नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालगञ्जमा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सुरु
नेपालगञ्जमा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सुरु
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, माघ ११, २०८० बागेश्वरी पोस्ट
नेपालगञ्जमा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सुरु

नेपालगञ्ज । नेपालगञ्जमा आजदेखि प्रथम नेपालगञ्ज कप राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । नेपालगञ्जमा २५ वर्षपछि राष्ट्रिय स्तरको व्याडमिन्टन प्रतियोगिता आयोजना भएको हो । यसअघि नेपालगञ्जमा २०५५ सालमा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता भएको थियो । त्यसयता व्याडमिन्टनको राष्ट्रिय प्रतियोगिता सञ्चालनमा आएको थिएन । करिव २५ वर्षपछि नेपालगञ्जमा राष्ट्रिय स्तरको व्याडमिन्टन प्रतियोगिता गरिएसंगै बाँकेमा व्याडमिन्टनको सम्भावना खोजिँदैछ ।

लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले एक समारोहका बीच आज प्रतियोगिताको औपचारिक रूपमा उद्घाटन गरे । बाँके जिल्ला व्याडमिन्टन संघको आयोजना तथा प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशको मुख्य प्रायोजनमा प्रतियोगिता सञ्चालन गरिएको हो । नेपालगञ्ज रंगशालास्थित कवर्ड हलमा सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका सदस्य सचिव भट्टराईले नयाँ पुस्ताको व्याडमिन्टनप्रति आकर्षण बढाउन र खेलिरहेका खेलाडीलाई टिकाउन प्रतियोगिता कोषेढुङ्गा सावित हुने बताए ।

बाँके जिल्ला व्याडमिन्टन संघका अध्यक्ष संजय थापाले प्रतियोगितामा देशभरबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियसहित करिब २ सय ५० जना खेलाडी सहभागी भएको बताए । तीन दिनसम्म हुने प्रतियोगितामा करिब २२ लाख खर्च हुने अध्यक्ष थापाले जानकारी दिए । अध्यक्ष थापाले पछिल्ला वर्षहरुमा खेलाडीहरुको उपस्थिति कम हुदैँ गएपछि नयाँ पुस्ताका खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।

माघ १३ गतेसम्म चल्ने प्रतियोगितामा पाँच वटा विधा राखिएको छ । जसमा पुरुष एकल खुल्ला, पुरुष युगल, महिला एकल, पुरुष युगल ‘बी लेभल’ र ४५ प्लस भेट्रान्स डबल्स रहेको छ । प्रतियोगितामा अम्पायर ११ जना, लाइन जज २५ जना, म्याच रेफ्री २ जना र प्राबिधिक निर्देशक १ जना सहभागी भएको पनि थापाले बताए । प्रतियोगिताका विजेता खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद पुरस्कारको ब्यवस्था गरिएको आयोजक बाँके जिल्ला व्याडमिन्टन संघले जनाएको छ । आयोजकका अनुसार पुरुष एकलका विजेताले नगद ७० हजार, दोस्रोले ३५ हजार तथा तेस्रो हुनेले १५/१५ हजार पाउनेछन् ।

महिला एकलका विजेताले ६० हजार, दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुनेले १५/१५ हजार प्राप्त गर्नेछन् । पुरुष युगलका विजेताले नगद ५० हजार, दोस्रोले २५ हजार तथा तेस्रो हुनेले १५/१५ हजार पाउनेछन् । यस्तै पुरुष युगल (बी लेभल) ले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १०/१० हजार पाउनेछन । यसैगरी पुरुष युगल (भेट्रान्स ४५ प्लस) का विजेताले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १०/१० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

मुख्य रेफ्री किरण कारञ्जितका अनुसार प्रतियागिताको पहिलो दिन पहिलो र दोस्रो चरणका ६७ खेल सम्पन्न भएका छन् भने भोली शुक्रबार प्रिक्वाटर र क्वाटर फाइनलका खेलहरु बिहान ८ः३० बजेदेखि सञ्चालन हुनेछ । 


प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  २०:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP