Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • बाँकेमा पहिलोपटक 'एन्फा कम्युनिटी कोचिङ कोर्श' सुरु
बाँकेमा पहिलोपटक 'एन्फा कम्युनिटी कोचिङ कोर्श' सुरु
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन १९, २०८० बागेश्वरी पोस्ट
बाँकेमा पहिलोपटक 'एन्फा कम्युनिटी कोचिङ कोर्श' सुरु

नेपालगन्ज । बाँकेको कोहलपुरमा २८ वर्षपछि 'एन्फा कम्युनिटी कोचिङ कोर्श' सुरु भएको छ । चार दिनसम्म कोहलपुरकाे १३ बिघामा सञ्चालन हुने कोचिङ कोर्शमा एन्फाका कार्यवाहक प्राविधिक निर्देशक हरि खड्का र एन्फाका शिक्षा प्रमुख कोच सञ्जित सिंहले प्रशिक्षण दिनेछन् ।

जिल्ला खेलकुद विकास समितिकाे गठन पश्चात पहिलोपटक आयोजना भएको प्रशिक्षण कार्यक्रमलाई कोहलपुर नगरपालिकाकाे सभाहलमा आज औपचारिक कार्यक्रम गरी उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा कोहलपुरका प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी, राष्ट्रिय खेलकुद परिषद (राखेप) केन्द्रीय सदस्य एलबी क्षेत्री, एन्फाका कार्यवाहक प्राविधिक निर्देशक हरि खड्का, एन्फाका शिक्षा प्रमुख कोच सञ्जित सिंह, एन्फाका केद्रीय सदस्य एवम् बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भोजराज शाही, लुम्बिनी प्रदेश प्रशिक्षक जनक केसी लगायतकाे उपस्थिति रहेको थियो ।

कार्यक्रममा कोहलपुरका प्रमुख आचार्यले कोहलपुरमा एन्फाका पदाधिकारी प्रशिक्षणका लागि आउनु गौरवको कुरा रहेको बताए । उनले भने,'अन्तर्राष्ट्रिय फुटबल खेलमा नेपाललाई प्रतिनिधित्व गराउन नेपाली टीमलाई लिड गर्नुभएका हरि खड्का आज कोहलपुरमा उपस्थित हुनुलाई हामी सबैले गौरव ठान्नुपर्छ ।'

आचार्यले कोहलपुरमा रहेका १५ वटै वडालाई समावेश गराउने गरी प्रशिक्षण कार्यकम आयोजना भएको र यो प्रशिक्षणबाट कोहलपुरले राम्रा कोचहरु पाउने बताए । 'हामीले खेलकुद आयोजना गर्दै गर्दा कोचहरुको अभाव  झेलिरहेका हुन्छौं । अब यो प्रशिक्षणले त्यो अभाव अन्त्य गर्छ भन्ने मलाई लाग्छ ।' साथै आचार्यले कोहलपुर गोलकप कोहलपुरको चिनारी रहेको बताउँदै कोहलपुरको नेतृत्वमा जो आए पनि कोहलपुर गोल्डकपलाई अपनत्व गर्दै निरन्तरता दिनुपर्नेमा जोड दिए ।

उपप्रमुख सुवेदीले कोहलपुरले हरेक क्षेत्रका खेलकुदका गतिविधिलाई प्राथमिकता दिइरहेको बताइन् । 'हामीले हरेक क्षेत्रका खेलकुदका गतिविधिलाई प्राथमिकता दिँदै महिला, दृष्टिविहीन, पुरुष सबैका लागि खेलकुदका कार्यक्रम गर्दै आइरहेको र आयोजना गर्दै जाने छौं,' सुवेदीले भनिन् ।

त्यस्तै कार्यक्रममा सामाजिक विकास समिति संयोजक ईश्वरीप्रसाद विकले 'एन्फा कम्युनिटी कोचिङ कोर्श' कोहलपुरका लागि अति उपयोगी कार्यकम रहेको बताए । उनले यस्ता कार्यक्रमले कोहलपुरलाई फुटबल हब बनाउन सहयोग गर्ने बताए । एन्फाका केद्रीय सदस्य एवम् बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भोजराज शाहीले कोहलपुर नगरपालिकालाई धन्यवाद दिँदै पश्चिम क्षेत्रमा कोहलपुरले खेलकुदको क्षेत्रलाई प्राथमिकता दिइरहेको बताए । उनले कोहलपुरमा पनि अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता आयोजना गर्न मिनी रंगशालाको अवधारणा लिएर अघि बढ्न आबश्यक रहेको बताए । उनले हाल 'डी' लाइसेन्सकाे प्रशिक्षण आयोजना भए पनि भविष्यमा 'सी' लाइसेन्सकाे पनि प्रशिक्षण आयोजना गरिने बताए ।

प्रशिक्षणमा बाँके, दाङ, कपिलवस्तु लगायत ६ वटा जिल्लाका ३५ बढी प्रशिक्षार्थीकाे सहभागीता रहेको छ । कोहलपुर नगरपालिका र रेसिङ साहारा क्लबबीचको सहकार्य र एन्फाको सहयोगमा कोचिङ कोर्श सञ्चालन भएको हो ।


प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १७:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP