नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नवौं डाँफे कपको उपाधि न्यु दर्पणलाई
नवौं डाँफे कपको उपाधि न्यु दर्पणलाई
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ २३, २०८० बागेश्वरी पोस्ट
नवौं डाँफे कपको उपाधि न्यु दर्पणलाई

नेपालगञ्ज । नवौं डाँफे कप नकआउट फुटबल प्रतियोगिताको उपाधि न्यु दर्पण युवा स्पार्ट्स क्लवले उचालेको छ । बाँकेको खजुरा-४ डी-गाउँस्थित मिनी रङ्गशालामा भएको रोमाञ्चक फाइनल खेलमा न्यु दर्पणले बाग्मती स्पोर्ट्स क्लबलाई हराउँदै उपाधि चुमेको हो ।

मध्यान्तरसम्म न्यु दर्पण र बाग्मतीले गोल गर्न सकेका थिएनन् । खेलमा दोस्रो हाफको २६औं मिनेटमा न्यु दर्पणका जर्सी नम्बर १० का खेलाडी धनसिंह बिकले पहिलो गोल गर्दै खाता खोलेका थिए । तर, त्यो अग्रता भने धेरै बेरसम्म कायम हुन सकेन । दोस्रो हाफको ३५औं मिनेटमा बाग्मतीका जर्सी नम्बर ११ का श्याम ब्यादीले गोल फर्काउँदै खेललाई बराबरीमा रोकेका थिए । त्यसपछिका खेलमा दुबै क्लवका पटक-पटकको गोल गर्ने प्रयास असफल भएपछि प्रतियोगिता ट्राइवेकरमा पुगेको थियो । ट्राइवेकरमा न्यु दर्पणले ७ गोल प्रहार गर्दा बाग्मती स्पार्ट्स क्लव भने ६ गोलमा चित्त बुझाउन बाध्य बनेको थियो ।

प्रतियोगिताको उपाधि चुमेको न्यु दर्पणले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ । खेलको उपविजेता बाग्मतीले ८५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ । विजेता टिमलाई खजुरा गाउँपालिकाकी उप प्रमुख मञ्जु मल्ल चन्दले नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे । प्रथम पुरस्कार राशी लिल बहादुर थापाले सौजन्य गरेका हुन् भने दोस्रो पुरस्कार प्रतिक निर्माण सेवाले सौजन्य गरेको खेल संयोजक तिलकबीर सुनारले जानकारी दिए ।

प्रतियोगिताको समापन समारोहमा खजुरा क्षेत्रबाट राष्ट्रिय खेलकुदमा पदक जित्न सफल ८ जना पूर्व राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरिएको प्रचार संयोजक खगेन्द्र दाहालले जानकारी दिए । प्रथम पुरस्कार सौजन्य गर्ने खजुरा गाउँपालिका ४  डी गाउँ स्थायी घर भएका हाल अमेरिकामा रहने लिल बहादुर थापालाई विशेष सम्मान प्रदान गरिएको थियो । त्यस्तै दोस्रो पुरस्कार सौजन्य गर्ने तिलक विक सिहालीलाई पनि विशेष सम्मान गरिएको न्यु डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष हरि प्रकाश विकले जानकारी दिए । प्रतियोगितामा १४ टिमले भाग लिएका थिए । 


प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  २०:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP