Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालगञ्ज कप राष्ट्रिय ब्याडमिन्टनको उपाधि प्रिन्स दाहाललाई
नेपालगञ्ज कप राष्ट्रिय ब्याडमिन्टनको उपाधि प्रिन्स दाहाललाई
RSG-2
महिलातर्फको उपाधि आर्मीकी रसिलाले जितिन्
बागेश्वरी पोस्ट
शनिबार, माघ १३, २०८० बागेश्वरी पोस्ट
नेपालगञ्ज कप राष्ट्रिय ब्याडमिन्टनको उपाधि प्रिन्स दाहाललाई

नेपालगञ्ज । प्रथम नेपालगञ्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि एपिएफका प्रिन्स दाहालले हात पारेका छन् । आज नेपालगञ्ज रंगशालास्थित कर्वड हलमा सम्पन्न फाइनल खेलमा दाहालले नेपाल आर्मीका कविर केसीलाई २१–७, २१–१४ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पार्न सफल भए । नेपाल प्रहरीका जीवन आचार्य र एपीएफका अमन महर्जन तेस्रो भए । सेमिफाइनलमा दाहालले नेपाल प्रहरीका जीवनलाई २१–१६, २१–१२ ले तथा नेपाल आर्मीका कविर केसीले एपीएफका अमनलाई २१–१७, २१–५ ले पराजित गर्दै फाइनल प्रबेश गरेका थिए । 

यसैगरी महिला एकलतर्फ नेपाल आर्मीकी रसिला महर्जनले एपीएफकी शोभा गौचनलाई २१–१०, २१–८ को सोझो सेटमा पराजित गर्दै उपाधि जितिन् भने नेपाल प्रहरीकी नीता लम्साल र कैलालीकी एलिना सुनार तेस्रो भए । यस्तै पुरुष युगलतर्फ एपीएफका प्रिन्स दाहाल र बिजित थापामगरको जोडी प्रथम भयो । सो जोडीले एपीएफका क्षितिज खनाल र देवराज रानाको जोडीलाई २१–१४, २१–११ को सोझो सेटमा पराजित गरेको थियो । एपीएफका अमन महर्जन र रोशन साउदको जोडी तथा नेपाल प्रहरीका जीवन आचार्य र विष्णु कटवालको जोडी तेस्रो भएको थियो ।

यसैगरी पुरुष युगल (बी लेभल) तर्फ सुर्खेतका राजेन्द्र बम र खगेन्द्र खत्रीको जोडी प्रथम भयो । सो जोडीले सेमिफाइनलमा धनगढीका भरत चन्द र दिनेश थापा मगरको जोडीलाई २१–१७, २३–२१ ले पराजित गरेको थियो । नेपाल प्रहरीको चक्रबहादुर डम्बरपाल र अविक श्रेष्ठको जोडी तथा गुलरियाका शरद खड्का र अनुपम न्यौपानेको जोडी तेस्रो भए । त्यस्तै पुरुष युगल (भेट्रान्स ४५ प्लस) तर्फ  बाँकेको जयन्त श्रेष्ठ र अनिल लाखेको जोडी प्रथम भयो । श्रेष्ठ र लाखेको जोडीले होटल स्टारलाइटका हरि खत्री र राजकुमार पोखरेलको जोडीलाई २२–२०, २१–१६ सोझो सेटमा पराजित गर्दै प्रथम भएका हुन् । बुटवलका वीरेन्द्र विष्ट र रितेश थापाको जोडी तथा बाँकेका अरुण गौतम र अभयलाल श्रेष्ठको जोडी तेस्रो भयो ।

आयोजकका अनुसार पुरुष एकलका विजेताले नगद ७० हजार, दोस्रोले ३५ हजार तथा तेस्रो हुनेले १५/१५ हजार नगद प्राप्त गरेका छन् । यस्तै महिला एकलका विजेताले ६० हजार, दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुनेले १५/१५ हजार प्राप्त गरे भने पुरुष युगलका विजेताले नगद ५० हजार, दोस्रोले २५ हजार तथा तेस्रो हुनेले १५/१५ हजार प्राप्त गरे । यस्तै पुरुष युगल (बी लेभल) ले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १०/१० हजार प्राप्त गरे । यसैगरी पुरुष युगल (भेट्रान्स ४५ प्लस) का विजेताले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १०/१० हजार रुपैयाँ प्राप्त गरेको आयोजक बाँके जिल्ला व्याडमिन्टन संघका अध्यक्ष संजय थापाले जानकारी दिए ।

समापन समारोहका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका मुख्य सचेतक जन्मजय तिमिल्सिना, नेपालगञ्जका कार्यबाहक मेयर कमरुद्दिन राई, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, प्रदेश खेलकुद परिषद लुम्बिनी प्रदेशका सदस्य सचिव जयप्रकाश भट्टराई, प्रदेश खेलकुद परिषद लुम्बिनी प्रदेशका सदस्य नरेन्द्र थापा, जिल्ला खेलकुद बिकास समिति बाकेका अध्यक्ष सन्दिप जंग शाह, प्रमुख रेफ्री किरण करञ्जित लगायतले विजेता खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरेका थिए ।
 


प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  २१:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP