नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • सुदूरपश्चिमका दुई अस्पतालमा नोबेल कोरोना भाइरस संंक्रमितका लागि छुट्टै उपचार कक्ष
सुदूरपश्चिमका दुई अस्पतालमा नोबेल कोरोना भाइरस संंक्रमितका लागि छुट्टै उपचार कक्ष
बागेश्वरी पोस्ट
बुधबार, माघ २९, २०७६ बागेश्वरी पोस्ट
सुदूरपश्चिमका दुई अस्पतालमा नोबेल कोरोना भाइरस संंक्रमितका लागि छुट्टै उपचार कक्ष

धनगढी । सुदूरपश्चिम प्रदेशका दुई जिल्लाका दुई अस्पतालमा नोबेल कोरोना भाइरसको संक्रमणबाट बच्न छुट्टै उपचार कक्ष स्गथापना गरिएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पताल र महेन्द्रनगरस्थित महाकाली अस्पतालमा नोबेल कोरोना भाइरस संक्रमितको उपचारका लागि छुट्टै कक्षको स्थापना गरिएको हो । कडाखालको रुघाखोकी, ज्वरोको बिरामीलाई चेकजाँचका लागि छुट्टै क्लिनिक र भाइरसको संक्रमण देखिए स्क्रिनिङ कक्षमा भर्ना गरी उपचार गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा। हेमराज पाण्डेयले बताए ।

उनका अनुसार स्क्रिनिङ कक्षको स्थापना गरी उपचारका लागि ५ बेड राखिएको छ । हालसम्म नोबेल कोरोना भाइरसका संक्रमित फेला नपरेपनि पूर्बतयारीका लागि अस्पतालभित्र छुट्टै कक्ष स्थापना गरी भाइरसको संक्रमण फैलिन नदिन सतर्कता अपनाइएको पाण्डेयले बताए। अहिले चिसोको मौसम भएकोले सामान्य रुघाखोकीका बिरामी आउनु स्वभाविक भएको बताउँदै उनले सबैलाई क्लिनिक र कक्षमा राख्न नहुने बताए । खुल्ला सिमानाकाका कारण भाइरसले यस प्रदेशमा जोखिम ल्याउन सक्ने भन्दै उच्च सतर्कतासँगै उपचार कक्ष स्थापना गरिएको जनाइएको छ ।

प्रदेशमा भाइरसको संक्रमण फैलन नदिन मन्त्रालयल र स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरी सीमा नाकाहरूमा हेल्थ डेस्क सञ्चालन गर्न पनि तयार गरेको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण सुवेदीले मुख्यमन्त्रीलाई प्रदेशका सरकारी अस्पतालहरूमा तयारी योजना र प्रतिकार्य टोलीको व्यवस्था, उच्च सर्तकता तथा जनचेतनामूलक कार्यक्रमबारे मन्त्रीस्तरीय नीतिगत निर्णयका वारेमा पनि जानकारी गराएको बताए ।

मुख्यमन्त्रीलाई नीतिगत निर्णयबारे अवगत गराउँदै मन्त्री सुवेदीले सुदूरपश्चिम प्रदेशमा रहेको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश स्वास्थ्य आपतकालिन सञ्चालन केन्द्र, स्वास्थ्य निर्देशनालय, स्थानीय तहले पूर्वतयारी र प्रवन्ध मिलाएको बताए । स्थानीय तहमा कोरोना भाइरस सम्बन्धी जनचेतना फैलाउने तथा प्रचारप्रसार गर्न तथा पूर्व तयारीका लागि सतर्कता अपनाउन भनिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

स्थानीय तहमा उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा नोवेल कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण समिति खडा गरी प्रवद्र्धनात्मक तथा प्रतिकारात्मक जनचेतनामुलक कार्यक्रम बुहप्रतिक्षित सहकार्य तथा समन्वयमा सञ्चालन गरिरहेको मन्त्रालयले जनाएको छ ।राजधानी दैनिकबाट।


प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  ०७:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
न्यूनतम् सेवा मापदण्डमा बाँके आयुर्वेद स्वास्थ्य केन्द्रको सुधार, ६१.९९ अंक पायो
न्यूनतम् सेवा मापदण्डमा बाँके आयुर्वेद स्वास्थ्य केन्द्रको सुधार, ६१.९९ अंक पायो
बजार अनुगमनः अन्सारीमा म्याद गुज्रेका सामान, ओम तन्दुरीको 'भान्सा' नाजुक !
बजार अनुगमनः अन्सारीमा म्याद गुज्रेका सामान, ओम तन्दुरीको 'भान्सा' नाजुक !
डेन्टल एसोसिएसन बाँकेको अध्यक्षमा डा. बजगाई र महासचिवमा डा. न्यौपाने
डेन्टल एसोसिएसन बाँकेको अध्यक्षमा डा. बजगाई र महासचिवमा डा. न्यौपाने
फत्तेवाल आँखा अस्पतालः २९ लाखको आँखा परीक्षण, झण्डै तीन लाख शल्यक्रिया
फत्तेवाल आँखा अस्पतालः २९ लाखको आँखा परीक्षण, झण्डै तीन लाख शल्यक्रिया
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP