नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • मेयर कप फुटबलः सेन्ट जेभियर्स र नेपालगञ्ज मोडेल एकेडेमी च्याम्पियन
मेयर कप फुटबलः सेन्ट जेभियर्स र नेपालगञ्ज मोडेल एकेडेमी च्याम्पियन
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ २४, २०८० बागेश्वरी पोस्ट
मेयर कप फुटबलः सेन्ट जेभियर्स र नेपालगञ्ज मोडेल एकेडेमी च्याम्पियन

नेपालगञ्ज । नेपालगञ्ज सेन्ट जेभियर्स स्कुल (छात्र) र नेपालगञ्ज मोडेल एकेडेमी (छात्रा) मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

नेपालगञ्जमा आज भएको फाइनल खेलमा नेपालगञ्ज सेन्ट जेभियर्सले नेपालगञ्ज मोडेल एकेडेमीलाई २–० ले पराजित गरेको छ । सेन्ट जेभियर्सको जीतमा सुमित थापाले ६०औं र ६७औं मिनेटमा गोल गरेका थिए । फाइनल खेलको म्यान अफ द म्याच समेत भएका सुमितलाई नेपालगञ्ज उप–महानगरपालिका उप–मेयर कमरुद्दिन राईले पुरस्कार प्रदान गरेका थिए ।

आजै भएको छात्रा तर्फको फाइनलमा खेलमा नेपालगञ्ज मोडेल एकेडेमीले बाँके खजुराको मनकामना माविलाई २–० ले हराउँदै च्याम्पियन बनेको छ । नेपालगञ्ज मोडेल एकेडेमीको जीतमा तिलसरा बुढाले २०औं मिनेट र चमेली चौधरीले ५०औं मिनेटमा गोल गरेका थिए ।

फाइनल खेलमा वुमन अफ द म्याच नेपालगञ्ज मोडेल एकेडेमीकी तिलसरा बुढा हुन सफल भइन् । उनलाई युवा व्यवसायी ओम सप्लायर्सका प्रमुख बल बहादुर विष्ट (बबी) ले पुरस्कुत गरेका थिए ।

बाँके जिल्ला फुटबल संघको आयोजना र नेपालगञ्ज उप–महानगरपालिकाको सहयोगमा भएको प्रतियोगितामा नेपालगञ्ज सेन्ट जेभियर्सका सुमित थापा र मनकामना मावि खजुराकी खेलाडी लक्ष्मी विक सर्वोत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा अनुशासित टिमको पुरस्कार जीवन ज्योती स्कुल कोहलपुरले प्राप्त गरेको छ ।

प्रतियोगिताका विजयी खेलाडीलाई नेपालगञ्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्ट, उप–मेयर कमरुद्दिन राई, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् एन्फा केन्द्रिय सदस्य भोजराज शाही, नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १ अध्यक्ष एवम् प्रवक्ता प्रमोद रिजाल, सदस्य जगमोहन कादु, एचसीआरसी हस्पिटलका व्यवस्थापक रमेश सिटौला, जीवन ज्योती स्कुलका प्रिन्सिपल फादर जोमन जेम्स, नेपालगञ्ज उप–महानगरपालिका शिक्षा महाशाखा प्रमुख उप–सचिव गोर्ख बहादुर थापा, एन्फा बाँके उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक निर्मल चन्द, एन्फाका पूर्व उपाध्यक्ष गोबद्र्धन सिंह सम्झना, नेपाल इ–रिक्सा व्यवसायी संघ बाँकेका अध्यक्ष कुमार सिंह ठकुरी लगायतले पुरस्कृत गरेका थिए ।

धम्बोझीस्थित एन्फा ग्रासरुट फुटबल एकेडेमीमा ११ दिनसम्म चलेको प्रतियोगितामा बाँके जिल्लाका ८ स्थानीय तहका ३३ विद्यालयका ६ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो ।

प्रतियोगितामा छात्रतर्फ २८ वटा र छात्रातर्फ ५ वटा स्कूलले भाग लिएका थिए । प्रतियोगिताको विजेताले २१ हजार र उपविजेता टिमले ११ हजार प्राप्त गरेको छ ।


प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  २०:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
नेपालगन्जमा प्रथम आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता हुँदै 
नेपालगन्जमा प्रथम आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता हुँदै 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP