नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन १४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालगञ्ज सेन्ट जेभियर्स र मंगल प्रसाद फाइनलमा भिड्ने
नेपालगञ्ज सेन्ट जेभियर्स र मंगल प्रसाद फाइनलमा भिड्ने
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस १७, २०८० बागेश्वरी पोस्ट
नेपालगञ्ज सेन्ट जेभियर्स र मंगल प्रसाद फाइनलमा भिड्ने

नेपालगञ्ज । नेपालगञ्ज सेन्ट जेभियर्स स्कुल र मंगल प्रसाद उच्च माविले प्रथम किशोरसिंह राठौर यु–१६ कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रतिष्पर्धा गर्ने भएको छन् । आज भएको दोस्रो सेमिफाइनलमा नेपालगञ्ज सेन्ट जेभियर्स स्कुलले नेपालगञ्ज मोडेल एकेडेमीलाई ७ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो । 

नेपालगञ्जस्थित मंगल प्रसाद उच्च माविको खेल मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको नेपालगञ्ज मोडेलले १७.१ ओभरमा १ सय ५ रन बनाएर अलआउट भएको थियो । टोलीका लागि विकास खनालले १५ रन, निश्चल पुन मगरले १३ रन र आयुश पुन मगरले ११ रन बनाए ।

नेपालगञ्ज सेन्ट जेभियर्सका सम्यक थापाले ३ विकेट, राजिव साहु र बिपिन खनालले २–२ विकेट लिएका थिए । मिन्टु शर्मा र भुपाल रावलले अविजित रहँदै उत्कृष्ट ब्याटिङ गरेपछि १ सय ६ रनको विजयी लक्ष्य पाएको सेन्ट जेभियर्सले ११.३ ओभरमा ३ विकेटको नोक्सानीमा जीत हासिल गरेको थियो । म्यान अफ द म्याच मिन्टु शर्माले अविजित ५० रन बनाए । उनले २७ बलमा ६ चौका र २ छक्का प्रहार गरेका थिए । सेन्ट जेभियर्सका अर्का ब्याट्सम्यान भुपालले अविजित ३६ रनको योगदान गर्दै टोलीलाई जीत दिलाउन महत्वपूर्ण भुमिका निर्वाह गरे । भुपालले ३० बलमा ६ चौका प्रहार गरेका थिए । नेपालगञ्ज मोडेलका विवेक पुन मगरले २ विकेट र सुमित विष्टले १ विकेट लिए । सेमिफाइनल खेलमा म्यान अफ द म्याच घोषित भएका नेपालगञ्ज सेन्ट जेभियर्सका शर्मालाई जयमंगलम् सिमेन्टका सेल्स डिरेक्टर रिसब अग्रवालले पुरस्कृत गरे । 

ज्योति स्पोर्ट्स एकेडेमीले आयोजना गरेको प्रतियोगितामा बाँकेका १६ टिमको सहभागिता रहेको छ । ज्योति स्पोर्ट्स एकेडेमीका अध्यक्ष सिद्धान्तजंग शाहीका अनुसार प्रतियोगिताको समूह ‘ए’ मा जिभिएन, एबिसी, ड्रिमल्यान्ड, सेन्ट जेभियर्स, फुल्टेक्रा मावि, श्रीचन्द्र मेवालाल र मंगल प्रसाद उच्च मावि रहेका छन् । यसैगरी समूह ‘बी’ मा सिद्धार्थ विद्या सदन, जय बागेश्वरी मावि, ब्राइटल्यान्ड, नेपालगञ्ज मोडेल एकेडेमी, पशुपति हाइस्कुल, आदर्श, मोडर्न, महेन्द्र र आइडियल पब्लिक स्कुल छन् । 

प्रतियोगितामा सहभागी टिमलाई दुई समुहमा विभाजन गरेर नकआउटको आधारमा प्रतिष्पर्धा गराइएको छ । प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट बलर, उत्कृष्ट फिल्डर, उत्कृष्ट ब्याट्सम्यानले समान ५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार पुरस्कार प्राप्त गर्नेछन् । 


 


प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  २०:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP