नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • एसीसी प्रिमियर कप: नेपालले कतारलाई दियो १५८ रनको लक्ष
एसीसी प्रिमियर कप: नेपालले कतारलाई दियो १५८ रनको लक्ष
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख १४, २०८० बागेश्वरी पोस्ट
एसीसी प्रिमियर कप: नेपालले कतारलाई दियो १५८ रनको लक्ष

नेपालगन्ज । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटको समूह 'ए' अन्तिम खेलमा नेपालले कतारलाई १५८ रनको लक्ष्य दिएको छ ।

एसीसी प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले कतारसँग खेलिरहेको छ । कीर्तिपुर मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै लज्जास्पद प्रदर्शन गरेको छ । नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो । 

१११ रन जोड्दा ९ विकेट गुमाइसकेको नेपालका लागि स्पिन बलर सन्दीप लामिछानेले सर्वाधिक ४२ रन बनाए । उनले ५८ बलमा ६ चौकाको मद्धतले उक्त योगफल बनाएका हुन् । 

सन्दीपको यो एक दिवसीय क्रिकेटको सबैभन्दा ठूलो योगफल हो । दशौं विकेटका लागि सबैभन्दा ठूलो साझेदारी भएको थियो । सन्दीप र ललितनारायण राजवंशीबीच ४६ रनको साझेदारी भएको थियो । ललितले १७ बलको सामना गर्दै मात्र १ रन बनाएका थिए । 

कप्तान रोहित पौडेलले २७ तथा आसिफ शेखले १९ रन बनाए । अमिर फारुकले ४ तथा ओवाइस अहमदले ३ विकेट लिए । 

यो खेलको जित हारले नेपाललाई खासै फरक पर्दैन । तर, नेपालले यही खेलमा कीर्तिमान बनाउन सक्ने थियो । समूहको कमजोर टिमविरुद्ध उच्च योगफल बनाउन सक्थ्यो । 

तर, नेपालले त जारी प्रतियोगितामै सबैभन्दा कमजोर ब्याटिङ गर्यो । कीर्तिपुर मैदानमा यही प्रतियोगिताको समूह चरणको खेलमा यूएईले सिंगापुरमाथि कीर्तिमानी रन बनाएको थियो ।  यूएईले एकै इनिङ्समा ४७१ रन बनाएको थियो । र, सिंगापुरले पनि २७० रन बनाएको थियो । 

समग्रमा एकै दिन एकै खेलमा ७४१ रन बनेको थियो । नेपालले घरेलु मैदानमा घरेलु दर्शकलाई भरपूर मनोरञ्जन दिलाउने क्रममा रेकर्ड बनाउने अवसर छ । आजको मौसम पनि राम्रो भएकाले गर्दा नेपाललाई त्यो अवसर छ । 

नेपालका हरेक युवा खेलाडीको ब्याट चल्छ । यदि पहिले ब्याटिङ गर्ने अवसर पाउने हो भने नेपालले उच्च योगफल बनाउन सक्छ । कतार समूह ए को सबैभन्दा कमजोर टिम हो । कतारले एक अंक पनि जोडेको छैन । 

समूह ए बाट सेमिफाइनल पुग्ने दुई टोलीको टुंगो लागिसकेको अवस्थामा यो खेलपछि समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ । 

नेपाल ३ खेलमा २ मा जित र १ खेलमा अंक बाँड्दै ५ अंकका साथ एक खेल अगाबै सेमिफाइनलमा पुगेको थियो । ओमान ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ सेमिफाइनलमा स्थान बनाएको थियो । 

नेपाललाई समूह विजेता बन्न कतारलाई जित्नुपर्छ । कमजोर कतारसँग अप्रत्याशित हार बेहोरे पनि नेपाललाई यो प्रतियोगिताले फरक पर्दैन । 

नेपाल विजयी हुँदा ७ अंकका साथ समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाउनेछ । वर्षा वा कुनै कारण खेलमा अंक बाँडेमा पनि नेपाल समूह विजेता बन्नेछ । अंक बाँड्दा नेपाल र ओमान दुवैको समान ६ अंक हुनेछ । 

नेपाल रनरेटमा अघि रहेर समूह विजेता बन्नेछ । 

१० राष्ट्र सहभागी प्रतियोगितामा पाँच/पाँच राष्ट्रको दुई समूह रहेको छ । हरेक समहका दुई राष्ट्रले शनिबार हुने सेमिफाइनल खेल्नेछन् । 

आजको अर्को खेलमा हङकङ र कुवेत भिडिरहेका छन् । कुवेतले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । कुवेतले पनि शुरुआतमै विकेट गुमाएको छ । 

यो खेलको विजेता सेमिफाइनलमा पुग्नेछ । ६ अंकका साथ यूएई सेमिफाइनलमा पुगिसकेको छ । ५ अंकको हङकङ र ४ अंकको कुवेतको विजेता सेमिफाइनलमा पुग्ने भएको हो । 

आगामी सोमबार फाइनल हुनेछ । उपाधि विजेता टोली एसिया कपमा खेल्न पाउनेछ । एसिया कपमा यो विजेता टोली भारत र पाकिस्तानको समूहमा रहेर खेल्नेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । 

यस्तै शीर्ष तीनमा रहने टोली एसीसी इमर्जिङ कपका लागि छनोट हुनेछन् ।

 

 

 

.

 


प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फिफा विश्वकप २०२६: अन्तिम १६ को समीकरण पूरा
फिफा विश्वकप २०२६: अन्तिम १६ को समीकरण पूरा
नेपालगञ्जमा व्यवसायी–पत्रकारबीच भएको मैत्रीपूर्ण फुटसल बराबरी
नेपालगञ्जमा व्यवसायी–पत्रकारबीच भएको मैत्रीपूर्ण फुटसल बराबरी
विश्वकप २०२६:  ब्राजिल समूह 'सी' को विजेता, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६: ब्राजिल समूह 'सी' को विजेता, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP