prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • बाँके जिल्ला स्तरीय मेयर कप फुटबल प्रतियोगिताको विभिन्न उप–समिति गठन
बाँके जिल्ला स्तरीय मेयर कप फुटबल प्रतियोगिताको विभिन्न उप–समिति गठन
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस २२, २०८० बागेश्वरी पोस्ट
बाँके जिल्ला स्तरीय मेयर कप फुटबल प्रतियोगिताको विभिन्न उप–समिति गठन

नेपालगञ्ज । जिल्ला स्तरीय मेयर कप छात्र-छात्रा फुटबल प्रतियोगिता–२०८० को तयारी तीव्र गतिमा अगाडि बढेको छ । बाँके जिल्ला फुटबल संघको आयोजनामा हुन लागेको प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उप–समिति गठन गरिएको छ । प्रतियोगितालाई भव्यरुपमा सफल बनाउन उप–समितिको भूमिका महत्वपूर्ण रहने बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक निर्मल चन्दले बताए । 

नेपालगञ्जमा आगामी माघ ६ देखि १४ गतेसम्म हुने प्रतियोगिताको लागि गठन गरिएको उप–समिति अन्तर्गत सचिवालय संयोजकमा कमल खत्री, सदस्यमा घनश्याम थापा, प्राविधिक संयोजकमा प्रशिक्षक सानु तामाङ, सदस्यमा रबिन्द्र कुमार श्रेष्ठ, दिपु राना, प्रचारप्रसार संयोजकमा अनिल केसी, सदस्यमा जी. थापा, कुमार श्रेष्ठ, सौरभ रानालाई जिम्मेवारी दिइएको छ । 
यसैगरी पालिकास्तरमा समन्वय गर्न खजुरा गाउँपालिका संयोजकमा टोपेन्द्र खत्री संयोजक, सदस्यमा हरिप्रकाश विक, छविलाल विष्ट र भागवीर सुनार रहेका छन् । 

नेपालगञ्ज उप–महानगरपालिका र जानकी गाउँपालिका संयोजकमा भीमजंग शाह, सदस्यमा भद्रसिंह थापा, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका संयोजकमा युवराज शाही, सदस्यहरुमा भोजबहादुर शाही र सिद्धार्थ खत्री रहेका छन् । डुडुवा, राप्तीसोनारी र नरैनापुर समन्वय उप–समितिमा पलसिंह खत्री संयोजक, सदस्यमा शंकर परियार, खडक खत्री, कमल केसी रहेका छन् । 

प्रतियोगिताको समारोह उप–समिति संयोजकमा ओमप्रकाश केसी, सदस्यमा बासु भण्डारी, नागिन श्रेष्ठ रहेका छन् । अनुशासन उप–समिति संयोजकमा गोवद्र्धनसिंह सम्झना, सदस्यमा गोबिन्दप्रसाद श्रेष्ठ, निजामुद्दिन सिद्धिकीलाई जिम्मेवारी दिइएको छ । स्वास्थ्य उप–समिति संयोजकमा दिपेन्द्र घले, सदस्यहरुमा तरिन्द्रबहादुर थापा, इन्द्र बहादुर राना रहेका छन् ।
प्रतियोगिता माघ ६ देखि १४ गतेसम्म नेपालगञ्जमा हुनेछ । बाँके जिल्लामा रहेका ८ वटा स्थानीय तहमा रहेका विद्यालयहरुको छात्र-छात्रा टिमहरुले सहभागिता जनाउने प्रतियोगिता आयोजना गर्न नेपालगञ्ज उप–महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । 

प्रतियोगितामा करिब ४० विद्यालयहरुको सहभागिता रहने प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष चन्दले बताए । बाँके जिल्ला फुटलल संघले विगतका वर्षमा मेयर कप जिल्ला स्तरीय छात्र–छात्रा प्रतियोगिता आयोजना गर्दै आएको थियो । कोभिड–१९ का कारण दुई वर्ष प्रतियोगिता हुन सकेको थिएन । यो प्रतियोगिताले विद्यालयस्तरबाट फुटबल खेलाडी उत्पादनमा सहयोग गर्ने अखिल नेपाल फुटलब संघका केन्द्रिय सदस्य एवम् बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए । 

नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट फुटबल टे«निङ सेन्टरमा प्रतियोगिताका खेलहरु हुनेछन् । प्रतियोगिताको विजेता टिमले २१ हजार, उपविजेताले ११ हजार र सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने संघले जनाएको छ । 
 


प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १९:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज १० नाइट रनका विजेतालाई थाइल्याण्डको बाङ्सेन रनमा अवसर
नेपालगञ्ज १० नाइट रनका विजेतालाई थाइल्याण्डको बाङ्सेन रनमा अवसर
नेपालगन्ज १० नाइट रनमा यस वर्ष रिले दौड पनि समावेश
नेपालगन्ज १० नाइट रनमा यस वर्ष रिले दौड पनि समावेश
नेपालगञ्ज नाइट रन अब 'एम्स' मा आबद्ध, अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने नेपालको चौथो दौड
नेपालगञ्ज नाइट रन अब 'एम्स' मा आबद्ध, अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने नेपालको चौथो दौड
नेपालगञ्ज न्यूरोडमा 'गौतम बुद्ध ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टर' सञ्चालन
नेपालगञ्ज न्यूरोडमा 'गौतम बुद्ध ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टर' सञ्चालन
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP