Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • गुजरातलाई हराउँदै चेन्नई सुपर किङ्स बन्यो आईपीएल च्याम्पियन
गुजरातलाई हराउँदै चेन्नई सुपर किङ्स बन्यो आईपीएल च्याम्पियन
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, जेठ १६, २०८० बागेश्वरी पोस्ट
गुजरातलाई हराउँदै चेन्नई सुपर किङ्स बन्यो आईपीएल च्याम्पियन

नेपालगन्ज । चेन्नई सुपर किंग्स आईपीएल टी–२० क्रिकेटको १६औँ संस्करणको च्याम्पियन बनेको छ । आज बिहान सम्पन्न भएको फाइनलमा साविक विजेता गुजरात टाइटान्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले जित हासिल गरेको हो । 

पहिलो दिन वर्षाले टस समेत हुन नसकेको अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा रिजर्भ डेमा पनि वर्षाले असर गरेको थियो । खेलमा पहिले ब्याटिङ गरेको गुजरातले ४ विकेटको क्षतिमा २१४ रन बनायो ।

साइ सुदर्शनले ४७ बलमा ९६ रन जोडे । त्यस्तै ऋद्धिमन साहाले ३९ बलमा ५४, शुबमन गिलले २० बलमा ३९ तथा कप्तान हार्दिक पाण्डेयाले १२ बलमा अविजित रहँदै २१ रन जोडे । मथिशा पथिरानाले २ विकेट लिए । 

जवाफमा ३ बल खेल्दा वर्षाले केही समय प्रभावित भएपछि १५ ओभरमा १७१ रनको नयाँ चुनौती पाएको चेन्नईले ५ विकेट गुमाएर पूरा गर्यो । रविन्द्र जडेजाले अन्तिम बलमा चौका प्रहार गर्दै चेन्नईलाई जिताए । 

प्लेयर अफ द फाइनल देवोन कन्वेले २५ बलमा ४७, शिवम दुवेले २१ बलमा अविजित रहँदै ३२, अजिन्क्या रहानेले १३ बलमा २७, ऋतुराज गायकवाडले १६ बलमा २६, अम्बाति रायुडूले ८ बलमा १९ तथा रविन्द्र जडेजाले ६ बलमा अविजित रहँदै १५ रन जोडे । मोहित शर्माले ३ विकेट लिए । 

१० टोलीले सहभागीता जनाएको यो प्रतियोगितामा लिग चरणमा शीर्ष स्थानमा रहँदै गुजरात र दोस्रो स्थानमा रहँदै चेन्नईले पहिलो क्वालिफायर खेलेका थिए । उक्त खेल चेन्नईले जितेपछि गुजरातले दोस्रो क्वालिफायर खेल्दै मुम्बई इन्डियन्सलाई हराएर फाइनलमा पुगेको थियो ।

लखनउ सुपर जाइन्टस तेस्रो तथा मुम्बई इन्डियन्स चौथो हुँदै प्लेअफमा पुगेका थिए । इलिमिनेटरमा मुम्बईले लखनउलाई हराएको थियो । दोस्रो क्वालिफायरमा मुम्बई गुजरातसँग पराजित भयो । 

१६औं संस्करणको समाप्तिसम्म चेन्नईले मुम्बईको बराबरी गरेको छ । दुवै टिमले अहिलेसम्म समान ५ उपाधि जितेका छन् । कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटन्सले १–१ उपाधि जितेका छन्।


प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  ०७:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP