prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपाली बलरहरु जसले नेपाललाई एसीसी प्रिमियर कपमा समूहको शिर्ष स्थानमा पुर्याए....
नेपाली बलरहरु जसले नेपाललाई एसीसी प्रिमियर कपमा समूहको शिर्ष स्थानमा पुर्याए....
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख १४, २०८० बागेश्वरी पोस्ट
नेपाली बलरहरु जसले नेपाललाई एसीसी प्रिमियर कपमा समूहको शिर्ष स्थानमा पुर्याए....

नेपालगन्ज ।  एसीसी प्रिमियर कप क्रिकेटको समूह चरणको नेपालको समूह चरणको अन्तिम खेलमा  नेपाली बलरले तहल्का मच्चाउन सफल भएका छन् । उनीहरुको ठुलो योगदानले नेपाललाई समूहको शिर्ष स्थानम पुर्याउन सफल बनेका छन् ।

आज बिहान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको नेपालले खराब प्रदर्शन गर्दै ४०.३ ओभरमा सबै विकेट गुमाएर १५७ रन मात्र बनाएको नेपाललाई ब्याटिङमा समेत बलरहरुले पार लगाएका थिए ।

जितको आशाहिन लक्ष बोकेर कतारको ब्याटिङको सामना गर्न मैदानमा उत्रिएको नेपाललाई पुनः बलरहरुले जबर्जस्त खेल्दै कतारलाई ८९ रनमै अल आउट गर्न सफल भएका छन् ।

नेपालले १११ रन जोड्दा ९ विकेट गुमाइसक्दा स्पिन बलर सन्दीप लामिछानेले खेललाई जोगाई सर्वाधिक ४२ रन बनाए । उनले ५८ बलमा ६ चौकाको मद्धतले उक्त योगफल बनाएका हुन् । 

सन्दीपको यो एक दिवसीय क्रिकेटको सबैभन्दा ठूलो योगफल हो । दशौं विकेटका लागि सबैभन्दा ठूलो साझेदारी भएको थियो । सन्दीप र ललितनारायण राजवंशीबीच ४६ रनको साझेदारी भएको थियो । ललितले १७ बलको सामना गर्दै मात्र १ रन बनाएका थिए । 

कप्तान रोहित पौडेलले २७ तथा आसिफ शेखले १९ रन बनाए । अमिर फारुकले ४ तथा ओवाइस अहमदले ३ विकेट लिए । 

नेपालले यही खेलमा कीर्तिमान बनाउन सक्ने थियो । समूहको कमजोर टिमविरुद्ध उच्च योगफल बनाउन सक्थ्यो । तर, नेपालले त जारी प्रतियोगितामै सबैभन्दा कमजोर ब्याटिङ गर्यो । 

नेपालले कमजोर ब्याटिङ गरेको भए पनि बलिङ भने सशक्त गर्यो । सोही कारण कतारले २५.१ ओभरमा सबै विकेट गुमाएर मात्र ८९ रन बनाउन सक्यो ।

जहीर अब्राहिम र खुराम शहजादले समान १५–१५ रन बनाएको इनिङ्समा नेपालका लागि अलराउण्ड प्रदर्शन गरेका सन्दीपले ९.१ ओभरमा ३ मेडन राख्दै १४ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । त्यस्तै सोमपाल कामीले ३ तथा ललितनारायण राजवंशीले २ विकेट लिए । 

कीर्तिपुर मैदानमा यही प्रतियोगिताको समूह चरणको खेलमा यूएईले सिंगापुरमाथि कीर्तिमानी रन बनाएको थियो । यूएईले एकै इनिङ्समा ४७१ रन बनाएको थियो । र, सिंगापुरले पनि २७० रन बनाएको थियो । 

समग्रमा एकै दिन एकै खेलमा ७४१ रन बनेको थियो । नेपालले घरेलु मैदानमा घरेलु दर्शकलाई भरपूर मनोरञ्जन दिलाउने क्रममा रेकर्ड बनाउने अवसर रहे पनि टस हारेर ब्याटिङको मौका पाउँदा समेत कम योगफलमा समेटियो । 

समूह ए बाट नेपाल ४ खेलमा ३ मा जित र एकमा बराबरीसहित ७ अंकबाट शीर्ष स्थानमा रहँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुग्यो भने ओमान ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो । 

१० राष्ट्र सहभागी प्रतियोगितामा पाँच पाँच राष्ट्रको दुई समूह रहेको छ । हरेक समूहका दुई राष्ट्रले शनिबार हुने सेमिफाइनल खेल्नेछन् । 

आजको अर्को खेलमा हङकङ र कुवेत भिडिरहेका छन् । विजेता सेमिफाइनलमा पुग्नेछ । ६ अंकका साथ यूएई सेमिफाइनलमा पुगिसकेको छ । ५ अंकको हङकङ र ४ अंकको कुवेतको विजेता सेमिफाइनलमा पुग्ने भएको हो । 

आगामी सोमबार फाइनल हुनेछ । उपाधि विजेता टोली एसिया कपमा खेल्न पाउनेछ । एसिया कपमा यो विजेता टोली भारत र पाकिस्तानको समूहमा रहेर खेल्नेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । यस्तै शीर्ष तीनमा रहने टोली एसीसी इमर्जिङ कपका लागि छनोट हुनेछन् ।


प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज १० नाइट रनमा यस वर्ष रिले दौड पनि समावेश
नेपालगन्ज १० नाइट रनमा यस वर्ष रिले दौड पनि समावेश
नेपालगञ्ज नाइट रन अब 'एम्स' मा आबद्ध, अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने नेपालको चौथो दौड
नेपालगञ्ज नाइट रन अब 'एम्स' मा आबद्ध, अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने नेपालको चौथो दौड
नेपालगञ्ज न्यूरोडमा 'गौतम बुद्ध ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टर' सञ्चालन
नेपालगञ्ज न्यूरोडमा 'गौतम बुद्ध ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टर' सञ्चालन
लुम्बिनी प्रदेशको महिला ह्याण्डबल टोली गण्डकी कपका लागि पोखरा प्रस्थान
लुम्बिनी प्रदेशको महिला ह्याण्डबल टोली गण्डकी कपका लागि पोखरा प्रस्थान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP