Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपाल जिम्बाब्बेसँग ८ विकेटले पराजित
नेपाल जिम्बाब्बेसँग ८ विकेटले पराजित
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार ३, २०८० बागेश्वरी पोस्ट
नेपाल जिम्बाब्बेसँग ८ विकेटले पराजित

नेपालगन्ज । भारतमा आयोजना हुने आईसीसी एक दिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमै  कमजोर शुरुआत गरेको छ । जिम्बाब्वेमा शुरु भएको छनोट खेलको पहिलो खेलमा नेपाल आयोजक जिम्बाब्वेसँग पराजित भएको छ । 

हरारे स्पोर्टस् क्लबमा भएको खेलमा नेपाल ८ विकेटले पराजित भयो । नेपालले कमजोर बलिङ गरेसँगै फराकिलो चुनौती दिएको भए पनि पराजयको सामना गर्नुपरेको हो । 

२९१ रनको चुनौती पछ्याएको जिम्बाब्वेले ४४.१ ओभरमै २ विकेटको क्षतिमा जित हासिल गर्यो । कप्तान क्रेग एर्भानले १२८ बलमा अविजित रहँदै १२१ रन बनाए । त्यस्तै सिन विलियम्सले ७० बलमा अविजित रहँदै १०२ रन बनाए । 

नेपालका लागि सोमपाल कामी र गुल्सन झाले १–१ विकेट लिए । सन्दीप लामिछाने भने पूरै फ्लप भए । उनले सबैभन्दा बढी रन दिए । उनले ७७ रन दिएका हुन् । 

यसअघि नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा २९० रन बनायो । नेपालको यो एक दिवसीय क्रिकेटमा सर्वाधिक तेस्रो ठूलो योगफल थियो । 

नेपालले उत्कृष्ट शुरुआत गरेको भएपनि मध्यक्रमको ब्याटिङ साझेदारी हुन नसकेपछि २९० रनमै समेटिएको हो । 

नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि १७१ रनको साझेदारी गरे । यो एक दिवसीयको सबैभन्दा ठूलो साझेदारी हो । 

३१.५ ओभरमा १७१ रन बनाएको भए पनि त्यसपछि खेलाडीहरुबीच राम्रो साझेदारी हुन सकेन । 

कुशल भुर्तेल ९९ रन बनाएर आउट भए । उनले एक दिवसीयमा दोस्रो शतक बनाउन सकेनन् । उनले ९५ बलको सामना गरेका थिए । उनले २ छक्का र १३ चौका हानेका थिए । 

त्यस्तै आसिफ शेखले १०० बलमा ६६ रन बनाए ।  कुशल मल्लले ४२ बलमा ४१ रन जोडे । कप्तान रोहित पौडेलले २९ बलमा ३१ रन जोडे। रिचार्ड एनगाराभाले ४ विकेट लिए । 

रोहित जारी विश्वकप छनोटका सबैभन्दा कम उमेरका कप्तान हुन् । नेपालले पहिलो पटक टेष्ट मान्यता प्राप्त राष्ट्रसँग एक दिवसीय विश्वकप छनोटमा खेलेको हो । यो नेपालको टेष्ट राष्ट्रसँग पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त खेल पनि हो । तर, जितको आधार तय गर्दागर्दैै कमजोर बलिङ र फिल्डिङका कारण सहजै हारको सामना गर्नुपर्यो । 

नेपाल र जिम्बाब्वेले यसअघि एक मात्र ५० ओभरको खेल खेलेको थियो । सन् २०१८ को ४ मार्चमा जिम्बाब्वेमा नै आयोजना भएको विश्वकप छनोट खेलमा नेपाल र जिम्बावेबीच खेल भएको थियो । 

त्यो बेला नेपालसँग एक दिवसीय मान्यता थिएन । उक्त खेल लिस्ट ए मान्यताको भएको थियो । सो खेलमा नेपाल ११६ रनले पराजित भएको थियो ।


प्रकाशित मिति: आइतबार, असार ३, २०८०  २०:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP