नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • कोहलपुर क्रिकेट मैदानको स्तरोन्नतिको लागि पहल गर्ने राठौरको प्रतिबद्धता
कोहलपुर क्रिकेट मैदानको स्तरोन्नतिको लागि पहल गर्ने राठौरको प्रतिबद्धता
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन १६, २०८० बागेश्वरी पोस्ट
कोहलपुर क्रिकेट मैदानको स्तरोन्नतिको लागि पहल गर्ने राठौरको प्रतिबद्धता

नेपालगञ्ज । प्रतिनिधिसभा सदस्य किशोरसिंह राठौरले कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिका लागि आफ्नो तर्फबाट पहलको प्रतिबद्धता जनाएका छन् । 

कोहलपुर नगरपालिकाको आयोजना, नगर खेलकुद विकास समितिको व्यवस्थापन र जिल्ला क्रिकेट संघ बाँकेको प्राविधिक सहयोगमा आजदेखि कोहलपुरमा सुरु भएको छैठौं अन्तर मावि स्तरीय उपमेयर यु-१९ छात्रा क्रिकेट प्रतियोगिताको उद्घाटन सत्रलाई सम्वोधन गर्दै उनले कोहलपुर क्रिकेट मैदानको स्तरोन्नतिसँगै नेपालगञ्जमा पनि थप क्रिकेट मैदानका लागि आफूले पहल गरिरहेको बताए । 

कुनै बेला महिला क्रिकेटरको उर्वर भूमिका रुपमा चिनिएको बाँकेमा अहिले महिला क्रिकेटरको अभाव भएको पाइएको भन्दै उनले विद्यालय स्तरीय यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्ने विश्वास व्यक्त गरे । पछिल्लो समय युवाहरु विभिन्न दुव्र्यसनमा फसेको स्मरण गरेका उनले यस्ता प्रतियोगिताले अनुशासित र स्वस्थ राख्न पनि सहयोग पुर्याउने धारणा व्यक्त गरे । बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित राठौरले खेलकुद क्षेत्रमा कोहलपुर नगरपालिकाले गरिरहेको लगानीप्रति प्रशंसा व्यक्त गरेका थिए । 

यसैगरी लुम्विनी प्रदेशसभा सदस्य सञ्जु कुमारी थारुले कोहलपुर क्रिकेट मैदान लुम्विनी प्रदेशको पहिचानसँग पनि जोडिएकाले यसको स्तरोन्नति र संरक्षण जरुरी रहेको बताइन् । उनले महिला क्रिकेटरको पहिचान कोहलपुर क्रिकेट मैदानसँग जोडिएकाले पनि यसको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनमा आफ्नो तर्फबाट पहल हुने प्रतिबद्धता जनाइन् । उनले महिला क्रिकेटरहरुको उत्पादन र भएका खेलाडीहरुलाई समेत संरक्षण गर्ने दायित्व राज्यको रहेको भन्दै त्यसतर्फ ध्यानाकर्षण समेत गराइन् । 

यस्तै राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा पूर्व कप्तान एलवी क्षेत्रीले बाँकेको पहिचानसँग जोडिएको प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको व्यवस्थापनमा संघीय सरकारलाई दवाव दिन राठौरको ध्यानाकर्षण गराए । उनले एउटा इतिहास जोडिएको संरचनाले पूर्णता पाए खेलाडीहरुमा उत्साह थपिने स्मरण गराए । उनले पछिल्लो समय क्रिकेट मैदानमा खेलकुदका गतिविधिहरुलाई बढाउँदै नगरपालिकाले मैदानको उपयोगिता पुष्टि गर्दै आएको भन्दै धन्यवाद समेत दिए । 

कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदीले महिला क्रिकेटरहरु उत्पादनका लागि प्रतियोगिता उपयोगी हुनेमा जोड दिइन् । कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले स्वागत मन्तव्य व्यक्त गरेको उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्थाका प्रतिनिधि, संचारकर्मी, खेलकुदकर्मी लगायतको उपस्थिति रहेको थियो । ९ दिनसम्म चल्ने प्रतियोगितामा सामुदायिक र संस्थागत गरी १८ विद्यालयको सहभागिता रहेको नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिए । 


प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
नेपालगन्जमा प्रथम आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता हुँदै 
नेपालगन्जमा प्रथम आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता हुँदै 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP