नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • मैत्रीपूर्ण फुटबलमा नेपालगञ्ज सेन्ट जेभियर्स र गुरुकुल स्कुल विजयी
मैत्रीपूर्ण फुटबलमा नेपालगञ्ज सेन्ट जेभियर्स र गुरुकुल स्कुल विजयी
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन १९, २०८० बागेश्वरी पोस्ट
मैत्रीपूर्ण फुटबलमा नेपालगञ्ज सेन्ट जेभियर्स र गुरुकुल स्कुल विजयी

नेपालगञ्ज । नेपालगञ्ज सेन्ट जेभियर्स स्कुलको यु–१८ टिम तथा गुरुकुल इंग्लिश मिडियम स्कुलको यु–१६ र यु–१२ टिमले मैत्रीपूर्ण खेलमा जित हासिल गरेका छन् । आज बाँकेको डुडुवा–५ कम्दीस्थित नवदुर्गा युवा क्लबको मैदानमा भएको खेलमा बाँकेको नेपालगञ्ज सेन्ट जेभियर्स स्कुलले गुरुकुललाई ४–० ले पराजित गरेको छ । नेपालगञ्ज सेन्ट जेभियर्सको तर्फबाट आशिष सुनारले २ गोल, बिपिन खड्का र मनिष श्रेष्ठले १–१ गोल गरेका थिए  । 

नेपालगञ्ज धम्बोझीस्थित एन्फा ग्रासरुट फुटबल ट्रेनिङ सेन्टरमा आज भएको खेलमा लम्की कैलालीको गुरुकुल इंग्लिश मिडियम स्कुलको यु–१६ टिमले नेपालगञ्जको मनकामना इंग्लिश मिडियम स्कुललाई २–० ले हरायो । गुरुकुलको जितमा हिमान्सु जोशी र देशान्त सुनारले १–१ गोल गरेका थिए ।  यु–१२ तर्फ पनि गुरुकुलले मनकामनार्लाई २–० को नतिजामै हरायो । गुरुकुलको सफलतामा शंकर विक र राघब बोहराले १–१ गोल गरे ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा भएको मैत्रीपूर्ण खेलमा बाँके र कैलालीको विद्यालयस्तरको च्याम्पियन टिमले प्रतिस्पर्धा गरेका थिए । बाँकेमा गत महिना सम्पन्न मेयर कप अन्तर विद्यालय छात्र फुटबलमा नेपालगञ्ज सेन्ट जेभियर्स च्याम्पियन बनेको थियो । लम्कीको गुरुकुल इंग्लिश मिडियम स्कुल पनि कैलालीमा मेयर कप फुटबलको उपाधि जितेको टिम हो ।  

मैत्रीपूर्ण खेलमा विजयी हुने खेलाडीलाई अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य एवम् बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, उपाध्यक्ष निर्मल चन्द, मैत्रीपूर्ण खेलका संयोजक दिपेन्द्र घले, नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १ का सदस्य इन्द्र राना लगायतले पुरस्कृत गरेका थिए । 

अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य शाहीले बाँके र कैलालीको च्याम्पियन स्कुलबीचको मैत्रीपूर्ण खेलले नयाँ सम्भावनाको विकास गरेको बताए । उनले भने, ‘मैत्रीपूर्ण खेल आयोजनामा सहयोग गर्ने सम्पुर्णलाई हामी विशेष धन्यवाद दिन चाहन्छौं । यसलाई सफल बनाउने गुरुकुल स्कुल र सेन्ट जेभियर्सप्रति पनि आभारी छौं । खेलाडीको क्षमता अभिवृद्धि गर्न यस्ता गतिविधि निकै महत्वपूर्ण हुन्छ । आगामी दिनमा संघले यस्ता अवसर अझै सृजना गर्ने प्रतिवद्धता गर्दछु  ।’

मैत्रीपूर्ण खेलको समापन अवसरमा बोल्दै गुरुकुल इंग्लिश मिडियम स्कुलका संस्थापक माधव थापाले बाँकेमा आएर फुटबल खेल्न पाउनु आफ्ना खेलाडीहरुका लागि महत्वपूर्ण अवसर भएको बताए । उनले भने,‘हामी खुसी छौं । एउटा उत्कृष्ट स्तरमा हामीले बाँकेमा मैत्रीपूर्ण फुटबल खेल्ने अवसर पायौं । आगामी दिनमा पनि हामी फुटबल खेलाडीलाई अवसर प्रदान गर्नका लागि अरु नयाँ कार्यक्रममा सहकार्य गर्न तयार छौं ।’

नेपालगञ्ज सेन्ट जेभियर्स स्कुलका संस्थापक डिल्लीराज डाँगीले मैत्रीपूर्ण फुटबल खेल्ने अवसर दिएकोमा आयोजकलाई धन्यवाद दिँदै फुटबलको विकासमा एन्फासँग सहकार्यका लागि तयार रहेको बताए । मैत्रीपूर्ण खेलको स्थानीय व्यवस्थापन नवदुर्गा क्लब कम्दी–५ ले गरेको थियो । नेपालगञ्ज भन्दा बाहिर हुने यस्ता गतिविधिले बाँकेको फुटबलको स्तर बढाउन सहयोग गर्ने एन्फाका उपाध्यक्ष चन्दले बताए । 


प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  २१:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
नेपालगन्जमा प्रथम आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता हुँदै 
नेपालगन्जमा प्रथम आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता हुँदै 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP