Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • किशोरसिंह राठौर यु–१६ कप क्रिकेटको उपाधि मंगलप्रसाद माविलाई
किशोरसिंह राठौर यु–१६ कप क्रिकेटको उपाधि मंगलप्रसाद माविलाई
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस २५, २०८० बागेश्वरी पोस्ट
किशोरसिंह राठौर यु–१६ कप क्रिकेटको उपाधि मंगलप्रसाद माविलाई

नेपालगञ्ज । मंगलप्रसाद माविले प्रथम किशोरसिंह राठौर यु–१६ कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । घरेलु मैदानमा मंगलप्रसाद माविले नेपालगञ्ज मोडेल एकेडेमीलाई ४ विकेटले हराउँदै उपाधि जितेको हो ।

बुधबार टस जितेर सुरुआतमा ब्याटिङ गरेको नेपालगञ्ज मोडेलले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १७ रन बनाएको थियो । टोलीका लागि सुमित विष्टले २४ रन, विवेक पुन मगरले १५ रन र रोजिन पुन मगरले १३ रन बनाए ।

मंगलका अजय केवट र समिर कसगरले २–२ विकेट लिए। फरहान खानले १ विकेट लिएका थिए । १ सय १८ रनको विजयी लक्ष्य मंगलप्रसादले १७ ओभरमा ६ विकेटको नोक्सानीमा पूरा गरेको थियो । प्लेयर अफ द फाइनल फरहान शेखले २९ रन, अबु सहिमा शेखले २० रन र अजय केवटले ११ रनको योगदान गरेका थिए । नेपालगञ्ज मोडेलका सुमित विष्टले २ विकेट, निश्चल पुन र रियाजुद्धिन खानले १–१ विकेट लिए ।

प्रतियोगितामा आइडियल पब्लिक स्कुलका समिर अन्सारी प्लेयर अफ द टुर्नामेन्ट र उत्कृष्ट बलर घोषित भएका छन् । मंगलप्रसाद उच्च माविका साहिल शेख उत्कृष्ट ब्याटसम्यान, मंगलकै अबु सहिमा शेख उत्कृष्ट फिल्डरको रुपमा पुरस्कृत भए ।

विजयी खेलाडीलाई नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौंर, लुम्बिनी प्रदेश सभासद माया पुन, सन्जु चौधरी, मिना सिद्धिकी, सुशिला नेपाली, लुम्बिनी प्रदेशका पूर्व सांसद याकुब अन्सारी, जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ, खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल, बाँके जिल्ला खेलकुद विकास समिति अध्यक्ष सन्दिपजंग शाह, आयोजक ज्योति  स्पोर्ट्स  एकेडेमीका अध्यक्ष सिद्धान्तजंग शाही लगायतले पुरस्कृत गरेका थिए ।

ज्योति स्पोर्ट्स एकेडेमीले आयोजना गरेको प्रतियोगितामा बाँकेका १६ विद्यालयको टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताको समूह ‘ए’ मा जिभिएन, एबिसी, ड्रिमल्यान्ड, सेन्ट जेभिर्यस, फुल्टेक्रा मावि, श्रीचन्द्र मेवालाल र मंगलप्रसाद मावि रहेका थिए ।

यसैगरी समूह ‘बी’ मा सिद्धार्थ विद्या सदन, जय बागेश्वरी मावि, ब्राइटल्यान्ड, नेपालगञ्ज मोडेल एकेडेमी, पशुपति हाइस्कुल, आदर्श, मोडर्न, महेन्द्र र आइडियल पब्लिक थिए । विजेताले ५० हजार, उपविजेताले ३० हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर, उत्कृष्ट ब्याट्सम्यानले नगद पुरस्कार पाए ।
 


प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १९:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP