prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • मेयर कप फुटबलःसेन्ट जेभियर्स, आदर्श नेपालगञ्ज र आदर्श मावि खजुरा विजयी
मेयर कप फुटबलःसेन्ट जेभियर्स, आदर्श नेपालगञ्ज र आदर्श मावि खजुरा विजयी
banijya office
बागेश्वरी पोस्ट
मंगलबार, माघ १६, २०८० बागेश्वरी पोस्ट
मेयर कप फुटबलःसेन्ट जेभियर्स, आदर्श नेपालगञ्ज र आदर्श मावि खजुरा विजयी

नेपालगञ्ज । नेपालगञ्ज सेन्ट जेभियर्स स्कुल, आदर्श मावि नेपालगञ्ज र आदर्श मावि खजुरा ‘डि’ गाउँले मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगितामा आज जीत हासिल गरेका छन् ।

nepalgunj 081-082

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट टे«निङ सेन्टरमा भएको खेलमा नेपालगञ्ज सेन्ट जेभियर्स स्कुलले नेपालगञ्जको जिभिएन कलेजलाई २–० ले पराजित गरेको छ । नेपालगञ्ज सेन्ट जेभियर्सका लागि दुबै गोल सुमित थापाले गरेका थिए । दुबै गोल पेनाल्टीमा भएको थियो । सुमितले २८औं र ४६औं मिनेटमा गोल गरेका थिए । खेलको दौरान रेफ्रीले गरेको निर्णयप्रति असमति जनाउँदै जिभिएन कलेजका प्रशिक्षक, व्यवस्थापक र प्रिन्सिपलले करिब १ घण्टा खेलमा अबरोध पु¥याएका थिए । जिभिएनका कप्तान आर्यन तामाङले डिबक्स एरियामा हातले बल रोकेपछि रेफ्री अमर घलेले उनलाई रातो कार्ड दिँदै पेनाल्टीको इशारा गरेका थिए । रेड कार्ड पाएर कप्तान आर्यन मैदान बाहिर निस्कने बेला जिभिएनका प्रशिक्षक, व्यवस्थापक र प्रिन्सिपलले खेल भावना विपरित रेफ्रीको निर्णयप्रति असन्तुष्ट हुँदै मैदानमा प्रवेश गरेका थिए । पछि प्रहरीले उनीहरुलाई मैदानबाट बाहिर लगेको थियो । उक्त खेलमा नेपालगञ्ज सेन्ट जेभियर्सका सुमित म्यान अफ द म्याच घोषित भए । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुजन बिक्रम शाह र निरञ्जन घिमिरेले पुरस्कृत गरे । 

यसैगरी आजको दोस्रो खेलमा आदर्श मावि नेपालगञ्जले अमर मावि ‘सी’ गाउँलाई ८–० को फराकिलो अन्तरले हराएको छ । खेलमा आदर्शका मनिष खड्काले ४, २८, ५३ र ६०औं मिनेटमा गोल गरेका थिए । समिर श्रेष्ठले ११औं र ३३औं मिनेटमा, जेनिस बोहराले ४५औं मिनेट र सन्तोष बुढामगरले ६०औं मिनेटमा गोल गरेका थिए । खेलमा चार गोल गर्ने आदर्शका कप्तान मनिष म्यान अफ द म्याच घोषित भए । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक नारायण डाँगीले पुरस्कृत गरे । 

आजै भएको तेस्रो खेलमा आदर्श मावि खजुरा ‘डी’ गाउँले धम्बोझी मावि नेपालगञ्जलाई २–० ले पराजित गरेको छ । आदर्शका लागि कप्तान इन्द्र्रजित सुनारले ३२औं र ४४औं मिनेटमा गोल गरेका थिए । खेलमा दुई गोल गर्ने इन्द्रजीत म्यान अफ द म्याचबाट पुरस्कृत भए । उनलाई नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष तरुण बज्राचार्यले पुरस्कृत गरे । 

बाँके जिल्ला फुटबल संघको आयोजना र नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा भइरहेको प्रतियोगितामा २८ छात्र टिमको सहभागिता रहेको छ । 
 


प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  २१:४६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP