नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • खेलकुद विकास समिति बाँकेद्वारा एक बर्षे गतिविधि सार्वजनिक
खेलकुद विकास समिति बाँकेद्वारा एक बर्षे गतिविधि सार्वजनिक
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार २७, २०८० बागेश्वरी पोस्ट
खेलकुद विकास समिति बाँकेद्वारा एक बर्षे गतिविधि सार्वजनिक

नेपालगञ्ज । जिल्ला खेलकुद विकास समिति बाँकेले आफ्नो एक वर्षीय कार्यकालका गतिविधि सार्वजनिक गरेको छ ।

खेलकुद र आर्थिक विषयलाई समेटेर समिति बाँकेका अध्यक्ष सन्दिपजंग शाहले आफ्नो नेतृत्वको कार्यसमितिले गरेका गतिविधि र उपलब्धिका विषयमा जानकारी दिएका छन् । प्रदेश खेलकुद विकास परिषद लुम्बिनीको २०७९ असार १९ को निर्णय अनुसार शाहको नेतृत्वमा समिति गठन भएको थियो ।

समितिले आफ्नो कार्यकालको पहिलो आर्थिक वर्षमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको शिर्षकमा ४ लाख, नेपालगञ्ज उपमहानगरपालिकाबाट ९३ हजार ६ सय ६०, कोहलपुर नगरपालिकाबाट ५१ हजार ७ सय ९२, राप्तीसोनारी गाउँपालिकाबाट ९८ हजार ६ सय ६२ र जानकीबाट ४९ हजार १ सय ६० रुपैयाँ आम्दानी भएको जनाएको छ । त्यसैगरी संघ तथा क्लव दर्ता शुल्क वापत १६ हजार ५ सय समेत गरी जम्मा ७ लाख ९ हजार ७ सय ७४ रुपैयाँ आम्दानी गरेको छ । 

साथै समिति बाँकेले चौधौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालनसहितको अर्को शिर्षकमा सामाजिक डिभिजन कार्यालय मार्फत ४ लाख र ७ वटा स्थानीय तहको दर्ता शुल्कबाट १ लाख ४० हजार आम्दानी गरेको जनाएको छ । त्यस्तै कोहलपुर नगरपालिकाबाट ४९ हजार २ सय ५० रुपैयाँ थप आम्दानी भएको जनाएको छ । यसरी प्राप्त भएको रकममा पहिलो शिर्षकको बजेटमा ७ लाख ९ हजार ७ सय ७४ मध्ये ५ लाख ५६ हजार ८ सय ७ रुपैयाँ ८२ पैसा खर्च भएको जनाएको छ । दोश्रो शिर्षक अन्तरगतको जम्मा ५ लाख ८९ हजार २ सय ५० मध्ये रकम ५ लाख ५९ हजार ५ सय ३१ रुपैयाँ ५८ पैसा रकम खर्च भएको छ । समिति बाँकेको खातामा २ लाख १५ हजार ४२ रुपैयाँ ६० पैसा मौज्दात समेत रहेको जनाइएको छ ।

समितिले २०७९ असार २४ देखि २६ सम्म सम्पन्न बाह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा बाँके प्रथम भएको विषयलाई उपलब्धिका रुपमा लिएको जनाएको छ । त्यसैगरी २०७९ भदौ ६ दखि २४ सम्म नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जिल्लामा सफलतापूर्वक सम्पन्न गरेको उल्लेख छ । २०७९ असोज २ देखि १५ गतेसम्म सञ्चालन भएको नवौं राष्ट्रिय खेलकुद प्रदेश स्तरीय  प्रतियोगितामा जिल्लाले २८ स्वर्ण, ३० रजत र १५ काश्य पदकसहित ७३ मेडल प्राप्त गरेको बताइएको छ । साथै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको २०७९ असोज २८ देखि कातिक ३ गतेसम्म सम्पन्न भएका खेलमा ५ स्वर्ण, ५ रजत र ५ काश्य पदकसहित १५ मेडल बाँके जिल्लाले हासिल गरेको उल्लेख छ ।

समिति बाँकेले उल्लेख गरे अनुसार बुटवलमा सम्पन्न तेह्रौं प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बैशाख ११ देखि १३ सम्म चल्दा बाँके जिल्ला प्रथम भएको समेत यो कार्यसमितिको उपलब्धिका रुपमा समेटिएको छ । त्यसैगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा जिल्लाबाट प्रतिनिधित्व गर्ने खेलाडीलाई सम्मान गरिएको छ । खेलाडी तथा प्रशिक्षकहरुलाई खेल मैदानमा सहज पहुँच र आगामी बर्षका लागि विभिन्न क्षेत्रबाट बजेटको ब्यवस्था गर्न पहल गरेको समेत जनाइएको छ ।


प्रकाशित मिति: बुधबार, असार २७, २०८०  २१:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP