prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो विश्वकप क्रिकेटको उपाधी, बन्यो ६ पटकको च्याम्पियन
भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो विश्वकप क्रिकेटको उपाधी, बन्यो ६ पटकको च्याम्पियन
banijya office
बागेश्वरी पोस्ट
आइतबार, मंसिर ३, २०८० बागेश्वरी पोस्ट
भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो विश्वकप क्रिकेटको उपाधी, बन्यो ६ पटकको च्याम्पियन

नेपालगन्ज  । भारतमा सम्पन्न एक दिवसीय विश्वकप क्रिकेटको १३ औँ संस्करणको उपाधि अष्ट्रेलियाले जितेको छ । भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनलमा भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधि जितेको हो । 

nepalgunj 081-082

योसँगै विश्वकपको सर्वाधिक सफल अष्ट्रेलियाले विश्वकपमा छैटौँ उपाधि जितेको छ । भारत भने घरेलु मैदानमा फाइनलमा निरीह देखिँदै पराजित भएको हो । भारत फाइनलअघिका सबै खेल जितेर अपराजित रहेको थियो । 

फाइनलमा २४१ रनको मध्यम चुनौती अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । 

७ ओभरमा ४७ रन जोड्दा ३ विकेट गुमाएको अष्ट्रेलियालाई ट्राभिस हेड र मार्नस लाबुस्चांगेले चौथो विकेटका लागि गरेको १९२ रनको उत्कृष्ट साझेदारीले जित दिलाएको हो । 

हेडले शानदार शतक तथा लाबुस्चांगेले अर्धशतक बनाए । हेड विश्वकपको फाइनलमा शतक बनाउने दोस्रो अष्ट्रेलियाली खेलाडी हुन् । यसअघि सन् २००३ को विश्वकपमा रिक्की पोन्टिङले शतक बनाएका थिए । हेडले १२० बलमा १३७ रन बनाए । त्यस्तै लाबुस्चांगेले अविजित रहँदै ५८ रन बनाए । 

यसअघि डेभिड वार्नर ७, मिचेल मार्श १५ तथा स्टेभेन स्मिथ ४ रन बनाएर आउट भएका थिए । 

जसप्रित बुमराहले २ तथा मोहम्मद शमी र मोहम्मद सिराजले १–१ विकेट लिए । शमीले यो  विश्वकपमा २४ विकेट लिएर कीर्तिमान रचेको भए पनि टिमलाई उपाधि भने जिताउन सकेनन् । 

लिग चरणमा भारतले अष्ट्रेलियालाई १९९ रनमै अलआउट गरेर ६ विकेटले जितेको थियो । 

यसअघि अहमदाबादस्थित विश्वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियम नरेन्द्र मोदी स्टेडियममा टस हारेर भारतले पहिले ब्याटिङ गर्दै सबै विकेट गुमाएर ५० ओभरमा २४० रन बनायो ।

भारतका लागि केएल राहुलले ६६, विराट कोहलीले ५४ तथा रोहित शर्माले ४७ रन बनाए । सूर्यकुमार यादवले १८ रन बनाए । 

त्यस्तै कुलदीप यादवले १० रन जोडे । त्यसबाहेक कसैले पनि दोहोरो स्कोर बनाउन सकेनन् । भारत पहिलो पटक यो विश्वकपमा अलआउट भएको हो । 

अष्ट्रेलियाका लागि मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए । जोश हज्लेवुड र पाट कमिन्सले समान २–२ विकेट लिए । अष्ट्रेलियाले यो खेलमा निकै राम्रो फिल्डिङ गरेसँगै कम्तीमा ५० रन जोगाउन सफल भएको थियो । भारतले भने खराव फिल्डिङ गरेको थियो । 

दुई पटकको च्याम्पियन भारतले सेमिफाइनलमा न्यूजिल्याण्डलाई ७० रनले तथा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ३ विकेटले हराएको थियो । 

उपाधि अष्ट्रेलियाले जितेको भए पनि कीर्तिमान भने भारतीय खेलाडीहरुको नाममा रहेको छ ।


प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  २१:५६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP