नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालसँग अमेरिका ६ विकेटले पराजित
नेपालसँग अमेरिका ६ विकेटले पराजित
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असार ५, २०८० बागेश्वरी पोस्ट
नेपालसँग अमेरिका ६ विकेटले पराजित

नेपालगन्ज । भारतमा आयोजना हुने आइसीसी एक दिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको छ ।

अमेरिकाले दिएको २०८ रनको लक्ष्यलाई नेपालले ४२ बल बाँकी छँदै २११ रन बनाउँदै विजयी बनेको हो । यो जीतसंगै अब नेपाल सुपरसिक्समा पुग्ने सम्भावना जिवितै रह्यो ।

पहिलो खेलमा आयोजक जिम्बाब्वेसँग ८ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा मंगलबार अमेरिकामाथि ६ विकेटको सहज जित हासिल गर्न सफल भएको हो । 

हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा जितका लागि २०८ रनको सामान्य चुनौती पछ्याएको नेपालले ४३ ओभरमै ४ विकेट गुमाएर जित हासिल गरेको हो । 

नेपालका लागि भीम शार्कीले ११४ बलमा अविजित रहँदै ७७ रन बनाए । त्यस्तै पाँचौँ विकेटका लागि अविजित ७४ रनको साझेदारी गर्ने क्रममा दिपेन्द्र सिंह ऐरीले ३३ बलमा ३९ रन बनाए । त्यस्तै ओपनर कुशल भुर्तेलले ५४ बलमा ३९, कप्तान रोहित पौडेलले १६, कुशल मल्लले १३ तथा आसिफ शेखले १२ रन बनाए ।

यसअघि टस जितेर पहिले बलिङ गरेको नेपालले अमेरिकालाई २०७ रनमा रोेकेको थियो। अमेरिका ४९ ओभर खेल्दै सबै विकेट गुमाएर २०७ रनमा रोकिएको हो । 

कमजोर शुरुआत गरेको अमेरिकालाई शायन जहांगिरले सम्मानजनक योगफलसम्म लगेका हुन् । उनले ७९ बलमा अविजित रहँदै १०० रन बनाए । त्यस्तै शुशान्त मोदानीले ४२ रन बनाए । त्यसबाहेक दुई खेलाडीले मात्र दोहोरो स्कोर जोडेका थिए ।   

खेलमा ओपनिङ बलर करण केसीले सनसनीपूर्ण बलिङ गरेपछि अमेरिका निरीह जस्तै भएको हो । अमेरिकाले १८ रन जोड्दा शुरुआती ४ विकेट गुमाएको थियो । 

शुरुआती चार वटै विकेट करण केसीले लिएका हुन् । उनले ९ ओभरमा ३ मेडन राख्दै ३३ रन खर्चेर ४ विकेट लिएका हुन् । 

त्यस्तै गुल्सन झाले ३, दिपेन्द्र सिंह ऐरीले २ तथा ललित राजवंशीले १० ओभरमा २० रन खर्चेर १ विकेट लिए । सन्दीप लामिछानेले भने लगातार दोस्रो खेलमा विकेट लिन सकेनन् । 

यो जितसँगै नेपालले अर्को चरणमा पुग्ने दावेदारीलाई बलियो बनाएको छ । अमेरिकाले भने लगातार दोस्रो हार बेहोरेको छ । अमेरिकाले वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो। 

यस्तो छ विश्वकप छनोटको प्रतियोगिता

जिम्बाब्वेमा जारी विश्वकप छनोटमा सहभागी १० टोलीमा दुई टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन् । टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल, जिम्बाब्वे, अमेरिका वेष्ट इन्डिज र नेदरल्यान्ड्स रहेका छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, ओमान, यूएई र स्कटल्याण्ड छन् । 

हरेक समूहबाट शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन् । जसबाट सुपर सिक्समा अर्को समूहबाट आउने तीन टोलीसँग खेल्नुपर्ने हुन्छ । 

सुपर सिक्समा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । पूर्व विश्व च्याम्पियन वेस्टइन्डिज र श्रीलंकालाई प्रमुख दाबेदार मानिएको छ । जिम्बाब्वे पनि घरेलु मैदानको फाइदा उठाउँदै विश्वकप खेल्न चाहन्छ । 

नेपाल, स्कटल्यान्ड र ओमान आईसीसी विश्वकप लिग टु मा शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेलिरहेका हुन् । अमेरिका र यूएई लिग टुबाट घटुवा हुँदै विश्वकप छनोट प्लेअफमा शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा आएका हुन् ।

श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र जिम्बाब्वे आईसीसी विश्वकप सुपर लिगमा पुछारमा रहँदै छनोट खेलिरहेका हुन् ।

 


प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  २०:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
नेपालगन्जमा प्रथम आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता हुँदै 
नेपालगन्जमा प्रथम आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता हुँदै 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP