विरनदीप सिंहले ४६ रन जोडे । दुवैबीच दोस्रो विकेटका लागि ११६ रनको साझेदारी भएको थियो । 

त्यस्तै खिजर हायातले २२ तथा सयाजरुल इद्रुसले १३ बलमा २१ रन बनाए । नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ३–३ विकेट लिए । 

त्यस्तै ललित राजवंशीले २ तथा गुल्सन झाले १ विकेट लिए ।  

नेपाली टिममा अनुभवी खेलाडीहरु ज्ञानेन्द्र मल्ल र करण केसी बेन्चमा रहे । 

सो खेलको समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन् । समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् । 

समूह बी को खेलमा हङकङले सिंगापुरलाई ८ विकेटले हराएको छ । यो खेल मूलपानीको मैदानमा भएको हो । विजयका लागि हङकङले १७५ रनको चुनौती पछ्याएकामा ३३ ओभरमै २ विकेट गुमाएर पूरा गर्यो । बाबर हायातले ९२ बलमा अविजित रहँदै १०८ रन बनाए । 

खेलमा टस हारेर सिंगापुरले पहिले ब्याटिङ गर्दै ४२।१ ओभरमा सबै विकेट गुमाएर १७४ रनमात्र बनायो ।  

नेपालले दोस्रो खेल ओमानसँग बैशाख ८ मा खेल्नेछ । मूलपानी मैदानमा साउदी अरेबियासँग तेस्रो खेल बैशाख ११ गते खेल्ने नेपालले अन्तिम खेल बैशाख १४ गते कतारसँग खेल्नेछ। 

पहिलो पटक मूलपानी क्रिकेट मैदानले यो स्तरको अन्तर्राष्ट्रिय खेल खेलाउने अवसर पाएको छ । 

सो खेलको सेमिफाइनल बैशाख १६ गते र फाइनल बैशाख १८ गते हुनेछ । प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ ।

भारत र पाकिस्तानसँग खेल्ने नेपालको लक्ष्य

यो खेलको विजेताले सेप्टेम्बरमा भारत र पाकिस्तान जस्ता टिमसँग एसिया कपमा खेल्ने भएकाले नेपालका लागि निकै नै चुनौतीपूर्ण र राम्रो अवसर दुवै रहेको छ । नेपालले विश्वकप लिग २ मा पछिल्लो समय गरेको सनसनीपूर्ण प्रदर्शनलाई निरन्तरता राख्ने हो भने एसिया कपमा छानिन सक्छ । 

नेपाललाई यसपालि घरेलु मैदानको पनि साथ रहेको छ । त्यसैले पनि खेलअघि कप्तान रोहित पौडेलले सोमबार एसीसी प्रिमियर कप जित्दै एसिया कपमा खेल्ने नेपालको लक्ष्य रहेको बताएका छन् । 

रोहितको कप्तानीमा नेपालले पछिल्लो समय चामत्कारिक प्रदर्शन गर्दै आइरहेको छ । यदि रोहितले देखेको सपना साकार भयो भने नेपालले छिमेकी भारत र पाकिस्तानजस्ता राष्ट्रसँग खेल्ने सपना पूरा हुनेछ । 

फेरि संयोग पनि मिलेको छ कि यसपालि प्रिमियर कप विजेताले एसिया कपमा भारत र पाकिस्तानको समूहमा रहेर खेल्न पाउने छ । नेपालले वर्षौंदेखि देखेको सपना यसपालि पूरा हुने निकै ठूलो अवसर छ । 

नेपाल सन् २०१८ मा एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेपछि भारत र पाकिस्तानसँग खेल्ने सपना खेलाडीहरुले देखिसकेका छन् । त्यो यसपालि पूरा हुन सक्छ । 

मोन्टी फ्याक्टर असर

भारतीय प्रशिक्षक मोन्टि देसाई यतिबेला नेपालका मूख्य प्रशिक्षक छन् । उनको आगमनसँगै नेपालले चामत्कारिक प्रदर्शन गरेको छ । 

विश्वकप लिग २ मा नेपालले गत दुई महिनामा खेलेका १२ मध्ये ११ खेल जितेर विश्वकप छनोटको यात्रा तय गरिसकेको छ । नेपालले एक खेल मात्र हार्दा पनि विश्वकप छनोटमा सिधै छानिन सक्ने थिएन । तीन खेल हारेको भए विश्वकप एक दिवसीयको मान्यता गुमाउने थियो। 

सन् २०२३ नेपालका लागि निकै नै महत्वपूर्ण र फलदायी बनेर आएको छ । अब बस् नेपालले घरेलु मैदानमा यही एसीसी कप जित्ने हो भने अर्को सफलता पनि पूरा हुने थियो । 

घरेलु मैदानमा खेलेका सबै ८ खेल जितेकाले पनि नेपाललाई प्रिमियर कपको बलियो दाबेदारका रुपमा हेरिएको छ । 

जसरी मोन्टिले खेलाडीहरुको मनोबल उच्च बनाउने काम गरेर नेपाललाई विश्वकपमा सिधै छनोट गराए त्यसरी नै नेपालले यो एसीसी कप जित्न कठिन छैन । मोन्टिले हरेर खेलाडीको क्षमता हेरिसकेका छन् । 

त्यसैले पनि मैदानमा दुई तीन खेलाडी नचल्दैमा नेपालले हार्ने अवस्था आउन छोडेको छ । अहिले युवा खेलाडीहरु एकसे एक देखिएका छन् । 

मोन्टिले जसरी ड्रेसिङ रुमलाई वातानुकूलित बनाउन खोजिरहेका छन्, त्यसले मैदानमा पनि खेलाडीबीच राम्रो तालमेल देखाउँछ ।


प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १७:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज १० नाइट रनमा यस वर्ष रिले दौड पनि समावेश
नेपालगन्ज १० नाइट रनमा यस वर्ष रिले दौड पनि समावेश
नेपालगञ्ज नाइट रन अब 'एम्स' मा आबद्ध, अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने नेपालको चौथो दौड
नेपालगञ्ज नाइट रन अब 'एम्स' मा आबद्ध, अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने नेपालको चौथो दौड
नेपालगञ्ज न्यूरोडमा 'गौतम बुद्ध ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टर' सञ्चालन
नेपालगञ्ज न्यूरोडमा 'गौतम बुद्ध ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टर' सञ्चालन
लुम्बिनी प्रदेशको महिला ह्याण्डबल टोली गण्डकी कपका लागि पोखरा प्रस्थान
लुम्बिनी प्रदेशको महिला ह्याण्डबल टोली गण्डकी कपका लागि पोखरा प्रस्थान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP