नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • बाँकेमा सुरु भयो एन्फा कम्युनिटी कोचिङ कोर्श 
बाँकेमा सुरु भयो एन्फा कम्युनिटी कोचिङ कोर्श 
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, चैत ६, २०८० बागेश्वरी पोस्ट
बाँकेमा सुरु भयो एन्फा कम्युनिटी कोचिङ कोर्श 

नेपालगञ्ज । बाँके जिल्ला फुटबल संघको आयोजनामा नेपालगञ्जमा एन्फा कम्युनिटी कोचिङ कोर्श सुरु भएको छ । चैत ९ गतेसम्म सञ्चालन हुने एन्फा कम्युनिटी कोचिङ कोर्शमा बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाली, डोटी, कालिकोट, काठमाडौं लगायतका जिल्लाबाट ४३ जनाको सहभागिता रहेको छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र बाँके जिल्ला खेलकुद विकास समिति अध्यक्ष सन्दिपजंग शाहले एन्फा कम्युनिटी कोचिङ कोर्शको सुभारम्भ गरे । 

आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा एन्फा कार्यवहाक प्राविधिक निर्देशक एवम् नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्का, एन्फा हेड अफ कोच एजुकेशन संजित सिंह, एन्फाका पुर्व उपाध्यक्ष एवम् बाँके जिल्ला फुटबल संघका सदस्य गोवर्धन सिंह सम्झना, साविक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेशका कार्यालय प्रमुख महेश चन्द, बाँके जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सन्तोष श्रेष्ठ, पूर्व राष्ट्रिय खेलाडी दिप बहादुर महतारा, निजामुद्दिन सिद्दिकी (मुन्ना) लगायतको उपस्थिति रहेको थियो । 

चार दिनसम्म चल्ने एन्फा कम्युनिटी कोचिङ कोर्शमा सहभागी भएकाहरुलाई एन्फा कार्यवहाक प्राविधिक निर्देशक एवम् नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान खड्का र एन्फा हेड अफ कोच एजुकेशन सिंहले प्रशिक्षण दिनेछन् । कोर्शको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख विष्टले खेलाडीलाई संरक्षण र सम्मान गर्ने वातावरण निर्माण गरिनुपर्ने बताए । उनले भने, ‘खेलकुदका पूर्वाधार निर्माणमा राज्यले करोडौं रुपैयाँ लगानी गरेको छ । तर, प्रयोग गर्न नपाएको गुनासो आइरहेको छ । खेलाडी उत्पादन गर्न राज्यले लगानी गर्नुपर्छ । तर, हामीले शोषण गरिरहेका छौं । खेलाडीहरुले जुत्ता लगाएर होइन चप्पल लगाएर खेल्नुपर्ने अवस्था छ । यसलाई बुझेर नेपालगञ्जले राष्ट्रिय मात्र होइन स्थानीय खेलाडीलाई सहयोग गर्ने वातावरण निर्माण गरिरहेका छौं ।’ नेपालगञ्ज उप–महानगरपालिकाले छिट्टै खेलकुद विकास समिति निर्माण गरेर अगाडि बढ्ने नगर प्रमुख विष्टको भनाई छ । 

बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् एन्फा सदस्य शाहीले मैदान अभावका कारण फुटबलका गतिविधिमा असर गरिरहेको बताए । उनले नेपालगञ्जमा सुरु भएको एन्फा कम्युनिटी कोचिङ कोर्शले सामुदायिक स्तरबाट फुटबल खेलाडी उत्पादनमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए ।  बाँके जिल्ला खेलकुद विकास समिति अध्यक्ष शाहले नेपालमा खेलाडीहरुलाई संरक्षण गर्न नसक्नु ठूलो समस्या बन्दै गएको बताए । अध्यक्ष शाहले एन्फा बाँकेले गरेको कार्यक्रमबाट आफू निकै उत्साहित भएको भन्दै कोर्शको सफलताको शुभकामना दिए । कार्यक्रममा एन्फाका पुर्व उपाध्यक्ष एवम बाँके जिल्ला फुटबल संघका सदस्य सम्झना, सिंह, साविक मध्य पश्चिम क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेशका कार्यालय प्रमुख चन्द लगायतले कोर्शको सफलताको शुभकामना व्यक्त गरेका थिए । एन्फाले ५ वर्ष अघिदेखि एन्फा कम्युनिटी कोर्शको सुरुवात गरेको हो । बाँकेमा भइरहेको कोर्शमा ३२औं ब्याचले प्रशिक्षण लिइरहेको छ । 


प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  २०:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP