नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • डेब्युमै लिग च्याम्पियन बन्यो चर्च ब्वाइज
डेब्युमै लिग च्याम्पियन बन्यो चर्च ब्वाइज
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, जेठ २३, २०८० बागेश्वरी पोस्ट
डेब्युमै लिग च्याम्पियन बन्यो चर्च ब्वाइज

नेपालगन्ज । डेब्यु  क्लब चर्च ब्वाइज युनाइटेडले पहिलो सहभागीतामै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेर इतिहास रचेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइज एक खेलअघि नै च्याम्पियन बनेको हो ।

चर्च ब्वाइजलाई उपाधि जित्न मात्र एक अंकको आवश्यकता रहेको थियो ।  यस्तोमा थ्री स्टारसँग बराबरीमा रोकिए पनि चर्च ब्वाइज च्याम्पियन बनेको हो ।  

यस्तो छ ए डिभिजनको रेकर्ड

चर्च ब्वाइजले ए डिभिजन लिगमा बढुवा भएकै सिजन ए डिभिजन लिगको उपाधि जितेको हो ।

चर्च ब्वाइजले बी डिभिजन लिगबाट बढुवा भएकै सिजन ए डिभिजन लिग जित्दै मनाङ मर्स्याङ्दी क्लबको नाममा रहेको कीर्तिमानसँग बराबरी गरेको हो ।

मनाङले २०४२ सालमा बी डिभिजन लिग र २०४३ सालमा ए डिभिजन लिगको उपाधि जितेर कीर्तिमान बनाएको थियो  । 

उक्त कीर्तिमान राखिएको ३७ वर्षपछि चर्च ब्वाइजले मनाङको कीर्तिमानको बराबरी गरेको हो । 

यस्तै राष्ट्रिय टिमका मुख्य प्रशिक्षक भइसकेका बालगोपाल महर्जनको नेतृत्वमा रहेको चर्च ब्वाइज लिगको एक खेल बाँकी रहँदै उपाधिमा कब्जा जमाएको हो ।

नेपाली फुटबलका सर्वाधिक सफल प्रशिक्षक महर्जनले प्रशिक्षकको रुपमा पहिलो पटक ए डिभिजन लिगको उपाधि जितेका हुन् । खेलाडीको रुपमा महर्जनले थ्री स्टारबाट एक पटक लिगको उपाधि जितेका थिए ।


प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १८:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई
गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको महिला कबड्डीमा नेपाललाई कास्य पटक
एसियन गेम्सको महिला कबड्डीमा नेपाललाई कास्य पटक
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP