नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • मेयर कप फुटबलःनेपालगञ्ज मोडेल एकेडेमी, जय बागेश्वरी, मोडर्न र ड्रिमल्यान्ड विजयी
मेयर कप फुटबलःनेपालगञ्ज मोडेल एकेडेमी, जय बागेश्वरी, मोडर्न र ड्रिमल्यान्ड विजयी
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, माघ १४, २०८० बागेश्वरी पोस्ट
मेयर कप फुटबलःनेपालगञ्ज मोडेल एकेडेमी, जय बागेश्वरी, मोडर्न र ड्रिमल्यान्ड विजयी

नेपालगञ्ज । नेपालगञ्जमा भइरहेको मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिता–२०८० मा आज नेपालगञ्ज मोडेल एकेडेमी, जय बागेश्वरी हाइस्कुल, मोडर्न पब्लिक र ड्रिमल्याण्ड हाइस्कुलले जीत हासिल गरेका छन् । 

नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट टे«निङ सेन्टरमा भएको खेलमा नेपालगञ्ज मोडेल एकेडेमीले कोहलपुरको जीवनज्योति स्कुललाई ७–१ ले सहजै पराजित गरेको छ । नेपालगन्ज मोडेलका लागि बिनोद शाही र रबु मल्लले ह्याट्रिक गरे । बिनोदले खेलको २०औं, ३५औं र ६०औं मिनेटमा गोल गरेका थिए । नेपालगञ्ज मोडेलकै रबु मल्लले ९औं मिनेट, १७ औं मिनेट र ४५औं मिनेटमा गोल गरेका थिए भने खेलको सुरुवातमा रुपेश बोहराले ३ मिनेटमा गोल गरे । जीवनज्योती स्कुलका कृस केसीले १३औं मिनेटमा सान्त्वना गोल गरे । उक्त खेलमा नेपालगञ्ज मोडेल एकेडेमीका रबु मल्ल म्यान अफ द म्याच घोषित भए । उनलाई एचसीआरसी हस्पिटलका व्यवस्थापक रमेश सिटौलाले पुरस्कृत गरे । 

आजको दोस्रो खेलमा जय बागेश्वरीले मंगलप्रसाद माविलाई टाइब्रेकरमा ३–१ ले हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । मंगलका अभिशेक विकले सुरुवातको २ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको अन्त्यतिर ५७औं मिनेटमा भएको आत्मघाती गोलका कारण खेल बराबरी हुन पुगेको थियो । टाइब्रेकरमा जय बागेश्वरीका अभिशेक राजवंशी, उत्कर्ष साउद र विजय चौधरीले गोल गरे । यता मंगलका अभिशेक विकले मात्र गोल गरेका थिए । खेलमा म्यान अफ द म्याच हुन सफल जय बागेश्वरीका गोलकिपर पवित्र थारुलाई रामजानकी गोकुलेश्वर महादेव मन्दिर व्यवस्थापन समिति अध्यक्ष एवम् नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १ का वडा सदस्य जगमोहन कादुले पुरस्कृत गरे । 

तेस्रो खेलमा मोडर्न पब्लिक स्कुलले डाइनामिक स्कुललाई १–० ले पराजित गरेको छ । मोडर्नको जीतमा प्रतिक विष्टले ४९औं मिनेटमा निर्णायक गोल गरे । खेलमा मोडर्नका कप्तान विवेक विष्ट म्यान अफ द म्याच घोषित भए । उनलाई धम्बोझी क्लबका अध्यक्ष तारामान कुँवरले पुरस्कृत गरे । आजको चौथो खेलमा ड्रिमल्याण्ड स्कुलले होलील्याण्डलाई ३–० ले हरायो । ड्रिमल्याण्डको जीतमा विवश न्यौपानेले २४औं मिनेट, सुनिल थापाले ४९औं मिनेट र अजित पुन मगरले ५८औं मिनेटमा गोल गरेका थिए । खेलमा म्यान अफ द म्याच हुन सफल ड्रिमल्याण्डका विवश न्यौपानेलाई नेपालगञ्ज उप–महानगरपालिकाका निवर्तमान उप–मेयर उमा थापाले पुरस्कृत गरिन् ।

बाँके जिल्ला फुटबल संघको आयोजना र नेपालगञ्ज उप–महानगरपालिकाको सहयोगमा भइरहेको प्रतियोगितामा २८ छात्र टिमको सहभागिता रहेको छ । प्रतियोगिताको छात्रतर्फ समूह ‘ए’ मा पशुपति मावि राँझा, बागेश्वरी एकेडेमी, मंगलप्रसाद मावि, जय बागेश्वरी स्कुल, होलील्याण्ड मावि, ड्रिमल्याण्ड स्कुल, लक्ष्मी मावि बर्दहवा, एबिसी रेसिडेन्सियल, जिभिएन कलेज, नेपालगञ्ज सेन्ट जेभियर्स, धम्बोझी मावि, आदर्श मावि खजुरा, सेन्ट थोमस र ग्रिनपिस मावि रहेका छन् । 

प्रतियोगिताको समूह ‘बी’ मा नेपालगञ्ज मोडेल एकेडेमी, जीवन ज्योती स्कुल, मोडर्न पब्लिक स्कुल, डाइनामिक मावि कोहलपुर, ब्राइटल्याण्ड स्कुल, राम जानकी मावि कोहलपुर, राम मावि हवलदारपुर, सुर्योदय मावि बैजनाथ, अमर मावि सि गाउँ, ब्राइटल्याण्ड कलेज, बाल विद्या मावि, कृष्ण मावि कोहलपुर र सनविम स्कुल नेपालगञ्ज रहेका छन् । प्रतियोगिताको विजेता छात्र–छात्रा टिमले समान रुपमा २१ हजार र उपविजेताले ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने प्रतियोगिता संयोजक चन्दले बताए । 
 


प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  २०:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP