नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • मेयर कप फुटबलः जय बागेश्वरी, सेन्ट थोमस, नेपालगञ्ज मोडेल र ड्रिमल्याण्ड क्वाटरफाइनलमा
मेयर कप फुटबलः जय बागेश्वरी, सेन्ट थोमस, नेपालगञ्ज मोडेल र ड्रिमल्याण्ड क्वाटरफाइनलमा
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, माघ १८, २०८० बागेश्वरी पोस्ट
मेयर कप फुटबलः जय बागेश्वरी, सेन्ट थोमस, नेपालगञ्ज मोडेल र ड्रिमल्याण्ड क्वाटरफाइनलमा

नेपालगञ्ज । जय बागेश्वरी स्कुल, सेन्ट थोमस, नेपालगञ्ज मोडेल एकेडेमी र ड्रिमल्याण्ड स्कुल नेपालगञ्जमा जारी मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । 

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट फुटबल स्पोर्ट्स एकेडेमीमा भएको खेलमा जय बागेश्वरीले बागेश्वरी एकेडेमी कोहलपुरलाई २–० ले हरायो । खेलमा म्यान अफ द म्याच पुरस्कार जित्न सफल जय बागेश्वरीका पुष्कर साउदले ३४औं र ५३औं मिनेटमा गोल गरेका थिए । म्यान अफ द म्याच बनेका पुष्करलाई नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव भीम रानाभाटले पुरस्कृत गरे । 

दोस्रो खेलमा सेन्ट थोमसले ग्रीनपिस मावि कोहलपुरलाई २–० ले हरायो । सेन्ट थोमसको जीतमा मनिष डाँगीले ४३औं र ४८औं मिनेटमा गरी दुई गोल गरे । म्यान अफ द म्याच घोषित भएका डाँगीलाई एन ब्याव्सनका केन्द्रिय सदस्य बामदेव न्यौपाने र युरो बेबी जोन स्कुलका निर्देशक कमल पछाईले पुरस्कृत गरे । 

यसैगरी तेस्रो खेलमा नेपालगञ्ज मोडेल एकेडेमीले मोडर्न पब्लिक स्कुलाई ३–२ ले पराजित गरेको छ । नेपालगञ्ज मोडेल एकेडेमीको जीतमा बिनोद शाहीले ३० र ६०औं मिनेटमा दुई गोल र रुपेश बोहराले ४५औं मिनेटमा गोल गरेका थिए । यता मोडर्न पब्लिक स्कुलको तर्फबाट विमल ओलीले २९औं मिनेट र विवेक विष्टले ५७औं मिनेटमा गोल गरेका थिए । खेलमा निर्णायक गोल गरेका नेपालगञ्ज मोडेल एकेडेमीका बिनोदले म्यान अफ द म्याचको पुरस्कार जिते । उनलाई नेपाल प्रोफेसनल गल्फ एशोसियसनका अध्यक्ष एवम् पुर्व राष्ट्रिय खेलाडी रबिन्द्रमान श्रेष्ठ र नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले पुरस्कृत गरे । 

चौथो खेलमा ड्रिमल्याण्डले लक्ष्मी मावि बर्दहवालाई ३–० ले हरायो । ड्रिमल्याण्डको जीतमा विवश न्यौपानेले २२औं र ५३औं मिनेटमा दुई गोल र अमृत रोकाले ४२औं मिनेटमा गोल गरेका थिए । खेलमा ड्रिमल्याण्डका विवश न्यौपाने म्यान अफ द म्याच घोषित भए । उनलाई महिला उद्यमी संघ नेपाल बाँकेको प्रथम उपाध्यक्ष एवम् जिल्ला खेलकुद विकास समिति बाँके सदस्य रेवती सिंहले पुरस्कृत गरिन् । 

बाँके जिल्ला फुटबल संघको आयोजना र नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा भइरहेको प्रतियोगितामा २८ छात्र टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल माघ २४ गते हुनेछ । 
 


प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १९:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP