prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • कोहलपुरमा अन्तर मावि मेयर कप प्रतियोगिता सुरु
कोहलपुरमा अन्तर मावि मेयर कप प्रतियोगिता सुरु
RSG-2
व्यवसायिक खेलाडी उत्पादनमा सहयोगी बन्न चाहेका छौं : नगर प्रमुख आचार्य
बागेश्वरी पोस्ट
मंगलबार, पुस १०, २०८० बागेश्वरी पोस्ट
कोहलपुरमा अन्तर मावि मेयर कप प्रतियोगिता सुरु

कोहलपुर । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुर नगरपालिका व्यवसायिक खेलाडी उत्पादनमा सहयोगी बन्न चाहेको बताएका छन् । मंगलवारदेखि कोहलपुर नगरपालिका–२ स्थित तेह्र विघा खेल मैदानमा सुरु भएको सातौं अन्तर मा.वि मेयर कप तथा १६ औं पालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद छनौट प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उनले खेलका माध्यमबाट चौतर्फी विकासमा टेवा पुग्ने भएकाले खेलकुदलाई पालिकाले प्राथमिकता दिएको बताए ।

‘अन्तर मा.वि मेयर कप तथा पालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद छनौट प्रतियोगिताले विद्यार्थीको अतिरिक्त क्षमता प्रस्फुटन गर्नमा मद्दत गर्छ,' उनले भने–‘यसले विद्यार्थीको शारिरीक, मानसिक र संवेगात्मक विकासमा पनि सकारात्मक प्रभाव पार्छ ।’ उनले बालबालिकाहरुको चौतर्फी विकासका लागि खेलकुद अपरिहार्य भएको समेत बताए । पालिकाले आयोजना गर्ने यस्ता प्रतियोगिताहरुले व्यवसायिक खेलाडी उत्पादनमा ठूलो प्रभाव पार्ने पनि उल्लेख गरे । उनले खेलकुद प्रतियोगितालाई निष्पक्ष बनाउन प्रशिक्षकहरुलाई निर्देशन पनि दिएका छन् ।

उनले भने–‘कोहलपुर नगरपालिका पालिका स्तरीय छनौट प्रतियोगितामा जिल्लामा दुई वर्षदेखि लगाताररुपमा प्रथम भएकाले यो पटक पनि प्रथम हुने गरी निश्पक्ष र आग्रह पूर्वाग्रह बिना खेलाडीहरु छनौट गर्नुहोला ।’ यो प्रतियोगितामा पनि कोहलपुर नगरपालिका जिल्लामा प्रथम भए शिल्ड कब्जा गर्नेछ ।

यस्तै कार्यक्रमलाई सम्वोधन गर्दै नगर उपप्रमुख संगिता सुवेदीले कोहलपुर नगरपालिकाले गुणस्तरीय शिक्षासँगै खेलकुदको विकासका लागि पनि पालिकाले जोड दिइरहेको बताइन् । उनले खेलकुदका माध्यमबाट सामुहिक भावनाको विकास हुने र यसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने भएकाले खेलकुदप्रति बालबालिकाहरुलाई प्रेरित गर्न जरुरी रहेको बताइन् । उनले खेलकदका माध्यमबाट बालबालिकाहरुको शारिरीकरुपमा मात्रै नभएर मानसिक र संवेगात्मक विकास समेत हुने भएकाले कोहलपुर अन्तर मा.वि मेयर कप एउटा उपयोगी माध्यम भएको बताइन् । उनले यस्ता प्रतियोगिताले सक्षम खेलाडी उत्पादनमा टेवा पुर्याउने धारणा समेत व्यक्त गरिन् ।

प्रतियोगितामा कोहलपुर क्षेत्रका सामुदायिक र संस्थागत गरी ३६ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा ५० मेडलका लागि १ हजार ३ सय ६७ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । कोहलपुर नगरपालिकाको आयोजना तथा कोहलपुर नगर खेलकुद विकास समितिको संचालन र व्यवस्थापनमा आयोजित उक्त कार्यक्रम समितिका अध्यक्ष बुद्धिबहादुर थापाको सभापतित्वमा भएको हो । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले स्वागत गरेको कार्यक्रमको संचालन आयोजक समितिका सदस्य सचिव वीरेन्द्र मल्लले गरेका थिए ।

उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, गृह प्रशासनका अधिकृत, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नाराका साथ सुरु भएको प्रतियोगिता १३ गतेसम्म चल्नेछ ।

मार्चपासमा वेस्र्टन ईमि स्कुल प्रथम

कोहलपुरमा आजदेखि सुरु भएको सातौं अन्तर मावि मेयर कप तथा १६औं पालिका स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद छनौट प्रतियोगिताको मार्च पासमा वेष्टर्न इंग्लिश मिडियम स्कुल प्रथम भएको छ । ३२ विद्यालयले मार्चपासमा प्रतिस्पर्धा गरेकोमा सबैलाई उछिन्दै वेवेष्टर्न इंग्लिश मिडियम स्कुल प्रथम भएको हो । यस्तै कोहलपुर ५ मा रहेको पञ्चमुखी इंग्लिश मिडियम स्कुल र कोहलपुर १ मा रहेको जन ज्ञानज्योति मावि द्वितीय भएका छन् । यस्तै कोहलपुर १२ मा रहेको ग्रिन पिस मावि तृतीय भएको आयोजक समितिका सदस्य सचिव वीरेन्द्र मल्लले बताए ।  


प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  २०:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज १० नाइट रनका विजेतालाई थाइल्याण्डको बाङ्सेन रनमा अवसर
नेपालगञ्ज १० नाइट रनका विजेतालाई थाइल्याण्डको बाङ्सेन रनमा अवसर
नेपालगन्ज १० नाइट रनमा यस वर्ष रिले दौड पनि समावेश
नेपालगन्ज १० नाइट रनमा यस वर्ष रिले दौड पनि समावेश
नेपालगञ्ज नाइट रन अब 'एम्स' मा आबद्ध, अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने नेपालको चौथो दौड
नेपालगञ्ज नाइट रन अब 'एम्स' मा आबद्ध, अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने नेपालको चौथो दौड
नेपालगञ्ज न्यूरोडमा 'गौतम बुद्ध ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टर' सञ्चालन
नेपालगञ्ज न्यूरोडमा 'गौतम बुद्ध ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टर' सञ्चालन
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP