prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, कात्तिक ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • आदर्शको 'स्पोर्ट्स विक' आजदेखि सुरु
आदर्शको 'स्पोर्ट्स विक' आजदेखि सुरु
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ ३, २०८० बागेश्वरी पोस्ट
आदर्शको 'स्पोर्ट्स विक' आजदेखि सुरु

नेपालगञ्ज । नेपालगञ्जस्थित आदर्श माध्यमिक विद्यालयको 'स्पोर्ट्स विक' आजदेखि सुरु भएको छ । विद्यालयको बार्षिक खेलकुद कार्यक्रम अन्तर्गत आयोजित तीन दिने 'स्पोर्ट्स विक'को नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजालले उद्घाटन गरेका छन् । वडा नम्बर १ धम्बोझीस्थित एन्फा ग्रासरुट फुटबल ट्रेनिङ सेन्टरमा झण्डोत्तलन गरेर रिजालले 'स्पोर्ट्स विक'को उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष रिजालले शिक्षासंगै खेलकुदलाई पनि अगाडि लिएर जान जरुरी रहेको बताए । शारीरिक र मानसिकरुपले स्वस्थ मानिसले मात्र देश विकासमा टेवा पुर्याउन सक्ने भन्दै उनले त्यसका लागि सबैभन्दा उत्तम माध्यम खेलकुद भएको बताए । "खेलकुदलाई आदर्शले निरन्तररुपमा महत्व दिँदै आएको छ, म आदर्शलाई धन्यवाद दिन चाहन्छु," उनले भने-"भोलि यिनै भाइबहिनीहरुबाट नै देशले प्रतिभावान खेलाडी पाउने हो, यो राम्रो अवसर हो ।" रिजालले आफू धम्बोझीलाई खेलकुदको हब बनाउन लागिपरेको बताउँदै अहिलेसम्म धेरै संरचनाहरु निर्माण भइसकेको र केही निर्माणको चरणमा रहेको जानकारी दिए ।

आदर्श माध्यमिक विद्यालयका चिफ डाइरेक्टर ईश्वर पोखरेलले विद्याथीहरुमा अन्तरनिहित क्षमतालाई उजागर गर्न हरेक बर्ष 'स्पोर्ट्स विक' आयोजना गर्दै आएको बताए । एकेडेमिक एडभाइजर प्रकाश लामिछानेले विद्यार्थीहरुमा रहेको खेलप्रतिको उत्साह र जाँगरलाई मूर्तरुप दिन खेलकुदजन्य क्रियाकलाप आदर्शको प्राथमिकतामा पर्दै आएको बताए ।

विद्यालयका सहायक प्राचार्य टंक गौतमले सहजीकरण गरेको कार्यक्रममा विद्यालयकी कोर्डिनेटर अञ्जली जैनले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन् । उद्घाटन कार्यक्रममा आदर्शका संस्थापक सदस्य एवम् सनविनका डाइरेक्टर पवन गौतम, ब्याडमिन्टन प्रशिक्षक जनार्दन रत्न मल्ल, भलिबलका पूर्व खेलाडी एवम् प्रशिक्षक सञ्जय शर्मा उपाध्याय, विद्यार्थी, शिक्षक लगायत उपस्थित थिए । 

पाठ्यक्रममा आधारित नियमित अध्यापनसंगै अतिरिक्त क्रियाकलापहरुमा पनि विद्यार्थीहरुको लगाब प्रबद्र्धन गर्न विद्यालयले बार्षिकरुपमा 'स्पोर्ट्स विक' गर्दै आएको सहायक प्राचार्य टंक गौतमले बताए । लंगजम्प, खोखो, व्याडमिन्टन, फूटबल, १०० मिटर दौड, ८०० मिटर दौड, १५०० मिटर दौड, ३००० मिटर दौड, सांगितिक कुर्सी दौड, पिरामिड दौड लगायतका इभेन्ट 'स्पोर्ट्स विक'मा समावेश गरिएको छ । पुरुष शिक्षकहरुका लागि फुटबल र महिला शिक्षकका लागि सांगितिक कुर्सी दौड पनि राखिएको छ ।

नेपालगञ्ज-१० सुर्खेतरोडमा अवस्थित आदर्श माध्यमिक विद्यालय यस क्षेत्रको अग्रणी निजी विद्यालय मानिन्छ । अभिभावकहरुको रोजाईमा पर्दै आएको शिक्षण सिकाईमा अब्बल मानिएको आदर्शले अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्टता हासिल गर्दै आएको छ । 


प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १५:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
बाँकेमा आइतबारदेखि निजी विद्यालय संचालन हुने
बाँकेमा आइतबारदेखि निजी विद्यालय संचालन हुने
जेन-जी प्रदर्शनः प्याब्सन बाँकेद्वारा शोकमा मंगलबार निजी विद्यालय बन्दको घोषणा
जेन-जी प्रदर्शनः प्याब्सन बाँकेद्वारा शोकमा मंगलबार निजी विद्यालय बन्दको घोषणा
'मोहम्मद डे' मा शुक्रबार नेपालगन्जका विद्यालयमा विदा
'मोहम्मद डे' मा शुक्रबार नेपालगन्जका विद्यालयमा विदा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP