नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • न्यू डाँफे कप फुटबलको फाइनलमा बाग्मती र न्यु दर्पण भिड्ने
न्यू डाँफे कप फुटबलको फाइनलमा बाग्मती र न्यु दर्पण भिड्ने
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ २२, २०८० बागेश्वरी पोस्ट
न्यू डाँफे कप फुटबलको फाइनलमा बाग्मती र न्यु दर्पण भिड्ने

नेपालगञ्ज । बाँकेको खजुरामा जारी नवौँ डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा न्यु दर्पण युवा क्लबले रेसिङ सहारालाई हराउँदै फाइनल प्रवेश गरेको छ ।

आज खजुराको मिनी रंगशाला मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा ३–० को गोल अन्तरले न्यु दर्पण विजयी भएको हो । खेलको पहिलो हाफसम्म कुनै पनि गोल हुन नसकेकोमा दोस्रो हाफको १३औँ मिनेटमा न्यु दर्पण युवा क्लबका धनसिंह विकले पहिलो गोल गरे । लगत्तै २१औँ मिनेटमा न्यु दर्पणका भुपेन्द्र शाहीले अर्को गोल गरेर टिमलाई थप अग्रता दिलाए । खेलको दोस्रो हाफको २६औँ मिनेटमा पुनः धनसिंह विकले थप अर्को गोल गरेका थिए । विकको थप गोल नै खेलको अन्तिम गोल रह्यो ।

म्यान अफ द म्याच न्यु दर्पणबाट दुई गोल गर्ने धनसिंह बने । प्रचार संयोजक खगेन्द्र दाहालका अनुसार म्यान अफ द म्याच घोषित खेलाडी विकले नेपालगञ्जमा रहेको थोपा प्रयोगशालाको तर्फबाट नगद ११ सय प्राप्त गरे । म्यान अफ द म्याचको पुरस्कार थोपा प्रयोगशालाका सिइओ सुलभ आचार्यले प्रदान गरेका थिए ।

खेल संयोजक तिलकवीर सुनारका अनुसार माघ १५ गतेदेखि सञ्चालनमा रहेको नवौँ डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिताको फाइनल २३ गते मङ्गलवार दिनको १ बजेदेखि सञ्चालन हुनेछ । न्यु डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष हरि प्रकाश विकका अनुसार नवौं डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिताको विजेता टिमले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पाउनेछ ।

प्रथम पुरस्कार राशि हाल अमेरिकामा रहेका खजुरा गाउँपालिका वडा नम्बर ४ डिगाउँ निवासी लिल बहादुर थापाले सौजन्य गरेका हुन् । प्रतियोगितामा उपविजेता हुने टिमलाई ८५ हजार ५ सय ५५ रुपैयाँले पुरस्कृत गरिनेछ । दोस्रो पुरस्कार प्रतिक निर्माण सेवाले सौजन्य गरेको खेल संयोजक तिलकवीर सुनारले बताए । साथमा विजेता र उपविजेता टिमलाई मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र सर्वाधिक गोलकर्तालाई पनि नगद २ हजार ५ सय प्रदान गरिने क्लबका अध्यक्ष बिकले बताए । प्रतियोगितामा १४ टिमले भाग लिएका छन् । फाइनल खेल अब बाग्मती स्पोर्ट्स क्लब र न्यु दर्पण युवा क्लबबीच हुनेछ ।


प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  २०:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
नेपालगन्जमा प्रथम आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता हुँदै 
नेपालगन्जमा प्रथम आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता हुँदै 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP