prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • सुशील कोइराला मेमोरियल महिला क्रिकेटः कोहलपुर मेयर-११ फाइनल प्रवेश
सुशील कोइराला मेमोरियल महिला क्रिकेटः कोहलपुर मेयर-११ फाइनल प्रवेश
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन १, २०८० बागेश्वरी पोस्ट
सुशील कोइराला मेमोरियल महिला क्रिकेटः कोहलपुर मेयर-११ फाइनल प्रवेश

नेपालगञ्ज । कोहलपुर मेयर-११ एक खेल अगावै बाँकेको कोहलपुरमा जारी सुशील कोइराला मेमोरियल अन्डर नाइन्टिन महिला राष्ट्रिय टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

प्रतियोगिता अन्तर्गत चौथो दिन सम्पन्न दुई खेलमा बागमती प्रदेश र कोहलपुर मेयर-११ विजयी भएका छन् । बागमतीले गण्डकीलाई तथा मेयर-११ ले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्यो । 

कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय मैदानमा आज सम्पन्न पहिलो खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्यो । गण्डकीले दिएको ५७ रनको लक्ष्य बागमतीले ३ विकेट गुमाएर पुरा गर्यो । बागमतीको लागि एली यादवले १५ तथा बिपिशा शाहीले १२ रन योगदान दिए । गण्डकीको बलिंगमा निरुता जीटि, रचना चौधरी र सिमाना केसीले १/१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिंग गरेको गण्डकीले पूरै २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट क्षतीमा ५६ रन बनायो । गण्डकीको लागि कप्तान कुसुम गोदरले सर्वाधिक १७ रन, रचना चौधरीले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । बागमतीकी बलर मनिषा उपाध्यायले २ विकेट तथा क्रिश्मा गुरुङले १ विकेट लिए । प्लेयर अफ द म्याच घोषित देब्रे हाते स्पिनर मनिषाले ४ ओभरमा २ ओभर मेडन गर्दै ३ रन मात्र खर्चिन् । बागमतीले अन्य ५ विकेट रन आउटमार्फत पायो ।

आज सम्पन्न दोश्रो खेलमा कोहलपुर मेयर-११ ले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्यो । सुदूरपश्चिमले दिएको ९२ रनको लक्ष्य कोहलपुर मेयर-११ ले ४ विकेट गुमाएर १७.४ ओभरमा भेटायो ।  कोहलपुर मेयर-११ को ब्याटिंगमा साना प्रविनले सर्वाधिक ३९ रन बनाइन्, जुन क्रममा ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरिन् । प्रतिमा शाहले अविजित १८ रन बनाइन् । सुदूरपश्चिमको बलिंगमा रबिना साउदले २ तथा स्नेहा महरा र निशा खडायतले १/१ विकेट लिए ।

टस जितेर ब्याटिंग गरेको सुदूरपश्चिमले १९.३ ओभरमा सबै विकेट गुमाएर ९१ रन बनायो । सुदूरपश्चिमको लागि सावित्री धामीले सर्वाधिक ४६ रन योगदान दिइन्, जुन क्रममा उनले ४४ बलमा ४ चौका प्रहार गरिन् । रबिना साउदले ११ तथा अनु कडायतले १० रन बनाइन् । कोहलपुर मेयर-११ को बलिंगमा भवानी कमातीले सर्वाधिक ३ विकेट लिइन् । प्लेयर अफ द म्याच घोषित कमातीले ३.३ ओभरमा १४ रन खर्चिन् । आरती महतोले २ विकेट लिँदा हैमवती रोय र तृष्णा बिश्वकर्माले १/१ विकेट लिए । 

सबै तीन खेलमा जित दर्ता गरेको कोहलपुर मेयर-११ कुल ६ अंकसहित अंकतालिकाको शिर्षमा छ, जसले फाइनलमा स्थान पक्का गरेको छ । यस्तै बागमती प्रदेश ३ खेलमा २ जित र १ हारपछि ४ अंक सहित तेश्रो स्थानमा छ । समान नतिजा र अंकसहित गण्डकी प्रदेश नेट रन रेटमा अघि रहँदै दोश्रो स्थानमा छ । ३ खेलमा २ अंकसहित सुदूरपश्चिम चौथो तथा तीन खेलमा पराजित हुँदै अंकविहिन लुम्बिनी प्रदेश पाँचौ स्थानमा छ । 

प्रतियोगिता अन्तर्गत पाँचौ दिन पनि दुई खेल हुनेछन् । पहिलो खेलमा विहान ९.३० बजे सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश तथा दोश्रो खेल दिउँसो १.३० बजे बागमती प्रदेश र कोहलपुर मेयर ११ प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगितामा कोहलपुर मेयर-११, लुम्विनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश सहभागी छन् । सबै टिमले एकअर्कासंग एक खेल खेलेपछि अंकतालिकाको शिर्ष स्थानमा रहने दुई टिमले फाइनल खेल्नेछन् ।


प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  २०:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज १० नाइट रनका विजेतालाई थाइल्याण्डको बाङ्सेन रनमा अवसर
नेपालगञ्ज १० नाइट रनका विजेतालाई थाइल्याण्डको बाङ्सेन रनमा अवसर
नेपालगन्ज १० नाइट रनमा यस वर्ष रिले दौड पनि समावेश
नेपालगन्ज १० नाइट रनमा यस वर्ष रिले दौड पनि समावेश
नेपालगञ्ज नाइट रन अब 'एम्स' मा आबद्ध, अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने नेपालको चौथो दौड
नेपालगञ्ज नाइट रन अब 'एम्स' मा आबद्ध, अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने नेपालको चौथो दौड
नेपालगञ्ज न्यूरोडमा 'गौतम बुद्ध ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टर' सञ्चालन
नेपालगञ्ज न्यूरोडमा 'गौतम बुद्ध ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टर' सञ्चालन
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP