Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • भोलिदेखि नेपालगञ्जमा मेयर कप फुटबल सुरु हुँदै
भोलिदेखि नेपालगञ्जमा मेयर कप फुटबल सुरु हुँदै
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ १२, २०८० बागेश्वरी पोस्ट
भोलिदेखि नेपालगञ्जमा मेयर कप फुटबल सुरु हुँदै

नेपालगञ्ज । नेपालगञ्जमा आजदेखि मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिता सुरु हुने भएको छ । बाँके जिल्ला फुटबल संघको आयोजना र नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा सुरु हुन लागेको प्रतियोगिता माघ २४ गतेसम्म चल्नेछ । भोलि उद्घाटन हुने प्रतियोगिता सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष निर्मल चन्दले बताए । 

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट टे«निङ सेन्टरको मैदानमा हुने प्रतियोगितामा बाँके जिल्लाका विभिन्न ८ स्थानीय तहका २८ वटा पुरुष फुटबल टिमको सहभागिता रहेको छ । महिला टिमहरुको न्यून सहभागिता भएका कारण दर्ता समय थप लम्ब्याइएको संघले जनाएको छ । 

कोभिडपछि पहिलोपटक हुन लागेको विद्यालय स्तरको प्रतियोगिताले बाँके जिल्लामा नयाँ प्रतिभावान खेलाडी उत्पादनमा सहयोग गर्ने आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले बताए । बाँके जिल्ला फुटबल संघ सक्रिय भएर फुटबलको विकासमा लागिरहेको अध्यक्ष शाहीले बताए । आगामी दिनमा क्रमशः प्रतियोगितासँगै अन्य थुप्रै कार्यक्रमहरु आयोजना गर्ने तयारी भइरहेको उनको भनाई छ । 

भोलि प्रतियोगिताको उद्घाटन दिनमा डिफेण्डिङ च्याम्पियन पशुपति मावि राँझा र कोहलपुरको बागेश्वरी एकेडेमीबीच प्रतिष्पर्धा हुनेछ ।  छात्रतर्फ प्रतियोगिताको समूह ‘ए’ मा पशुपति मावि राँझा, बागेश्वरी एकेडेमी, मंगलप्रसाद मावि, जय बागेश्वरी इंग्लिश मिडियम स्कुल, होलिल्याण्ड मावि, ड्रिमल्याण्ड इंग्लिश मिडियम स्कुल, लक्ष्मी मावि बर्दहवा, एबिसी रेसिडेन्टल, जिभिएन कलेज, नेपालगञ्ज सेन्ट जेभियर्स, धम्बोझी मावि, आदर्श मावि खजुरा, सेन्ट थोमस र ग्रिनपिस मावि रहेका छन् । 

प्रतियोगिताको समूह ‘बी’ मा नेपालगञ्ज मोडेल एकेडेमी, जीवन ज्योती स्कुल, मोडर्न पब्लिक स्कुल, डाइनामिक मावि कोहलपुर, ब्राइटल्यान्ड स्कुल, राम जानकी मावि कोहलपुर, राम मावि हवलदारपुर, सुर्योदय मावि बैजानाथ, अमर मावि सि गाउँ, ब्राइटल्याण्ड कलेज, बाल विद्या मावि, कृष्ण मावि कोहलपुर र सनविम स्कुल नेपालगञ्ज रहेका छन् । 

प्रतियोगिताको विजेता छात्र–छात्रा टिमले समान रुपमा २१ हजार र उपविजेताले ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने प्रतियोगिता संयोजक चन्दले बताए । 
 


प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १९:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP