नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपाल नामिबियासंग फेरि पराजित
नेपाल नामिबियासंग फेरि पराजित
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन ९, २०८० बागेश्वरी पोस्ट
नेपाल नामिबियासंग फेरि पराजित

काठमाडौँ । नेपाल  आइसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियासँग फेरि पराजित भएको छ । पहिलो खेलमा ४ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा २ विकेटको हार बेहोरेको छ । 

घरेलु कीर्तिपुर मैदानमा १६९ रनको झिनो चुनौती लिएर उत्रिएको नामिबिया दबाबमा रहे पनि ४० ओभरमा ८ विकेटको क्षतिमा जित निकाल्दै महत्वपूर्ण २ अंक छिन्न सफल भयो । यसअघि पहिलो खेलमा नामिबिया विरुद्धको प्रदर्शन भन्दा केही सुधार गरेको भए पनि नेपालले दोस्रो खेलमा ठूलो स्कोर बनाउन सकेन । जसका कारण हारको सामना गर्नुपर्यो । 

नामिबियाका लागि कप्तान गहार्ड इरामसले ५२ रन बनाए । त्यस्तै जेजे स्मितले अविजित रहँदै ३४ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३ विकेट लिए । 

प्रतिकूल मौसमबीच कीर्तिपुर मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ३७.१ ओभरमा अलआउट हुँदै १६८ रनमा समेटिएको थियो । 

४३ रन जोड्दा ३ विकेट गुमाएर दबाबमा आएको नेपालका लागि आसिफ शेखले अर्धशतक बनाएका छन् । उनी ६४ बलमा १ छक्का र ८ चौकाको मद्धतले ५८ रन बनाएर आउट भए । आसिफको यो एक दिवसीयमा १२ औँ अर्धशतक हो । पहिले दबाबमा भए पनि आसिफलाई कुशल मल्लले साथ दिएसँगै नेपाल सुधारोन्मुख स्थितिमा रहेको थियो । 

चौथो विकेटका लागि ५७ रनकोसमेत साझेदारी गर्ने क्रममा कुशलले ५२ बलमा ३६ रन जोडे । भीम शार्कीले ३६ बलमा २६ रन बनाए । कुशल भुर्तेलले १८ रन बनाए । करण केसीले १२ बलमा १२ रन बनाए । दीपेन्द्र सिंह ऐरीले १८ बलमा ६ रन मात्र बनाए । सोमपाल कामीले ४ रन बनाए । 

खेलमा कप्तान रोहित पौडेल, देव खनाल र अनिल शाहले रनको खाता नै खोल्न सकेनन् । ललित राजबंशी आउट नभए पनि ६ बल खेलेर रनको खाता खोल्न सकेनन् । 

बर्नार्ड स्कोल्ज र जान निकोल लोफ्टी–इटनले समान ४–४ विकेट लिए । यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित हुँदै लिग–२ मा खराब शुरुआत गरेको थियो । 


प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP