नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालको विश्वकप छनौट यात्रा समाप्त, नेदरल्यान्डसँग ७ विकेटले पराजित
नेपालको विश्वकप छनौट यात्रा समाप्त, नेदरल्यान्डसँग ७ विकेटले पराजित
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असार ९, २०८० बागेश्वरी पोस्ट
नेपालको विश्वकप छनौट यात्रा समाप्त, नेदरल्यान्डसँग ७ विकेटले पराजित

नेपालगन्ज । नेपालको विश्वकप छनोट क्रिकेटको यात्रा समाप्त भएको  छ । जिम्बाब्वेमा जारी आईसीसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताको चौथो तथा समूह चरणको अन्तिम खेलमा नेदरल्याण्ड्ससँग पराजय बेहोरेसँगै नेपालको विश्वकप छनोटको यात्रा टुङ्गिएको हो । 

नेदरल्याण्ड्सविरुद्ध नेपालले जारी छनोटकै सबैभन्दा कमजोर प्रदर्शन गर्ने क्रममा ७ विकेटको हार बेहोर्यो । खेलमा नेपालले कमजोर ब्याटिङ प्रदर्शन गर्ने क्रममा दुई पटकको विश्वकप विजेता वेष्ट इन्डिज तथा नियमितजसो विश्वकपमा सहभागी जिम्बाब्वेविरुद्ध जोडेको योगफलभन्दा कमजोर स्कोर खडा गर्यो । 

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४४.३ ओभरमा अलआउट हुँदै १६७ रनमात्र बनाउन सक्यो । नेपालका लागि कप्तान रोहित शर्माले सर्वाधिक ३३ रन बनाए । त्यस्तै सन्दीप लामिछाने र कुशल भुर्तेलले समान २७ तथा भीम शार्कीले २२ रन बनाए । जिम्बाब्वेका लागि लोगन भान बिकले ४ विकेट लिए । 

जवाफमा नेदरल्याण्ड्सले २७.१ ओभरमै ३ विकेटको क्षतिमा जित हासिल गर्यो । नेपालका लागि सन्दीप लामिछानेले २ तथा गुल्सन झाले १ विकेट लिए । 

यसअघि नेपालले वेष्ट इन्डिजविरुद्ध २३८ रन बनाएको थियो भने आयोजक जिम्बाब्वेविरुद्ध २९० रन बनाएको थियो । 

सुपर सिक्समा पुग्नका लागि नेपालले यो खेल फराकिलो अन्तरले जित्नैपर्ने दबाब थियो । तर नेपालले कमजोर प्रदर्शन गर्दै बाहिरियो । 

सुपर सिक्समा पुगेको भए नेपालले थप सिक्ने अवसर पाउने थियो । तर नेपालले समूहमा अमेरिकालाई मात्र हराउन सक्यो । 

यो समूहबाट जिम्बाब्वे, वेष्ट इन्डिज र नेदरल्याण्ड्स सुपर सिक्समा पुगेका छन् । नेपाल र अमेरिका बाहिरिएका छन् । 

यसअघि नेपालले अमेरिकालाई ६ विकेटले हराउँदा जिम्बाब्वेसँग ८ विकेट तथा वेष्ट इन्डिजसँग १ सय १ रनको फराकिलो अन्तरको हार बेहोरेको थियो । 

समूह चरणको अवस्था

समूह एमा रहेको नेपालको टिममा आयोजक जिम्बाब्वे, वेष्ट इन्डिज र अमेरिकासँगै नेदरल्याण्ड्स रहेका छन् । 

अर्को समूह

समूह बी मा २ खेलबाट ४ अंकसहित श्रीलंका शीर्ष स्थानमा छ । स्कटल्याण्ड २ खेलबाट ४ अंकसहित दोस्रो तथा ओमान ३ खेलबाट ४ अंकसहित तेस्रो स्थानमा रहेको छ । 

२ खेलबाट अंकविहीन आयरल्याण्ड र ३ खेलबाट अंकविहीन यूएई पुछारमा रहेका छन् । यूएई औपचारिक रुपमै सुपर सिक्स प्रवेशको सम्भावनाबाट बाहिरिएको छ भने आयरल्याण्डको अंक गणितीय सम्भावना कायमै छ । 

यस्तो छ विश्वकप छनोटको प्रतियोगिता

जिम्बाब्वेमा जारी विश्वकप छनोटमा सहभागी १० टोलीमा दुई टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन् । टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल, जिम्बाब्वे, अमेरिका वेष्ट इन्डिज र नेदरल्यान्ड्स रहेका छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, ओमान, यूएई र स्कटल्याण्ड छन् । 

हरेक समूहबाट शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन् । जसबाट सुपर सिक्समा अर्को समूहबाट आउने तीन टोलीसँग खेल्नुपर्ने हुन्छ । 

सुपर सिक्समा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । पूर्व विश्व च्याम्पियन वेस्टइन्डिज र श्रीलंकालाई प्रमुख दाबेदार मानिएको छ । जिम्बाब्वे पनि घरेलु मैदानको फाइदा उठाउँदै विश्वकप खेल्न चाहन्छ । 

नेपाल, स्कटल्यान्ड र ओमान आईसीसी विश्वकप लिग टु मा शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेलिरहेका हुन् । अमेरिका र यूएई लिग टुबाट घटुवा हुँदै विश्वकप छनोट प्लेअफमा शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा आएका हुन् ।

श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र जिम्बाब्वे आईसीसी विश्वकप सुपर लिगमा पुछारमा रहँदै छनोट खेलिरहेका हुन् ।


प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १९:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
नेपालगन्जमा प्रथम आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता हुँदै 
नेपालगन्जमा प्रथम आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता हुँदै 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP