नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • सुशील कोइराला महिला क्रिकेटः बागमती र कोहलपुर मेयर-११ विजयी
सुशील कोइराला महिला क्रिकेटः बागमती र कोहलपुर मेयर-११ विजयी
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, माघ २८, २०८० बागेश्वरी पोस्ट
सुशील कोइराला महिला क्रिकेटः बागमती र कोहलपुर मेयर-११ विजयी

नेपालगञ्ज । बाँकेको कोहलपुरमा जारी सुशील कोइराला मेमोरियल अण्डर नाइन्टिन महिला क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा बागमती प्रदेश र कोहलपुर मेयर–११ विजयी भएका छन् । आजको पहिलो खेलमा बागमती प्रदेशले विजयी सुरुवात गर्ने क्रममा लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्यो । लगातार दोश्रो हार बेहोरेको लुम्बिनी पहिलो खेलमा कोहलपुर मेयर–११ संग पराजित भएको थियो । 

कोहलपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमतीले दिएको ११७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट गुमाएर १०८ रन मात्र बनायो । एन्जिला पाठकले अविजित ४२ रन बनाएता पनि लुम्बिनीको जितको लागि पर्याप्त भएन । पाठकले ५६ बलमा ४ चौका प्रहार गरिन् । कप्तान आश्मा पुलामी मगरले २० तथा सुष्मिता भुसालले १० रन योगदान दिए । बागमतीकी बिपिशा शाहीले २ विकेट लिंदा क्रिश्मा गुरुङ, मनिषा उपाध्याय र लक्ष्मी रुम्बाले १र१ विकेट लिए । टस जितेर ब्याटिंग गरेको बागमतीले निर्धारित २० ओभरमा ४ विकेट क्षतीमा ११६ रन बनायो । बागमतीको लागि कप्तान सोनी पाख्रिनले सर्वाधिक ४४ रन बनाइन् । त्यस क्रममा उनले ३६ बलमा ३ चौका प्रहार गरे । ऐलि यादवले १४, बिपिशा शाहीले १२ तथा साबिका यादवले ११ रन बनाइन् । अतिरिक्तको रुपमा लुम्बिनीले २७ रन दियो । लुम्बिनीको बलिंगमा सुष्मिता भुसाल, आशमा पुलामी मगर र एन्जीला पाठकले १/१ विकेट हात पारिन् । खेलको प्लेयर अफ द म्याच बागमती प्रदेश सोनी पाख्रिन घोषित भइन् ।  

आज नै भएको दोश्रो खेलमा कोहलपुर मेयर–११ ले गण्डकी प्रदेशलाई ३४ रनले पराजित गर्यो । लगातार दोश्रो जित दर्ता गरेको कोहलपुरले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई पराजित गरेको थियो ।  कोहलपुर मेयर–११ ले दिएको १०० रनको लक्ष्य पछ्याएको गण्डकीले पुरै २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट गुमाएर ६५ रन मात्र बनायो । गण्डकीको ब्याटिंगमा सलिना सेनले १९ तथा सिमाना केसीले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा योगदान दिन सकेनन् । कोहलपुर मेयर–११ को बलिंगमा दायाँ हाते फास्ट बलर हैमवती रोयले सर्वाधिक ३ विकेट लिइन् । ४ ओभर बलिंग गर्दै रोयले २५ रन खर्चिन् । भवानी कमाती, प्रतिमा शाह, आरति महतो र रिया शर्माले १/१ विकेट लिए । 

टस जितेर ब्याटिंग गरेको कोहलपुर मेयर–११ ले निर्धारित १९.४ ओभरमा सबै विकेट गुमाएर ९९ रन बनायो । मेयर–११ को लागि सिमा कुँवरले सर्वाधिक ३० रन योगदान दिइन् । त्यस क्रममा उनले ४४ बलमा ३ चौका प्रहार गरिन् ।  लिशा यादवले २२ तथा साना प्रभिनले १० रन बनाइन् । गण्डकीकी बलिंगमा रचना चौधरी र निरुता जिटिले समान ३ विकेट हात पारिन् । निरुताले ३.४ ओभरमा १९ रन तथा रचनाले ४ ओभरमा ११ रन खर्चिन् । कुसुम गोदार र आकृति तिवारीले १/१ विकेट हात पारिन् । खेलको प्लेयर अफ द म्याच कोहलपुर मेयर–११ कि हैमवती रोय घोषित भईन् । प्रतियोगिता अन्तर्गत भोलि पनि दुई खेल हुनेछन् । पहिलो खेलमा विहान ९ः३० बजे बागमती र सुदूरपश्चिम तथा दोश्रो खेलमा दिउँसो १ः३० बजे गण्डकी र लुम्बिनी प्रतिस्पर्धा गर्नेछन् ।


प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १८:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP