prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • मेयर कप फुटबलः राम जानकी, लक्ष्मी र सुर्योदय मावि विजयी
मेयर कप फुटबलः राम जानकी, लक्ष्मी र सुर्योदय मावि विजयी
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ १५, २०८० बागेश्वरी पोस्ट
मेयर कप फुटबलः राम जानकी, लक्ष्मी र सुर्योदय मावि विजयी

नेपालगञ्ज । राम जानकी मावि कोहलपुर, लक्ष्मी मावि बर्दहवा र सुर्योदय मावि चिसापानीले नेपालगञ्जमा भइरहेको मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिता–२०८० मा आज जीत हासिल गरेका छन् । 

नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट टे«निङ सेन्टरमा भएको खेलमा राम जानकी माविले सहजै ब्राइटल्याण्ड स्कुललाई ११–१ ले पराजित गरेको छ । राम जानकीको तर्फबाट महेश विकले ह्याट्रिक गरे । उनले खेलको ११औं, ४०औं र ४७औं मिनेटमा गोल गरेका थिए । राम जानकीको लागि अमित थापाले दुई गोल गरे । उनले १४औं र ३२औं मिनेटमा गोल गरे । टोलीका लागि अनिल कुमार मगरले २५औं र ३४औं मिनेटमा गरी दुई गोल गरे । यसैगरी रामजानकीका लागि रिजन कठायतले २०औं मिनेट र गणेश आलेले २६औं मिनेटमा गोल गरे ।

ब्राइटल्याण्डको तर्फबाट तीन मिनेटमा एउटा आत्मघाती गोल भएको थियो । यसैगरी रामजानकीका खेलाडीले ४५औं मिनेटमा आत्मघाती गोल गरेका थिए । खेलमा ह्याट्रिक गोल गरेको रामजानकीका महेश विक खेलको म्यान अफ द म्याघ घोषित भए । खेलको म्यान अफ द म्याच बन्न सफल महेश विकलाई राप्रपा नेपालका सहायक महामन्त्री, बुद्ध युवा क्लबका अध्यक्ष तथा पुर्व राष्ट्रिय खेलाडी तेज बिक्रम शाह र ठूली भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष खड्काले पुरस्कृत गरे । 

अर्को खेलमा लक्ष्मी माविले एविसी रेसिडेन्सियल स्कुललाई ३–२ ले पराजित गरेको छ । खेलमा लक्ष्मीका आर्यन केसीले १३औं र २३औं मिनेटमा गरी दुई गोल र अभिनन्दन शाहीले ३६औं मिनेटमा गोल गरे । एविसीका लागि सुजन ओलीले दुई मिनेट र आठ मिनेटमा गोल गरेका थिए । खेलमा लक्ष्मीका आर्यन केसी म्यान अफ द म्याच घोषित भए । केसीलाई संविधानसभा सदस्य, नेपाली कांग्रेसका केन्द्रिय सदस्य, नेपालगञ्ज आयुर्वेद जनरल हस्पिटल र नेपालगञ्ज हेल्थ क्याम्पसका अध्यक्ष मैकुलाल वाल्मिकीले पुरस्कृत गरे । 

आजै भएको तेस्रो खेलमा सुर्योदय मावि चिसापानीले राम मावि कोहलपुरलाई ४–० ले पराजित गरेको छ । सुर्योदयको जीतमा सम्राट सुनारले ३२औं र ५४औं मिनेटमा गोल गरे । टोलीका लागि क्षितिज बुढाले चार मिनेट र पुरन थापाले ४०औं मिनेटमा गोल गरेका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुर्योदयका कप्तान विपन बुढा म्यान अफ द म्याच घोषित भए । म्यान अफ द म्याच बन्न सफल विपन बुढालाई नेपाल इ–रिक्सा व्यवसायी संघ बाँके अध्यक्ष कुमार सिंह ठकुरी र खेलपाटी डटकमका सम्पादक हिमबिक्रम केसीले पुरस्कृत गरे । 


बाँके जिल्ला फुटबल संघको आयोजना र नेपालगञ्ज उप–महानगरपालिकाको सहयोगमा भइरहेको प्रतियोगितामा २८ छात्र टिमको सहभागिता रहेको छ । 
प्रतियोगिता अन्तर्गत भोलि पहिलो खेलमा जिभिएन कलेज र नेपालगञ्ज सेन्ट जेभियर्स (११ः३० बजे), अमर मावि सिगाउँ र आदर्श इंग्लिश मिडियम स्कुलबीच दोस्रो खेल (१ः०० बजे) हुनेछ । भोलिको तेस्रो खेलमा धम्बोझी मावि र आदर्श मावि खजुरा बीच (२ः३० बजे) प्रतिस्पर्धा हुनेछ । 
 


प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  २०:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज १० नाइट रनका विजेतालाई थाइल्याण्डको बाङ्सेन रनमा अवसर
नेपालगञ्ज १० नाइट रनका विजेतालाई थाइल्याण्डको बाङ्सेन रनमा अवसर
नेपालगन्ज १० नाइट रनमा यस वर्ष रिले दौड पनि समावेश
नेपालगन्ज १० नाइट रनमा यस वर्ष रिले दौड पनि समावेश
नेपालगञ्ज नाइट रन अब 'एम्स' मा आबद्ध, अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने नेपालको चौथो दौड
नेपालगञ्ज नाइट रन अब 'एम्स' मा आबद्ध, अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने नेपालको चौथो दौड
नेपालगञ्ज न्यूरोडमा 'गौतम बुद्ध ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टर' सञ्चालन
नेपालगञ्ज न्यूरोडमा 'गौतम बुद्ध ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टर' सञ्चालन
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP