नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • डाँफे कप फुटबलमा धम्बोझी र न्यू दर्पण स्पोर्ट्स क्लब विजयी
डाँफे कप फुटबलमा धम्बोझी र न्यू दर्पण स्पोर्ट्स क्लब विजयी
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ १७, २०८० बागेश्वरी पोस्ट
डाँफे कप फुटबलमा धम्बोझी र न्यू दर्पण स्पोर्ट्स क्लब विजयी

नेपालगञ्ज । न्यु डाँफे स्पोर्ट्स क्लबको आयोजनामा बाँकेको खजुरा गाउँपालिकाको डि-गाउँस्थित मिनी रंगशालामा जारी नवौं डाँफे कप नक आउट फुटबल खेल प्रतियोगितामा आज धम्बोझी क्लब नेपालगञ्ज र न्यु दर्पण स्पोर्ट्स क्लब खजुरा ई-गाउँले फराकिलो जीत  हासिल गरेका छन् ।

प्रतियोगिताको तेश्रो दिनको पहिलो खेल धम्बोझी क्लब नेपालगञ्ज र नेपाल प्रहरीको लुम्बिनी गण खजुराबीच भएको थियो । धम्बोझी क्लबले प्रहरीको लुम्बिनी गणलाई शुन्यका विरुद्ध ५ गोलले पराजित गरेको थियो । धम्बोझीका तर्फबाट निराजन शाहीले ह्याट्रिक गरे भने भक्त भण्डारी र अशोक केसीले एक-एक गोल गरेका थिए । शाहीले खेल शुरु भएको ७, ११ र ५८ मिनेटमा गोल गरे । खेलको ३५ मिनेटमा भक्तले र ६१ मिनेटमा अशोकले थप एक गोल गरेका थिए । धम्बोझी क्लब र प्रहरीको लुम्बिनी गणको खेलमा धम्बोझीकै खेलाडी निराजन म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो खेलमा न्यु दर्पण स्पोर्ट्स क्लब खजुरा ई-गाउँले जीत हासिल गरेको छ । न्यु दर्पणले जय किसान स्पोर्ट्स क्लब सैनिकलाई फराकिलो गोल अन्तरले हराएको थियो । दर्पणले शुन्यका विरुद्ध ४ गोल गर्दै जीत हासिल गर्यो । न्यु दर्पणका तर्फबाट भुपेन्द्र शाही (चाइना) ले ह्याट्रिक गरे । थप एक गोल मनिस सुनारले गरेका थिए । खेल शुरु भएको ३, ३२ र ५५ मिनेटमा भुपेन्द्रले गोल गरेका थिए भने ५७औ मिनेटमा मनिसले एक गोल गरी जीत निकालेको प्रचार संयोजक खगेन्द्र दाहालले जानकारी दिए । दोस्रो खेलको म्यान अफ द म्याच न्यु दर्पणका भुपेन्द्र  घोषित भए । दुबै म्यान अफ द म्याच घोषित खेलाडीले नेपालगञ्जमा रहेको थोपा प्रयोगशालाको तर्फबाट नगद ११ सयका दरले प्राप्त गरे ।

खेल संयोजक तिलकविर सुनारका अनुसार नवौं डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिताको विजेता  टिमले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पाउनेछ । उक्त पुरस्कार राशी हाल अमेरिकामा रहेका खजुरा गाउँपालिका वडा नम्बर ४ डि-गाउँ निवासी लिल बहादुर थापाले सौजन्य गरेका छन् । न्यु डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष हरि प्रकाश विकले प्रतियोगितामा उपविजेता हुने टिमलाई ८५ हजार ५ सय ५५ हजारका साथमा मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने बताए । यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र सर्बाधिक गोलकर्तालाई पनि नगद २ हजार ५ सय रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष बिकले बताए । प्रतियोगितामा १४ टिमले भाग लिएका छन् । 


प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  २०:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP