नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • यूएईले नेपाललाई हराउँदै जित्यो टी–२० त्रिकोणात्मक क्रिकेटको उपाधि
यूएईले नेपाललाई हराउँदै जित्यो टी–२० त्रिकोणात्मक क्रिकेटको उपाधि
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक १०, २०८० बागेश्वरी पोस्ट
यूएईले नेपाललाई हराउँदै जित्यो टी–२० त्रिकोणात्मक क्रिकेटको उपाधि

काठमाडौँ । यूएईले नेपाललाई हराउँदै टी–२० त्रिकोणात्मक क्रिकेट श्रृंखलाको उपाधि जितेको छ । 

त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा भएको फाइनलमा यूएईले नेपाललाई ४ विकेटले पराजित गरेको हो । नेपालको ब्याटिङ र बलिङ नचलेसँगै हार बेहोरेको हो । 

खेलमा टस जितेर यूएईले बलिङ रोजेसँगै नेपालले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १६२ रन बनायो । 

नेपालका लागि ओपनर ब्याटर कुशल भुर्तेलले २९ बलमा ५० रन बनाए । करण केसीले १७ बलमा अविजित रहँदै २३ रन जोडे । दीपेन्द्र सिंह ऐरीले १५ बलमा २० तथा कप्तान रोहित पौडेलले १७ बलमा १८ रन जोडे । नेपालले रनका लागि निकै नै संघर्ष गरेको थियो । 

पाँच खेलाडी बोल्ड आउट भएका थिए । यसको मतलब खेलाडीहरु गम्भीर भएर नखेलेको आरोप लागेको छ । आयान अफ्जल खानले ३ तथा अलि नसिर र अहुर खानले २–२ विकेट लिए । 

जवाफमा यूएईले एक बल खेल्न बाँकी छँदै ६ विकेटको क्षतिमा जित हासिल गर्यो । कप्तान मुहम्मद वासिमले २२ बलमा ४५, वृत्तिय अरविन्दले २६ तथा आर्यांश शर्माले २५ रन बनाए । 

नेपालका लागि गुल्झन झा र अबिनाश बोहराले समान २–२ विकेट लिए । यसअघि लिग चरणका दुवै खेलमा नेपाल विजयी भएको थियो । 

यसअघि लिग चरणका सबै खेलहरु मूलपानी क्रिकेट मैदानमा भएका थिए । तेस्रो टिम हङकङ पुछारमा रहेपछि शीर्ष दुई टिम नेपाल र यूएईले फाइनल खेलेका हुन् । 

नेपालले दुवै टिमसँगका चार खेल जितेर अपराजित रहँदै फाइनलमा स्थान बनाएको थियो । यूएईले भने हङकङसँग बराबरी गरेको भए पनि रनरेटमा अगाडि रहेसँगै फाइनलमा पुगेको थियो । 

लिग चरणमा नेपालले यूएईलाई ५ विकेटले र ७ विकेटले हराएको थियो भने हङकङलाई ७९ रन र ६ विकेटले हराएको थियो । टी–२० विश्वकप छनोटको तयारीका लागि यो श्रृंखला भएको हो ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १६:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा व्यवसायी–पत्रकारबीच भएको मैत्रीपूर्ण फुटसल बराबरी
नेपालगञ्जमा व्यवसायी–पत्रकारबीच भएको मैत्रीपूर्ण फुटसल बराबरी
विश्वकप २०२६:  ब्राजिल समूह 'सी' को विजेता, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६: ब्राजिल समूह 'सी' को विजेता, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
बाँके जिल्ला स्तरीय मेयर कप फुटबलमा होलिल्याण्ड र एनएमए च्याम्पियन 
बाँके जिल्ला स्तरीय मेयर कप फुटबलमा होलिल्याण्ड र एनएमए च्याम्पियन 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP