prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, कात्तिक ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • शिक्षालाई प्राथमिकतामा राखेर अघि बढ्दै राप्तीसोनारी
शिक्षालाई प्राथमिकतामा राखेर अघि बढ्दै राप्तीसोनारी
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असोज ११, २०८० बागेश्वरी पोस्ट
शिक्षालाई प्राथमिकतामा राखेर अघि बढ्दै राप्तीसोनारी

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपलिकामा गत वर्ष निर्वाचित भएर आएका जनप्रतिनिधिहरु पहिलो वर्षदेखि नै शिक्षाप्रति संवेदनशिल र उत्तरदायी बन्दै गएका छन् । त्यस कारण पनि राप्तीसोनारीले गत वर्ष शिक्षा क्षेत्रमा केही उल्लेखनीय काम गर्न सफल भएको शिक्षा शाखा प्रमुख जीवन न्यौपाने बताउँछन् । राप्तीसोनारीले गत वर्ष मात्रै १६ वटा कक्षा कोठा निर्माण गर्नुका साथै ३ वटा आइसिटी ल्याब, ३ वटा पुस्तकालय, २ वटा विज्ञान प्रयोगशाला स्थापना गरेको छ । 

मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ११ वटा विद्यालयको मर्मत सम्भार र खानेपानी तथा फर्निचर व्यवस्थापन, गाउँपालिकाको बजेटबाट ४४ वटा विद्यालयको मर्मत सम्भार, ४० जना विद्यार्थीलाई सम्पूर्ण खर्च ब्यहोर्ने गरी  छात्रृवृत्ति, ४ वटा बाल विकास केन्द निर्माण, पालिकाको अनुदानमा २ सय ६ जना शिक्षक तथा कर्मचारी व्यवस्थापन तथा विद्यालय समायोजन कार्यको गत वर्षदेखि राप्तीसोनारीले सुरुवात गरेको शाखा प्रमुख न्यौपानेले बताए । 

गत वर्ष राप्तीसोनारीको शिक्षा शाखातर्फ रहेको कूल ८ करोड ६१ लाख ९९ हजार रुपैयाँ बजेट रहेको थियो । जसमा शाखाले ६ करोड ६९ लाख २३ हजार खर्च गर्न सफल भएको न्यौपानेले बताए । शिक्षा शाखाको गत वर्ष वित्तीय प्रगति ७७ दशमलव ६४ र भौतिक प्रगति ६५ दशमलव ९० रहेको छ । शाखाले गत वर्ष १ लाख ४१ हजार खर्च गरेर विभिन्न विद्यालयहरुमा खानोपानी तथा शौचालय निर्माण गर्न सफल भएको थियो भने वडा नम्बर ५ मा रहेको बालक शान्ति विद्यालय मन्दिरमा ३ लाख ७० हजार खर्च गरेर मर्मत सम्भार, वडा नम्बर ७ मा रहेको दिप प्रकाश आधारभूत विद्यालयमा ४ लाख ८५ हजार खर्च गरेर भौतिक सुधार, १ लाख ६ हजार रुपैयाँ खर्च गरेर दृष्टिविहीनलाई ल्यापटप खरिद कार्य सम्पन्न गरेको शाखाले जनाएको छ । 

यस्तै १ सय ३६ जना पूर्व प्राथमिक तहका शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई प्रोत्साहन भत्ता १ करोड २८ लाख ५० हजार रुपैयाँ वितरण,  शिक्षक दरबन्दी न्यून रहेका विद्यालयहरुलाई शिक्षण सहयोग शिक्षक अनुदान पोशाकमा ३ करोड ४० लाख ४२ हजार खर्च, ३ लाख १ हजार खर्च गरेर विद्यालयहरुको शैक्षिक, भौतिक र आर्थिक पक्षको संयुक्त टोलीबाट अनुगमन, ४ लाख रुपैयाँमा विभिन्न शैक्षिक सामग्री बाल विकास केन्द्रलाई वितरण गरेको थियो ।

साथै राष्ट्रपति रनिंग सिल्ड प्रतियोगिता अध्यक्ष कप, अन्य विभिन्न खेलकुदका कार्यक्रम तथा खेलकुद सामग्री खरिदमा राप्तीसोनारीले ७ लाख रुपैयाँ बढी खर्च गरेको थियो भने नियमित शैक्षिक क्यालेण्डर, शैक्षिक परामर्शदाता नियुक्ति तथा सेवा संचालन पनि राप्तीसोनारीले गरेको न्यौपानले बताए । 

सामाजिक क्षेत्रमा उत्तरदायी बन्दै शिक्षालाई प्राथमिकता दिएको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले सामाजिक क्षेत्रमा उत्तरदायी बन्दै यस वर्ष पालिकाले स्वास्थ्य, खेलकुद, रोजगारसंगै शिक्षालाई प्राथमिकता दिएको बताएका छन् । ‘राप्तीसोनारीले आगामी वर्षका लागि शिक्षा क्षेत्रमा उल्लेखनीय बजेट ल्याएको छ,’ अध्यक्ष पौडेलले भने, ‘सामाजिक क्षेत्रमा उत्तरदायी बन्दै शिक्षा, स्वास्थ्य, खेलकुद, रोजगार लगायतका क्षेत्रलाई यस वर्ष पालिकाले विशेष प्राथमिकता दिएको छ ।’ राप्तीसोनारी गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको करिब ८० करोड ९१ लाख ३८ हजार रुपैयाँको बजेटमा शिक्षा शाखालाई ६ करोड, ५९ लाख ३० हजार रुपैयाँ विनियोजन गरिएको पौडेल बताउँछन्  । 

पालिकाले शिक्षालाई जोड दिँदै ५ वर्षे गाउँ शिक्षा योजना निर्माण तथा कार्यान्वयन गर्ने, आगामी वर्षदेखि टिनको छानो विस्थापित गर्न, संघ तथा प्रदेश सरकारको सहकार्यमा आइसिटी ल्याब, साइन्स ल्याब, कक्षा कोठा थपका कार्यक्रम संचालन गर्ने, बाल विकास केन्द्रहरुलाई शैक्षिक सामग्रीहरुको व्यवस्थापन गर्ने, सबै विद्यालयहरुमा स्वच्छ खानेपानी तथा लैङ्गिकमैत्री शौचालयहरुको व्यवस्थापन गर्ने, प्राविधिक धारको उच्च शिक्षाका लागि छात्रवृत्ति उपलब्ध गराउने, सरकारी विद्यालयका विद्यार्थीहरुको एकै प्रकारको ड्रेसकोड लागू गर्ने नीति राप्तीसोनारीले लिएको बताए । 

उनले विद्यालय शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउन गाउँपालिका र विद्यालयका प्रधानाध्यापकबीच कार्य सम्पन्न करार गर्ने, विद्यालयमा कार्यरत शिक्षकहरुलार्ई मागमा आधारित आधारभूत तथा पुनर्ताजगी तालिम संचालन गर्ने, अतिथि शिक्षण कार्यक्रम गर्ने, सुस्त मनस्थिति बहिरा तथा कमजोर सिकाई भएका ढिलो सिक्ने बालबालिकालाई उपचारात्मक शिक्षणको व्यवस्था गर्ने, आधारभूत तहसम्म लागू गरिएको स्थानीय पाठ्यक्रमलाई संस्थागत विद्यालयमा समेत लागू गर्ने, संस्थागत विद्यालयको समेत नियमित अनुगमन गर्ने, स्थानीय शिक्षा नियामावली निर्माण तथा कार्यान्वयन गर्ने, विद्यालय व्यवस्थापन समिति गठन तथा संचालन सम्बन्धि कार्यविधि तर्जुमा गर्ने, शिक्षक तथा व्यवस्थापन समितिका पदाधिकारीहरुको क्षमता विकास कार्यक्रम संचालन गर्ने, २ वटा विद्यालयहरुका खेल मैदानको स्तरोन्नति तथा मर्मत सम्भार गर्ने, अग्रेजी माध्यमबाट अध्ययन अध्यापन गराउने सम्बन्धि सम्भाब्यता अध्ययन तथा मूल्यांकन गर्ने नीति पनि आगामी वर्षका लागि राप्तीसोनारीले बनाएको पौडलले बताए ।


प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १३:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
बाँकेमा आइतबारदेखि निजी विद्यालय संचालन हुने
बाँकेमा आइतबारदेखि निजी विद्यालय संचालन हुने
जेन-जी प्रदर्शनः प्याब्सन बाँकेद्वारा शोकमा मंगलबार निजी विद्यालय बन्दको घोषणा
जेन-जी प्रदर्शनः प्याब्सन बाँकेद्वारा शोकमा मंगलबार निजी विद्यालय बन्दको घोषणा
'मोहम्मद डे' मा शुक्रबार नेपालगन्जका विद्यालयमा विदा
'मोहम्मद डे' मा शुक्रबार नेपालगन्जका विद्यालयमा विदा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP